नेभिगेशन
समाज

कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्वर्णलक्ष्मीको पैसा हिनामिना प्रकरणमा बैशाख १३ गते पक्राउ परेकी उनीविरुद्ध मंगलबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर भएको थियो । सोही मुद्दाउपर थुनछेक बहसपछि धरौटीमा छाड्ने आदेश भएको अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले बताए । 

Ncell
Extreme Energy

उनीविरुद्ध ठगीका साथै संगठित अपराधको कसुर लगाइएको थियो। 

उनीविरुद्ध ८ महिनाअघि नै पक्राउ पूर्जी जारी भएपनि प्रहरीले पक्राउ गरेको थिएन । उनले संसदमा विदा स्विकृत गराई तलब भत्ता समेत लिएकी थिइन् । 

उनी सहकारीको सञ्चालक भएको अवस्थामा २ करोड ४० लाख ४४ हजार हिनामिना भएको भन्दै सोहीअनुसार उनीविरुद्ध मागदाबी लिइएको छ। 

बयानको क्रममा उनले सहकारीको माइन्यूटमा भएको हस्ताक्षर आफ्नो भएको स्वीकार गरेकी छिन्।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सर्लाहीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु

सर्लाहीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु

सर्लाहीमा मोटरसाइकल दुर्घटना र चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ। घटनामा चार जना घाइते भएका छन्।
यी स्थानमा आज भारी वर्षाको सम्भावना

यी स्थानमा आज भारी वर्षाको सम्भावना

आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ।
यी हिमतालका कारण जोखिममा मर्स्याङ्दी नदी करिडोर

यी हिमतालका कारण जोखिममा मर्स्याङ्दी नदी करिडोर

मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढाएको छ।
भोटेकोशी बाढीले उजाडेको उमानाथको सहारा

भोटेकोशी बाढीले उजाडेको उमानाथको सहारा

भोटेकोशी बाढीमा परी बर्दियाको बाँसगढी नगरपालिका–८, लक्ष्मणाका सोमनाथ पौडेलसहित उनको परिवारका चार जना सदस्य सम्पर्कविहीन भएपछि पौडेल परिवार शोक र पीडामा डुबेको छ।