नेभिगेशन
समाज

खुल्यो बीपी राजमार्ग, दुईतर्फी यातायात सञ्चालन

काठमाडाैँ । वर्षापछिको बाढीका कारण सोमबार रातिदेखि अवरुद्ध बीपी राजमार्ग खुलेको छ । मंगलबार बिहानदेखि सडक विभागले डोजर र टिप्परको सहायताले सडक खुलाउन प्रयास गरेपनि दिउँसो १ बजेबाट मात्रै सडक सञ्चालनमा आएको हो । 
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको थियो। गत वर्षको असोजको बाढीपछि अस्थायी रूपमा निर्माण गरिएको डाइभर्सन यसपटकको बाढीले पुनः बगाएपछि राजमार्गको अवरुद्ध भएको थियो । 

राजमार्ग अवरुद्ध हुँदा पूर्वतर्फ जाने सवारीसाधनहरू भकुण्डेबेसीमा, र पश्चिमतर्फ जानेहरू खुर्कोट र नेपालथोकमा रोकिएका थिए। हाल ती सवारीहरूलाई पनि बिस्तारै सञ्चालनमा ल्याइएको छ। करिब ६ घण्टाको प्रयासपछि डाइभर्सन पुनः निर्माण गरिएको र खोला डाइभर्ट गरिएकाले अहिले सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको सडक विभागले जनाएको छ । 

सडक सञ्चालनमा आएपनि यात्रु तथा सवारी चालकहरूलाई सावधानी अपनाएर यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।
दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महािरीक्षक बनाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।