नेभिगेशन
मुख्य समाचार

मुग्लिन-पोखरा खण्ड विस्तार गरिँदै

दमौली । मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डमा १७ पुल निर्माण भएका छन् । पूर्वी खण्डअन्तर्गत जामुनेबाट आँबुखैरेनीसम्म ‘प्रिकाष्ट’ प्रविधिबाट १७ पुल निर्माण भएका हुन् ।

 चिनियाँ कम्युनिष्ट कन्स्ट्रक्सनले चीनबाट उपकरण ल्याएर प्रिकाष्ट प्रविधिबाट पुल निर्माण गरेको पूर्वी खण्डका सूचना अधिकारी एवं इञ्जिनियर विष्णु पाण्डेले जानकारी दिए । यहाँ सानाठूला गरी १७ वटा पुल निर्माण सम्पन्न भएका बताए ।

 मुग्लिन-पोखरा सडक आयोजनाअन्तर्गत व्यास नगरपालिका ४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन पुलमा ६९ प्रतिशत भौतिक र ५२ दशमलव ४३ प्रतिशत आर्थिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ ।

 उक्त पुल निर्माणले गति लिएको बताउँदै पाण्डेले पुलमा छ वटा स्पान रहने जानकारी दिए । तीन सय १५ मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीले सन् २०२२ अगष्ट ११ मा एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो । 

पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय ७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ ।

पूर्वी खण्डअन्तर्गत सडकको ८४ प्रतिशत भौतिक र ६५ प्रतिशत आर्थिक प्रगति भएको सूचना अधिकारी पाण्डेले जानकारी दिए। उनका अनुसार चार लेनतर्फ ३३ दशमलव ५६ र दुई लेनतर्फ तीन दशमलव दुई किलोमिटर दूरीमा अन्तिम कालोपत्र सकिएको छ । पाण्डेले भने, “हालसम्म कालोपत्र भएको खण्डलाई दुई लेनमा हिसाब गर्दा ७३ दशमलव ११ किमी कालोपत्र भएको छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।
दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महािरीक्षक बनाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।