नेभिगेशन
समाज

रविन्द्र मिश्रलाई थुन्नुको कारण पेस गर्न सर्वोच्चको आदेश

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै मिश्रलाई स–शरीर उपस्थित गराउन समेत आदेश दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरी हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा मंगलबार रिट दायर भएको थियो । 

Ncell
Extreme Energy

अदालतमा उनकी श्रीमती सारिका कार्कीले रिट दायर गरेकी थिइन्। मिश्रको बयान सकिएपनि उनलाई विभिन्न मुद्दा थप गरेर थुनाउन खोजेको भन्दै कार्कीले रिट दायर गरेकी हुन्। रिटमा गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ।

मिश्रमाथि प्रहरी राज्यविरुद्धको अपराध, संगठित अपराध र आपराधिक उपद्रव सम्बन्धी अभियोगमा काठमाडौँ प्रहरी परिसरले अनुसन्धान गरिरहेको छ।

मिश्रमाथि अनुसन्धान गर्न भन्दै अदालतले ८ पटकसम्म म्याद थप गरिसकेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
यी हुन् मन्त्रिपरिषद्का चार निर्णय

यी हुन् मन्त्रिपरिषद्का चार निर्णय

सरकारले विश्व बैंकसँग भूकम्प विपद् बन्डसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने, बिटौरी जग्गा दर्तासम्बन्धी समिति गठन आदेश स्वीकृत गर्ने र एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार प्रदान...
दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत

दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत

प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको लगानी बोर्डको ६८औँ बैठकले दुई जलविद्युत् आयोजनामा २१ अर्ब १७ करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।