नेभिगेशन
समाज

खुल्यो बीपी राजमार्ग, दुईतर्फी यातायात सञ्चालन

काठमाडाैँ । वर्षापछिको बाढीका कारण सोमबार रातिदेखि अवरुद्ध बीपी राजमार्ग खुलेको छ । मंगलबार बिहानदेखि सडक विभागले डोजर र टिप्परको सहायताले सडक खुलाउन प्रयास गरेपनि दिउँसो १ बजेबाट मात्रै सडक सञ्चालनमा आएको हो । 
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको थियो। गत वर्षको असोजको बाढीपछि अस्थायी रूपमा निर्माण गरिएको डाइभर्सन यसपटकको बाढीले पुनः बगाएपछि राजमार्गको अवरुद्ध भएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राजमार्ग अवरुद्ध हुँदा पूर्वतर्फ जाने सवारीसाधनहरू भकुण्डेबेसीमा, र पश्चिमतर्फ जानेहरू खुर्कोट र नेपालथोकमा रोकिएका थिए। हाल ती सवारीहरूलाई पनि बिस्तारै सञ्चालनमा ल्याइएको छ। करिब ६ घण्टाको प्रयासपछि डाइभर्सन पुनः निर्माण गरिएको र खोला डाइभर्ट गरिएकाले अहिले सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको सडक विभागले जनाएको छ । 

Ncell
Extreme Energy

सडक सञ्चालनमा आएपनि यात्रु तथा सवारी चालकहरूलाई सावधानी अपनाएर यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ग्यास अभावले सरकार असफल भएको संकेत गर्‍यो- एमाले प्रचार विभाग प्रमुख

ग्यास अभावले सरकार असफल भएको संकेत गर्‍यो- एमाले प्रचार विभाग प्रमुख

नेकपा (एमाले)ले नेपालीका सांस्कृतिक चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भइरहेको र ग्यासको सहज आपूर्ति तथा व्यवस्थापन गर्न सरकार असफल भएको आरोप लगाएको छ।
म्याग्दीमा १४ वर्षमै आमा, पाँचमध्ये एक सुत्केरी २० वर्षमुनिका

म्याग्दीमा १४ वर्षमै आमा, पाँचमध्ये एक सुत्केरी २० वर्षमुनिका

म्याग्दीमा बालविवाहका कारण शारीरिक तथा मानसिक रूपमा परिपक्व नहुँदै किशोरीहरू गर्भवती हुने र आमा बन्ने अवस्था अझै देखिएको छ।
चक्रवातको प्रभावले असोज ८ देखि नेपालमा भारी वर्षाको सम्भावना

चक्रवातको प्रभावले असोज ८ देखि नेपालमा भारी वर्षाको सम्भावना

ष्णकटिबन्धीय चक्रवातको सम्भावित प्रभावका कारण आगामी असोज ८ देखि १२ गतेसम्म नेपालका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
सर्लाहीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु

सर्लाहीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु

सर्लाहीमा मोटरसाइकल दुर्घटना र चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ। घटनामा चार जना घाइते भएका छन्।