नेभिगेशन
समाज

काभ्रेको पनौतीमा भीषण बाढीः एक महिला बेपत्ता, बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । सोमबार अपरान्हको भीषण वर्षाले काभ्रेपलाञ्चोक जिल्लामा जनजीवन प्रभावित बनेको छ। अविरल वर्षाका कारण आएको बाढीले  डाइभर्सनहरून बगाउँदा बीपी राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएका छन् भने पनौतीमा एक महिला बेपत्ता भएकी छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पनौती नगरपालिका–५ सुब्बा गाउँकी २८ वर्षीया रेनुका गिरी कुलो तर्ने क्रममा आएको बाढीले बगाएपछि बेपत्ता भएकी हुन्। उनको खोजीका लागि प्रहरीका सबै युनिट परिचालित गरिएको एसपी शाहले जानकारी दिए।

Ncell
Extreme Energy

इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी गाउँपालिका–११ र १२ को सीमामा पर्ने माम्ती खोलानजिकको डाइभर्सन बगाएपछि पूर्वबाट आइरहेका सवारीसाधनलाई खुर्कोट र नेपालटारमा रोकिएको छ । 

त्यस्तै, रोशी गाउँपालिका–११ तालढुंगास्थित भ्याकुरे खोलामा एक ईभी भ्यान फसेको र पानीको बहाव तीव्र भएकाले गाडी निकाल्न समस्या भएको उनले जानकारी दिए। रोशी–९ बोक्सुकुना भन्ने ठाउँमा अर्को डाइभर्सनसमेत बगाएको छ।

प्रहरीले क्षतिको यकिन विवरण संकलन गरिरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी कोमल शाहले यात्रुहरूलाई होटल तथा पसल रहेको स्थानसम्म पुर्याउन प्रहरी टोली खटाइएको बताए। 

जल तथा मौसम विज्ञान विभागका अनुसार पनौतीस्थित रोशी खोलामा १२ घण्टाको अवधिमा ४१ मिलिमिटर वर्षा मापन गरिएको छ। १०–५० मिलिमिटरको वर्षालाई ‘मध्यम खालको’ मानिने भए पनि स्थानीय भू–संरचनाका कारण यसले उच्च प्रभाव पारेको हो।

मौसम विभागले भारतको बिहार आसपासबाट सर्ने जलवायु प्रणाली बागमती प्रदेशमा प्रवेश गरिसकेको जनाउँदै मकवानपुर, दोलखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा थप वर्षाको सम्भावना रहेको चेतावनी दिएको छ।

स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्र आसपासका नागरिकहरूलाई सर्तक रहन तथा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनको मूल्य एकैदिन ४ हजार ८०० रुपैयाँले घट्यो

सुनको मूल्य एकैदिन ४ हजार ८०० रुपैयाँले घट्यो

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले घटेर ३ लाख १ हजार...
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो (तस्बिरहरू)

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो (तस्बिरहरू)

काठमाडौँ उपत्यकाको पूर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ ।
गाडीमा आगलागी हुँदा चालकको मृत्यु

गाडीमा आगलागी हुँदा चालकको मृत्यु

भरतपुर महानगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कार (इभी)मा आगलागी हुँदा चालकको मृत्यु भएको छ ।
धादिङको गजुरी जरेखेतमा दुई सवारी ठोक्किँदा ५ जना घाइते

धादिङको गजुरी जरेखेतमा दुई सवारी ठोक्किँदा ५ जना घाइते

धादिङको गजुरी गाउँपालिका–६ जरेखेतस्थित पृथ्वीराजमार्गमा दुई सवारीसाधन आपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन् ।