नेभिगेशन
समाज
महालेखाको प्रतिवेदन

सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब नाध्याे

काठमाडौँ । सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु रु १२ खर्ब ८४ अर्ब नाँघेको छ । आज सार्वजनिक भएको महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनअनुसार पछिल्लो एक वर्ष अर्थात् आर्थिक वर्ष २०८०/८१ मा ९१ अर्ब ५९ करोड ७९ लाख बराबर बेरुजु थपिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महालेखापरीक्षकको ६२ औं प्रतिवेदनअनुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु रु सात खर्ब ३३ अर्ब १९ करोड नौ लाख बराबर छ ।

Ncell
Extreme Energy

अद्यावधिक बेरुजु गतवर्षको भन्दा नौ दशमलव ४५ प्रतिशतले बढेको छ । त्यस्तै, अतिरिक्त लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋणको कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम रु पाँच खर्ब ५१ अर्ब एक करोड गरी कुल रु १२ खर्ब ८४ अर्ब २० करोड बराबर पुगेको हो । यसरी हालसम्मको कुल बेरुजु रु १२ खर्ब ८४ अर्ब २० करोड नाघेको हो ।

अद्यावधिक बेरुजुतर्फ सङ्घीय सरकारी कार्यालयको रु तीन खर्ब ७५ अर्ब ४७ करोड, प्रदेश सरकारी कार्यालयको रु ३० अर्ब ४८ करोड १९ लाख, स्थानीय तहको रु दुई खर्ब नौ अर्ब २८ करोड ९१ लाख र समिती तथा अन्य संस्थाको रु एक खर्ब १७ अर्ब ९४ करोड बराबर रहेको छ । ---

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सर्लाहीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु

सर्लाहीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु

सर्लाहीमा मोटरसाइकल दुर्घटना र चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ। घटनामा चार जना घाइते भएका छन्।
यी स्थानमा आज भारी वर्षाको सम्भावना

यी स्थानमा आज भारी वर्षाको सम्भावना

आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ।
यी हिमतालका कारण जोखिममा मर्स्याङ्दी नदी करिडोर

यी हिमतालका कारण जोखिममा मर्स्याङ्दी नदी करिडोर

मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढाएको छ।
भोटेकोशी बाढीले उजाडेको उमानाथको सहारा

भोटेकोशी बाढीले उजाडेको उमानाथको सहारा

भोटेकोशी बाढीमा परी बर्दियाको बाँसगढी नगरपालिका–८, लक्ष्मणाका सोमनाथ पौडेलसहित उनको परिवारका चार जना सदस्य सम्पर्कविहीन भएपछि पौडेल परिवार शोक र पीडामा डुबेको छ।