नेभिगेशन
समाज

‘जेन् जी पुस्ताले डेट एक्स्पाएर भएका हजुरबुबा नेता हैन, नयाँ सोचको नयाँ नेतृत्व चाहान्छ’ : निशा डाँगी

काठमाडौँ । प्रतिनिधि सभाकी कान्छी सांसदसमेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले जेन्जी पुस्ताले हजुरबुबा पुस्ताका डेट एक्स्पाएर भएका नेतृत्व नचाहेको बताएकी छिन् । मङ्गलवार प्रतिनिधिसभामा आफू जेन्जी पुस्ताको रहेको र आफ्नो पुस्ताले के चाहन्छ भन्ने विषयमा उनले ५ माग राखेकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा जेन्जी पुस्तालाई विशेष प्राथमिकतामा राखिएको बताए पनि जेन्जी पुस्ताका वास्तविकता माग बुझ्न नसकेको बताएकी छिन् । उनले जेन्जी पुस्ताले स्थिर सरकार, नयाँ अनुहार र नयाँ सोचको नेतृत्व, सीप विकास तालिम, गुणस्तरीय शिक्षा, सुशासन र पारदर्शिता चाहने बताएकी छिन् । उनले जेन्जी पुस्ताको प्रतिनिधित्व गर्दै संसद्मा राखेका माग यस्ता छन्:

Ncell
Extreme Energy

१. हामी स्थिर सरकार चाहन्छौँ जहाँ विकासले गति दियोस् र हाम्रो भविष्य सुनिश्चित गरियोस्। 

२. हाम्रो हजुरबुवाका पालादेखिका नेताहरूबाट आशा मरिसके । सम्माननीय सभामुख महोदय, म जन्मनु अगाडिदेखि नै प्रधानमन्त्री बनिसकेका व्यक्तिहरूको डेट एक्स्पाएर भइसक्यो । हामी नयाँ अनुहार र नयाँ सोचको नेतृत्व चाहन्छौँ । 

३. हामी रोजगारी र उद्यमशीलतामा प्रोत्साहन गर्ने नीति चाहन्छौँ। सीप विकासका तालिम चाहन्छौँ जहाँ जसले एक्काइसौँ शताब्दीको चुनौती पनि सामना गर्न सकोस्। 

४. हामी केवल डिग्री होइन गुणस्तर शिक्षा चाहन्छौँ। जसले विश्व बजारमा प्रतिस्पर्धा गर्न योग्य बनाओस्। 

५. देश भ्रष्टाचारले खोक्रो भइसक्यो, हामी सुशासन र पारदर्शिता चाहन्छौँ। भाषण र आश्वासन होइन हामी ठोस कार्यान्वयन चाहन्छौँ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।

भर्खरै