नेभिगेशन
समाज

धुर्मुस सुन्तलीलाई रंगशाला बनाउन नथाल बाबु नानु भनेँ, मानेनन्, बहुत दुःख पाए : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले धुर्मुस सुन्तलीलाई चितवनमा रंगशाला नबनाउन सुझाव दिएको बताएका छ्न । मंगलबार बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुुडियोको शिलान्यास गर्दै उनले आफूले पूरा नहुने काम नथाल बाबु नानी भनेर धुर्मुस सुन्तलीलाई आग्रह गरेको तर नमान्दा अहिले दुःख पाएको बताए । 

पूरा हुने कुरामा मात्र हात हाल्नुपर्ने बताउँदै उनले धुर्मुस सुन्तलीले धेरै दुःख पाएको बताए । ‘मैले गाह्रो छ बाबु नानु, त्यहाँ नथाल न भन्दाभन्दै धुर्मुस सुन्तलीले क्रिकेट मैदान सुरु गरे । बहुत दुःख पाए। माया लाग्छ ।’, प्रधानमन्त्री ओलीले भने । 

CG

त्यस्तै उनले धुर्मुस सुन्तलीले जतिसुकै दुःख पाएपनि उनीहरुले सुरु गरेको त्यो रंगशाला बन्ने बताए । ‘तर त्यो क्रिकेट मैदान पनि बन्छ, उनीहरूको दुःख कष्ट पनि हट्छ एकदिन।’, प्रधानमन्त्री ओलीले भने ।
त्यस्तै उनले आफूहरुले मंगलबार एउटा नयाँ कामको थालनी गरेको र त्यसलाई सफल बनाउनुपर्ने बताए । मानिसले एकैचोटी ठूला काम आँट्न भन्दापनि सानातिना कामहरु सफल बनाउनुपर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...