नेभिगेशन
समाज

मुग्लिन-पोखरा खण्ड विस्तार गरिँदै

दमौली । मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डमा १७ पुल निर्माण भएका छन् । पूर्वी खण्डअन्तर्गत जामुनेबाट आँबुखैरेनीसम्म ‘प्रिकाष्ट’ प्रविधिबाट १७ पुल निर्माण भएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 चिनियाँ कम्युनिष्ट कन्स्ट्रक्सनले चीनबाट उपकरण ल्याएर प्रिकाष्ट प्रविधिबाट पुल निर्माण गरेको पूर्वी खण्डका सूचना अधिकारी एवं इञ्जिनियर विष्णु पाण्डेले जानकारी दिए । यहाँ सानाठूला गरी १७ वटा पुल निर्माण सम्पन्न भएका बताए ।

Ncell
Extreme Energy

 मुग्लिन-पोखरा सडक आयोजनाअन्तर्गत व्यास नगरपालिका ४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन पुलमा ६९ प्रतिशत भौतिक र ५२ दशमलव ४३ प्रतिशत आर्थिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ ।

 उक्त पुल निर्माणले गति लिएको बताउँदै पाण्डेले पुलमा छ वटा स्पान रहने जानकारी दिए । तीन सय १५ मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीले सन् २०२२ अगष्ट ११ मा एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो । 

पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय ७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ ।

पूर्वी खण्डअन्तर्गत सडकको ८४ प्रतिशत भौतिक र ६५ प्रतिशत आर्थिक प्रगति भएको सूचना अधिकारी पाण्डेले जानकारी दिए। उनका अनुसार चार लेनतर्फ ३३ दशमलव ५६ र दुई लेनतर्फ तीन दशमलव दुई किलोमिटर दूरीमा अन्तिम कालोपत्र सकिएको छ । पाण्डेले भने, “हालसम्म कालोपत्र भएको खण्डलाई दुई लेनमा हिसाब गर्दा ७३ दशमलव ११ किमी कालोपत्र भएको छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनको मूल्य एकैदिन ४ हजार ८०० रुपैयाँले घट्यो

सुनको मूल्य एकैदिन ४ हजार ८०० रुपैयाँले घट्यो

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले घटेर ३ लाख १ हजार...
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो (तस्बिरहरू)

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो (तस्बिरहरू)

काठमाडौँ उपत्यकाको पूर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ ।
गाडीमा आगलागी हुँदा चालकको मृत्यु

गाडीमा आगलागी हुँदा चालकको मृत्यु

भरतपुर महानगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कार (इभी)मा आगलागी हुँदा चालकको मृत्यु भएको छ ।
धादिङको गजुरी जरेखेतमा दुई सवारी ठोक्किँदा ५ जना घाइते

धादिङको गजुरी जरेखेतमा दुई सवारी ठोक्किँदा ५ जना घाइते

धादिङको गजुरी गाउँपालिका–६ जरेखेतस्थित पृथ्वीराजमार्गमा दुई सवारीसाधन आपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन् ।