नेभिगेशन
समाज

कारागारमा भएका रविसँग मिटरब्याज पीडितको गुनासो, ‘अन्याय भयो भनेर कहाँ जाने ? हाम्रा लागि सिंहदरबारको ढोका बन्द छ’

काठमाडौँ । मिटर ब्याज पीडित किसान मजदुरहरूले कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समितिका संयोजक अवधेश कुशवाह र निर्घ नविनसहितको टोलीले भैरहवास्थित रुपन्देही जिल्ला कारागारमा भेट गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेटमा उनीहरूले किसानका समस्यामा सरकार अनुदार बनेको गुनासो गरेका छन् । गृहमन्त्रीका रूपमा रवि लामिछानेले गरेका सम्झौता नयाँ सरकार बनेपछि कार्यान्वयन नगरिएको उनीहरूको गुनासो छ । 
सरकारले मिटर ब्याज पीडितलाई चिन्न छोडेको बताउँदै निर्घ नवसिनले भने, ‘पहिला जुन तदारुकताका साथ काम भएको थियो, अहिले त्यो छैन । त्यति लामो छलफल र गृहकार्यपछि भएको सम्झौता अहिले कार्यान्वयन हुनै सक्दैन भन्ने कुरा भइराखेको छ । एक हिसाबले भन्ने हो भने सरकारले हामीलाई चिन्न छोडिसक्यो ।’

Ncell
Extreme Energy

त्यस्तै सङ्घर्ष समितिका संयोजक अवधेश कुशवालले अन्याय भयो भनेर जाने गृह मन्त्रालयको ढोका आफूहरूका लागि बन्द भएको गुनासो गरे । उनले भने, ‘जिल्लाहरूमा प्रहरी र सिडिओहरू फेरिए । अहिले हाम्रै साथीहरूमाथि मुद्दा चलाइएको छ, पक्राउ गरिएको छ । सरकार साहुकारहरू जोगाउन लागिराखेको छ । अन्याय भयो भनेर कहाँ जाने ? गृह मन्त्रालयको ढोका बन्द जस्तै छ अहिले पीडितका लागि ।’
उनीहरूको गुनासोपश्चात् रवि लामिछानेले नआत्तिन र एक भएर अघि बढ्न आग्रह गरे । पीडितहरूमाथि राजनीति हुन नहुने भन्दै उनले न्यायको लडाइँ एक दिन अवश्य जितिने बताए । लामिछानेले भने, ‘धनी र गरिबबिचको लडाइँ लामो चल्छ । जित न्यायको हुन्छ तर धैर्य गर्नु, जनताको कुरा सरकारले नसुनेर कहाँ हुन्छ ? सुन्नुपर्छ, सुन्छ । यो नभए अर्कोले सुन्छ । त्यतिन्जेल तपाईँहरूबिच फाटो आउन भएन । एक भएर लड्नुपर्छ । मलाइ हेर्नुस् त मेरो स्वार्थ के छ ?  जनताकै लागि लड्दा यो दुःख पाएको छु । न्याय पाउनुअघि दुःख हुने रहेछ । यसपछि न्याय हुन्छ । तपाईँहरूले पाएको दुःख न्याय पाउनुअघिको हो । नआत्तिनु ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।

भर्खरै