नेभिगेशन
समाज

सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलापको अध्यक्षमा संखुवासभाका महेश थापालाई नियुक्त गरेको छ । यस्तै बेपत्ता पारिएका नागरिक छानबिन आयोगमा अध्यक्ष लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ । थापा पूर्वन्यायाधीश हुन् भने गड्तौला केहि समय अघिमात्रै अवकाश कार्यकाल सकिएकी पूर्व मुख्य सचिव हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सर्च कमिटीको सिफारिस बमोजिम ५÷५ सदस्यीय पदाधिकारी नियुक्त गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

Ncell
Extreme Energy

सत्य निरुपण तथा मेलमिलाप आयोगका अन्य सदस्यहरुमा अच्युतप्रसाद भण्डारी जाजरकोट, डा.टीकाप्रसाद ढकाल पाँचथर,पदमबहादुर शाही जुम्ला, कुमारी कौशल्य ओझा कञ्चनपुर नियुक्त भएका छन् । 
यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सदस्यहरुमा गोपालनाथ योगी सल्यान,अग्नीप्रसाद थपलिया झापा,सृजना पोखरेल काठमाडौं, विनिता नेपाली कास्की नियुक्त भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दसैँमा मौसम सामान्यतया सफा रहने अनुमान, भारी वर्षाको सम्भावना छैन

दसैँमा मौसम सामान्यतया सफा रहने अनुमान, भारी वर्षाको सम्भावना छैन

दसैँको मौसमबारे चासो बढिरहेका बेला आगामी दिनमा मौसम सामान्यतया राम्रो रहने अनुमान गरिएको छ।
कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थपियो, साँझ ५ बजेसम्म मतदान

कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थपियो, साँझ ५ बजेसम्म मतदान

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ।
किन बस्दैछ मन्त्रिपरिषद् बैठक?

किन बस्दैछ मन्त्रिपरिषद् बैठक?

मन्त्रिपरिषद् बैठक शुक्रबार दिउँसो ३ बजे बस्ने भएको छ।