नेभिगेशन
समाज

४६ दिनदेखि हिरासतमा रहेका रवीन्द्र मिश्र रिहाइको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । ४६ दिनदेखि प्रहरी हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा चैत १५ गते पक्राउ परेका मिश्रको रिहाईको माग गर्दै मंगलबार सर्वोच्चमा रिट दायर भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अदालतमा उनकी श्रीमती सारिका कार्कीले रिट दायर गरेकी हुन् । मिश्रको बयान सकिएपनि उनलाई विभिन्न मुद्दा थप गरेर थुनाउन खोजेको भन्दै कार्कीले रिट दायर गरेकी हुन् । रिटमा गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ।
मिश्रमाथि प्रहरी राज्यविरुद्धको अपराध, संगठित अपराध र आपराधिक उपद्रव सम्बन्धी अभियोगमा काठमाडाैँ प्रहरी परिसरले अनुसन्धान गरिरहेको छ।

Ncell
Extreme Energy

चैत १५ गते तीनकुनेमा संयुक्त जनआन्दोलन समिति र दुर्गा प्रसाईंको आह्वानमा राजावादीहरुले प्रदर्शन गरेका थिए । उक्त प्रदर्शन प्रदर्शमा मात्र सिमित नभएर तीनकुने, कोटेश्वर, जडिबुटि र बालकुमारी क्षेत्र रणमैदानमा परिणत भएको थियो । सो क्रममा थुप्रै सार्वजनिक र व्यक्तिगत सम्पत्ति तोडफोड हुनुका साथै २ जनाको ज्यान समेत गएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
म्याग्दीमा १४ वर्षमै आमा, पाँचमध्ये एक सुत्केरी २० वर्षमुनिका

म्याग्दीमा १४ वर्षमै आमा, पाँचमध्ये एक सुत्केरी २० वर्षमुनिका

म्याग्दीमा बालविवाहका कारण शारीरिक तथा मानसिक रूपमा परिपक्व नहुँदै किशोरीहरू गर्भवती हुने र आमा बन्ने अवस्था अझै देखिएको छ।
चक्रवातको प्रभावले असोज ८ देखि नेपालमा भारी वर्षाको सम्भावना

चक्रवातको प्रभावले असोज ८ देखि नेपालमा भारी वर्षाको सम्भावना

ष्णकटिबन्धीय चक्रवातको सम्भावित प्रभावका कारण आगामी असोज ८ देखि १२ गतेसम्म नेपालका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
सर्लाहीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु

सर्लाहीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु

सर्लाहीमा मोटरसाइकल दुर्घटना र चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ। घटनामा चार जना घाइते भएका छन्।
यी स्थानमा आज भारी वर्षाको सम्भावना

यी स्थानमा आज भारी वर्षाको सम्भावना

आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ।