नेभिगेशन
समाज

‘जेन् जी पुस्ताले डेट एक्स्पाएर भएका हजुरबुबा नेता हैन, नयाँ सोचको नयाँ नेतृत्व चाहान्छ’ : निशा डाँगी

काठमाडौँ । प्रतिनिधि सभाकी कान्छी सांसदसमेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले जेन्जी पुस्ताले हजुरबुबा पुस्ताका डेट एक्स्पाएर भएका नेतृत्व नचाहेको बताएकी छिन् । मङ्गलवार प्रतिनिधिसभामा आफू जेन्जी पुस्ताको रहेको र आफ्नो पुस्ताले के चाहन्छ भन्ने विषयमा उनले ५ माग राखेकी छिन् । 

उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा जेन्जी पुस्तालाई विशेष प्राथमिकतामा राखिएको बताए पनि जेन्जी पुस्ताका वास्तविकता माग बुझ्न नसकेको बताएकी छिन् । उनले जेन्जी पुस्ताले स्थिर सरकार, नयाँ अनुहार र नयाँ सोचको नेतृत्व, सीप विकास तालिम, गुणस्तरीय शिक्षा, सुशासन र पारदर्शिता चाहने बताएकी छिन् । उनले जेन्जी पुस्ताको प्रतिनिधित्व गर्दै संसद्मा राखेका माग यस्ता छन्:

CG

१. हामी स्थिर सरकार चाहन्छौँ जहाँ विकासले गति दियोस् र हाम्रो भविष्य सुनिश्चित गरियोस्। 

२. हाम्रो हजुरबुवाका पालादेखिका नेताहरूबाट आशा मरिसके । सम्माननीय सभामुख महोदय, म जन्मनु अगाडिदेखि नै प्रधानमन्त्री बनिसकेका व्यक्तिहरूको डेट एक्स्पाएर भइसक्यो । हामी नयाँ अनुहार र नयाँ सोचको नेतृत्व चाहन्छौँ । 

३. हामी रोजगारी र उद्यमशीलतामा प्रोत्साहन गर्ने नीति चाहन्छौँ। सीप विकासका तालिम चाहन्छौँ जहाँ जसले एक्काइसौँ शताब्दीको चुनौती पनि सामना गर्न सकोस्। 

४. हामी केवल डिग्री होइन गुणस्तर शिक्षा चाहन्छौँ। जसले विश्व बजारमा प्रतिस्पर्धा गर्न योग्य बनाओस्। 

५. देश भ्रष्टाचारले खोक्रो भइसक्यो, हामी सुशासन र पारदर्शिता चाहन्छौँ। भाषण र आश्वासन होइन हामी ठोस कार्यान्वयन चाहन्छौँ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...