नेभिगेशन
समाज

४६ दिनदेखि हिरासतमा रहेका रवीन्द्र मिश्र रिहाइको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । ४६ दिनदेखि प्रहरी हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा चैत १५ गते पक्राउ परेका मिश्रको रिहाईको माग गर्दै मंगलबार सर्वोच्चमा रिट दायर भएको हो । 

अदालतमा उनकी श्रीमती सारिका कार्कीले रिट दायर गरेकी हुन् । मिश्रको बयान सकिएपनि उनलाई विभिन्न मुद्दा थप गरेर थुनाउन खोजेको भन्दै कार्कीले रिट दायर गरेकी हुन् । रिटमा गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ।
मिश्रमाथि प्रहरी राज्यविरुद्धको अपराध, संगठित अपराध र आपराधिक उपद्रव सम्बन्धी अभियोगमा काठमाडाैँ प्रहरी परिसरले अनुसन्धान गरिरहेको छ।

चैत १५ गते तीनकुनेमा संयुक्त जनआन्दोलन समिति र दुर्गा प्रसाईंको आह्वानमा राजावादीहरुले प्रदर्शन गरेका थिए । उक्त प्रदर्शन प्रदर्शमा मात्र सिमित नभएर तीनकुने, कोटेश्वर, जडिबुटि र बालकुमारी क्षेत्र रणमैदानमा परिणत भएको थियो । सो क्रममा थुप्रै सार्वजनिक र व्यक्तिगत सम्पत्ति तोडफोड हुनुका साथै २ जनाको ज्यान समेत गएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरला  हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

कोरला  हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

कोरला हुँदै मानसरोवर जोड्ने धार्मिक, पर्यटकीय मार्ग खुलाउने प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधिको टोली चीनको ढोङ्वासेनमा पुगेका छन् । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले...
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।