नेभिगेशन
समाज

कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो।

स्वर्णलक्ष्मीको पैसा हिनामिना प्रकरणमा बैशाख १३ गते पक्राउ परेकी उनीविरुद्ध मंगलबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर भएको थियो । सोही मुद्दाउपर थुनछेक बहसपछि धरौटीमा छाड्ने आदेश भएको अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले बताए । 

उनीविरुद्ध ठगीका साथै संगठित अपराधको कसुर लगाइएको थियो। 

उनीविरुद्ध ८ महिनाअघि नै पक्राउ पूर्जी जारी भएपनि प्रहरीले पक्राउ गरेको थिएन । उनले संसदमा विदा स्विकृत गराई तलब भत्ता समेत लिएकी थिइन् । 

उनी सहकारीको सञ्चालक भएको अवस्थामा २ करोड ४० लाख ४४ हजार हिनामिना भएको भन्दै सोहीअनुसार उनीविरुद्ध मागदाबी लिइएको छ। 

बयानको क्रममा उनले सहकारीको माइन्यूटमा भएको हस्ताक्षर आफ्नो भएको स्वीकार गरेकी छिन्।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरला  हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

कोरला  हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

कोरला हुँदै मानसरोवर जोड्ने धार्मिक, पर्यटकीय मार्ग खुलाउने प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधिको टोली चीनको ढोङ्वासेनमा पुगेका छन् । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले...
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।