नेभिगेशन
समाज

नेपाल विद्युत प्राधिकरणले पुनः जारी गर्यो डेडिकेटेड र ट्रंकलाइनको विद्युत महसुल बुझाउने म्याद थपको सूचना

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत बिजुली प्रयोग गरेर पनि महसुल नतिर्ने उद्योगहरूलाई प्रशासकीय पुनरावेदन गर्नका लागि २०८२ जेठ मसान्तसम्मको समय दिएको छ।

प्राधिकरणले मंगलबार सूचना जारी गर्दै, २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत प्रयोग गरी बक्यौता तिर्न बाँकी रहेका उद्योगहरूले विद्युत वितरण विनियमावली २०७८ अनुसार ५ प्रतिशत रकम वा सो बराबरको एक वर्षको ‘क’ वर्गको बैंक ग्यारेन्टी धरौटी रूपमा बुझाएर पुनरावेदन गर्न सक्ने जनाएको छ।

प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रंक लानबाट २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपयोग गरी महसुल बक्यौता रहेका ग्राहकहरूले २०८२ जेठ मसान्तसम्म प्राधिकरणको विद्युत वितरण विनियमावली २०७८ को विनियम ५५ को उपविनियम (२) बमोजिम महसुल रकमको ५ प्रतिशत बराबरको रकम वा सो बराबरको एक वर्षको म्याद रहने गरी जारी भएको ‘क’ वर्गको बैंक ग्यारेन्टी धरोटीबापत जम्मा गरी विनियमावलीको विनियम ५५ को उपविनियम (१) बमोजिम प्रशासकीय पुनरावेदनका लागि निवेदन दिनसक्ने म्याद कायम गरिएको व्यहोरा सञ्चालक समितिको वैशाख २१ को निर्णयअनुसार सम्पूर्णमा जानकारी गराइन्छ,’ ।

प्राधिकरणले यसअघि पनि सूचना जारी गरेर उद्योगहरूलाई पुनरावेदनमा आउन आह्वान गर्दै आएको भए पनि धेरैजसो उद्योगी अझै प्रक्रिया अगाडि बढाउन तयार भएका छैनन्।

यसैबीच, प्राधिकरणले २०७५ वैशाखदेखि २०७८ असार मसान्तसम्मको विद्युत महसुल तिर्न बाँकी उद्योगीलाई छुट पनि दिने जनाएको छ।

सूचना अनुसार, उद्योगीहरूले २०७८ जेठ मसान्तभित्र बक्यौता रकम तिरेमा वा सो बराबरको एक वर्ष म्यादको बैंक ग्यारेन्टी बुझाएमा ५ प्रतिशत छुट पाउने छन्।
nea-1747136157.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरला  हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

कोरला  हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

कोरला हुँदै मानसरोवर जोड्ने धार्मिक, पर्यटकीय मार्ग खुलाउने प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधिको टोली चीनको ढोङ्वासेनमा पुगेका छन् । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले...
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।