नेभिगेशन
समाज

काठमाडौँ प्लाजामा शौचालयबाट निस्कने फोहर पानी प्रशोधन गर्ने प्रणाली जडान, दैनिक ५ हजार लिटर प्रशोधन क्षमता

नतिजा हेरेर थप विस्तार गर्ने योजनामा वातावरण व्यवस्थापन विभाग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट उत्पादन भएको फोहर पानी प्रशोधन गर्न दैनिक ५ हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको छ । बिजुलीबाट चल्ने यो प्रणालीमा एरोबिक र एनएरोबिक दुवै विधिबाट फोहर पानी प्रशोधन हुन्छ । यसको लागत करिब २० लाख रुपैयाँ हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘यो नमूना योजना हो । यसको नतिजा हेरेर विस्तार गर्नेछौँ ।’ कार्यक्रमका बारेमा जानकारी दिँदै वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राई भन्छिन्, ‘काठमाडौँको स्वच्छताका लागि घरेलु फोहर व्यवस्थापनसँगै तरल फोहर व्यवस्थापन आवश्यक छ । सानातिना एकाइमा यसको प्रयोगलाई अहिले हामीले परीक्षण गरेका हौँ ।’

Ncell
Extreme Energy

‘३ दशमलव ६० मिटर लम्बाइ, १ दशमलव २० मिटर चौडाइ र १ दशमलव ९८ मिटर उचाइ भएको प्लान्टभित्र ४ वटा च्याम्वर छन् ।’ वरिष्ठ इञ्जिनियर निशा कोइराला प्रणालीको प्राविधिक पक्षका बारेमा जानकारी दिँदै भन्छिन्, ‘शौचालयबाट केही ठोससहितको फोहर पानी प्लान्टमा पुगेपछि पहिले सेडिमेन्टेसनबाट तरल र ठोस छुट्टिन्छ । त्यसपछि एनएरोविक विधि (अक्सिजन दिनु नपर्ने विधि) बाट प्रशोधन सुरु हुन्छ । तेस्रो चरणमा एरोविक (अक्सिजन दिनु पर्ने विधि) बाट, चौथो चरणमा फिल्ट्रेसन र डिस्इन्फेक्सन गरिन्छ । यसबाट उत्पादन हुने पानी दुर्गन्धरहित हुन्छ । बोटविरुवामा हाल्न मिल्ने हुन्छ ।’

विभागका इञ्जिनियर रामप्रसाद नेपालका अनुसार प्लाजा परिसरमा ७२ वटा शौचालय छन् । नेपालका अनुसार अहिले ४४ वटा शौचालयबाट आउने तरल पानीलाई नमूनाका रुपमा प्रशोधन गरिएको छ । यसबाट प्राप्त भएको नतिजाका आधारमा प्लान्टको क्षमता बढाएर थप शौचालयको तरल पानी मिसाइनेछ । प्लाजामा दैनिक करिब ९ हजार लिटर पानीको प्रयोग हुने गरेको उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
म्याग्दीमा १४ वर्षमै आमा, पाँचमध्ये एक सुत्केरी २० वर्षमुनिका

म्याग्दीमा १४ वर्षमै आमा, पाँचमध्ये एक सुत्केरी २० वर्षमुनिका

म्याग्दीमा बालविवाहका कारण शारीरिक तथा मानसिक रूपमा परिपक्व नहुँदै किशोरीहरू गर्भवती हुने र आमा बन्ने अवस्था अझै देखिएको छ।
चक्रवातको प्रभावले असोज ८ देखि नेपालमा भारी वर्षाको सम्भावना

चक्रवातको प्रभावले असोज ८ देखि नेपालमा भारी वर्षाको सम्भावना

ष्णकटिबन्धीय चक्रवातको सम्भावित प्रभावका कारण आगामी असोज ८ देखि १२ गतेसम्म नेपालका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
सर्लाहीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु

सर्लाहीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु

सर्लाहीमा मोटरसाइकल दुर्घटना र चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ। घटनामा चार जना घाइते भएका छन्।
यी स्थानमा आज भारी वर्षाको सम्भावना

यी स्थानमा आज भारी वर्षाको सम्भावना

आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ।