नेभिगेशन
मुख्य समाचार

बचत रकम नै किर्ते गरेर रवि विरुद्ध मुद्दा,  १२ लाखको बचतलाई प्रहरीले २२ लाख लेख्योः बचतकर्ता

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) रवि लामिछानेलाई थुनामा पठाइएको मुद्दाको अभियोग पत्रमै बचतकर्ताको रकम  किर्ते गरी राखेको पाइएको छ । 

रुपन्देही प्रहरीको अनुसन्धानपछि सरकारी वकिलले अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेख गरिएको बचत रकम भन्दा बचतकर्ताको रकम कम भएको बचतकर्ताले नै बताउन थालेका छन् । 

अदालतमा पेश गरिएको अभियोग पत्रमा सहकारी पीडित चञ्चला सेठियाको बचत रकम २२ लाख ४६ हजार ६ सय ३८ रुपैयाँ उल्लेख गरिएको छ । तर आफ्नो बचत रकम जम्मा १२ लाख भएको सेठियाले बताएकी छिन् । अभियोग पत्रको १३ नम्बर पेजमा उनको बचत रकम लेखिएको छ । 

उनको भनाई अनुसार वास्तविक बचत भन्दा १० लाख ४६ हजार बढी रकम उल्लेख गरेर अभियोग पत्र पेश भएको छ ।  
यस विषयमा रुपन्देही प्रहरीले भने यस अघिनै अनुसन्धान भएर अदालतमा विचाराधीन  विषय भएकाले अहिले थप भन्न नसकिने बताउँदै आएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।
दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महािरीक्षक बनाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।