नेभिगेशन
मुख्य समाचार

काभ्रेको पनौतीमा भीषण बाढीः एक महिला बेपत्ता, बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । सोमबार अपरान्हको भीषण वर्षाले काभ्रेपलाञ्चोक जिल्लामा जनजीवन प्रभावित बनेको छ। अविरल वर्षाका कारण आएको बाढीले  डाइभर्सनहरून बगाउँदा बीपी राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएका छन् भने पनौतीमा एक महिला बेपत्ता भएकी छन्।

पनौती नगरपालिका–५ सुब्बा गाउँकी २८ वर्षीया रेनुका गिरी कुलो तर्ने क्रममा आएको बाढीले बगाएपछि बेपत्ता भएकी हुन्। उनको खोजीका लागि प्रहरीका सबै युनिट परिचालित गरिएको एसपी शाहले जानकारी दिए।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी गाउँपालिका–११ र १२ को सीमामा पर्ने माम्ती खोलानजिकको डाइभर्सन बगाएपछि पूर्वबाट आइरहेका सवारीसाधनलाई खुर्कोट र नेपालटारमा रोकिएको छ । 

त्यस्तै, रोशी गाउँपालिका–११ तालढुंगास्थित भ्याकुरे खोलामा एक ईभी भ्यान फसेको र पानीको बहाव तीव्र भएकाले गाडी निकाल्न समस्या भएको उनले जानकारी दिए। रोशी–९ बोक्सुकुना भन्ने ठाउँमा अर्को डाइभर्सनसमेत बगाएको छ।

प्रहरीले क्षतिको यकिन विवरण संकलन गरिरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी कोमल शाहले यात्रुहरूलाई होटल तथा पसल रहेको स्थानसम्म पुर्याउन प्रहरी टोली खटाइएको बताए। 

जल तथा मौसम विज्ञान विभागका अनुसार पनौतीस्थित रोशी खोलामा १२ घण्टाको अवधिमा ४१ मिलिमिटर वर्षा मापन गरिएको छ। १०–५० मिलिमिटरको वर्षालाई ‘मध्यम खालको’ मानिने भए पनि स्थानीय भू–संरचनाका कारण यसले उच्च प्रभाव पारेको हो।

मौसम विभागले भारतको बिहार आसपासबाट सर्ने जलवायु प्रणाली बागमती प्रदेशमा प्रवेश गरिसकेको जनाउँदै मकवानपुर, दोलखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा थप वर्षाको सम्भावना रहेको चेतावनी दिएको छ।

स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्र आसपासका नागरिकहरूलाई सर्तक रहन तथा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।
दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महािरीक्षक बनाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।