नेभिगेशन
समाज

मेलम्ची र हेलम्बुकाे निरिक्षणपछि उर्जामन्त्री भन्छन्, 'बाढीले पुर्याएको क्षतिको पुननिर्माणमा सरकारले ध्यान दिन्छ'

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्याएको क्षतिको पुननिर्माणमा सरकारले ध्यान दिने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार मेलम्ची र हेलम्बु क्षेत्रको स्थलगत अनुगमन गर्दै मन्त्री खड्काले बाढी प्रभावित क्षेत्रको पुन निर्माणमा सरकारले काम गर्ने बताएका हृन् । उनले मेलम्ची र हेलम्बु क्षेत्रमा सिँचाइ व्यवस्थापनका लागि विशेष योजना अघि बढाउने प्रतिवद्धता जनाए । उर्जामन्त्री खड्काले पहाडी क्षेत्रका उर्वर भूमिको सदुपयोग गर्न सिँचाइ व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताए । पहाडी क्षेत्रमा कृषिको उत्पादनलाई बढावा दिन सिँचाइ व्यवस्थापन एकदमै महत्वपूर्ण भएको उनको भनाई थियो ।

Ncell
Extreme Energy

त्यस्तै सो क्षेत्रका सांसद मोहन बस्नेतले बाढी प्रभावित क्षेत्रमा अस्थायी पुल बनाएपनि प्रभावकारी बनाएकाले स्थायी संरचना बनाउनुपर्नेमा जोड दिएका छन् ।

विस २०७८ असार १ गतेको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठूलो धनजनको क्षति पुर्याएको थियो । यद्यपि, हालसम्म पनि पुन निर्माण हुन नसकेपछि कांग्रेसका नेता एवम् उक्त क्षेत्रका सांसद मोहन बस्नेतको सक्रियतामा उर्जामन्त्री खड्का, राज्यमन्त्री खमबहादुर गर्बुजा, सिँचाइ सचिव सरिता दवाडी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालगायतको टोलीले स्थलगत निरीक्षण गरेको हो ।

निरीक्षणका क्रममा मन्त्री खड्कालाई सोही क्षेत्रका स्थानीयहरूले बाढीपहिरोले पुगेको क्षतिको पुन निर्माण गर्न माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।

भर्खरै