नेभिगेशन
समाज

कारागारमा भएका रविसँग मिटरब्याज पीडितको गुनासो, ‘अन्याय भयो भनेर कहाँ जाने ? हाम्रा लागि सिंहदरबारको ढोका बन्द छ’

काठमाडौँ । मिटर ब्याज पीडित किसान मजदुरहरूले कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समितिका संयोजक अवधेश कुशवाह र निर्घ नविनसहितको टोलीले भैरहवास्थित रुपन्देही जिल्ला कारागारमा भेट गरेका हुन् ।

भेटमा उनीहरूले किसानका समस्यामा सरकार अनुदार बनेको गुनासो गरेका छन् । गृहमन्त्रीका रूपमा रवि लामिछानेले गरेका सम्झौता नयाँ सरकार बनेपछि कार्यान्वयन नगरिएको उनीहरूको गुनासो छ । 
सरकारले मिटर ब्याज पीडितलाई चिन्न छोडेको बताउँदै निर्घ नवसिनले भने, ‘पहिला जुन तदारुकताका साथ काम भएको थियो, अहिले त्यो छैन । त्यति लामो छलफल र गृहकार्यपछि भएको सम्झौता अहिले कार्यान्वयन हुनै सक्दैन भन्ने कुरा भइराखेको छ । एक हिसाबले भन्ने हो भने सरकारले हामीलाई चिन्न छोडिसक्यो ।’

CG

त्यस्तै सङ्घर्ष समितिका संयोजक अवधेश कुशवालले अन्याय भयो भनेर जाने गृह मन्त्रालयको ढोका आफूहरूका लागि बन्द भएको गुनासो गरे । उनले भने, ‘जिल्लाहरूमा प्रहरी र सिडिओहरू फेरिए । अहिले हाम्रै साथीहरूमाथि मुद्दा चलाइएको छ, पक्राउ गरिएको छ । सरकार साहुकारहरू जोगाउन लागिराखेको छ । अन्याय भयो भनेर कहाँ जाने ? गृह मन्त्रालयको ढोका बन्द जस्तै छ अहिले पीडितका लागि ।’
उनीहरूको गुनासोपश्चात् रवि लामिछानेले नआत्तिन र एक भएर अघि बढ्न आग्रह गरे । पीडितहरूमाथि राजनीति हुन नहुने भन्दै उनले न्यायको लडाइँ एक दिन अवश्य जितिने बताए । लामिछानेले भने, ‘धनी र गरिबबिचको लडाइँ लामो चल्छ । जित न्यायको हुन्छ तर धैर्य गर्नु, जनताको कुरा सरकारले नसुनेर कहाँ हुन्छ ? सुन्नुपर्छ, सुन्छ । यो नभए अर्कोले सुन्छ । त्यतिन्जेल तपाईँहरूबिच फाटो आउन भएन । एक भएर लड्नुपर्छ । मलाइ हेर्नुस् त मेरो स्वार्थ के छ ?  जनताकै लागि लड्दा यो दुःख पाएको छु । न्याय पाउनुअघि दुःख हुने रहेछ । यसपछि न्याय हुन्छ । तपाईँहरूले पाएको दुःख न्याय पाउनुअघिको हो । नआत्तिनु ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...