नेभिगेशन
समाज

पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले भोगचलन गर्दै आएको जमिनको प्रमाणपत्र प्राप्त गरेका छन् ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साविक देवभूमि बालुवा गाविसको करिब ६५ रोपनी जग्गा चन्द्रध्वज खाँडका नाममा भूलवश नापी भएकाले स्थानीय जग्गावालाले जग्गाधनी पूर्जा बनाउन सकेका थिएनन् । जग्गा नापीका बेला अर्काका नाममा दर्ता भएपछि वास्तविक जग्गाधनीले पूर्जा पाएका थिएनन् । 

Ncell
Extreme Energy

“आफ्नो नाममा जग्गा ल्याउन ३५ वर्षसम्म कुर्नपरयो”, स्थानीय रामबहादुर दनुवारले भने । उनले नगरप्रमुख महेश खरेलबाट १४ आना दुई पैसा क्षेत्रफल जग्गाको पूर्जा लिए । 

लालपूर्जाविहीनका लागि स्थानीय अगुवाले वर्षौँदेखि पूर्जा दिलाउन प्रयास गरेका थिए । छब्बीस परिवारलाई नगरप्रमुख खरेलले पूर्जा वितरण गरे । खाँडका नाममा दर्ता उक्त जग्गामध्ये हाल करिब २७ रोपनी जग्गाको पूर्जा बनाई वितरण गरिएको उनले बताए । 
“पहिलो चरणमा बनेको पूर्जा २६ जना जग्गाधनीलाई वितरण गरियो, अब पूर्जा बन्न बाँकी जग्गाको जिल्ला मालपोत कार्यालयमा दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको छ”, उनले । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनको मूल्य एकैदिन ४ हजार ८०० रुपैयाँले घट्यो

सुनको मूल्य एकैदिन ४ हजार ८०० रुपैयाँले घट्यो

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले घटेर ३ लाख १ हजार...
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो (तस्बिरहरू)

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो (तस्बिरहरू)

काठमाडौँ उपत्यकाको पूर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ ।
गाडीमा आगलागी हुँदा चालकको मृत्यु

गाडीमा आगलागी हुँदा चालकको मृत्यु

भरतपुर महानगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कार (इभी)मा आगलागी हुँदा चालकको मृत्यु भएको छ ।
धादिङको गजुरी जरेखेतमा दुई सवारी ठोक्किँदा ५ जना घाइते

धादिङको गजुरी जरेखेतमा दुई सवारी ठोक्किँदा ५ जना घाइते

धादिङको गजुरी गाउँपालिका–६ जरेखेतस्थित पृथ्वीराजमार्गमा दुई सवारीसाधन आपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन् ।