नेभिगेशन
समाज

रवि लामिछानेमाथि राज्यद्वारा लगाइएको फौजदारी अभियोगमा किर्ते र जालसाजीको गन्ध आइरहेको छ : सोबिता गौतम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले पार्टी सभापतिमाथि राज्यद्वारा लगाइएको फौजदारी अभियोगमा किर्ते र जालसाजीको गन्ध मज्जाले आइरहेको बताएकी छिन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा आफ्ना कुरा राख्दै सांसद गौतमले लामिछानेविरुद्ध संसदीय छानबिन समितिको प्रतिवेदनविपरित किर्ते जाहेरीकर्ता खडा गरेर एक जना उद्याउँदो राजनीतिक नेतृत्व विरुद्ध फौजदारी मुद्दा खडा गरेको बताएकी हुन् । 

गौतमले लामिछानेविरुद्ध उजुरी दिएका भनिएकाहरूले आफूहरूले उजुरी दिएकै छैन भन्दै सार्वजनिक भइरहेको बताउँदै आएका कारण राज्यको प्रतिशोध पुष्टि भएको बताइन् । ‘रवि लामिछानेमाथि राज्यद्वारा लगाइएको फौजदारी अभियोगमा किर्ते र जालसाजीको गन्ध मज्जाले आइरहेको छ , धेरै कानुनी त्रुटिहरू दिनप्रतिदिन देखिरहेका छन् ।’, उनले भनिन्, ‘दिनप्रतिदिन हरेक जसो जाहेरीकर्ता बनाइएकाहरूले अहिले सार्बजनिक रुपमा मैले रवि लामिछानेविरुद्ध कुनै पनि किटानी जाहेरी दिएको थिइनँ, मलाई थाहै नदिई अभियोग पत्रमा मेरो नाम लेखियो, कसै विरुद्ध किटानी उजुरी नै नहालेको मान्छेलाई कसरी उजुरीकर्ता बनाइयो भन्दै प्रश्न गरिरहेका छन् । भोलि अदालतमा यो विषय प्रवेश भई आफ्नै ढङ्गले निराकरण पनि होला नै  तर सामाजिक र राजनीतिक वृत्तमा राज्यले किर्ते जाहेरीको निर्माण गरी एक जना उद्याउँदो राजनीतिक नेतृत्व विरुद्ध फौजदारी मुद्दा खडा गरेको कुरा गम्भीर चासोको रुपमा आएको छ ।’

CG

त्यस्तै उनले सत्ता र शक्तिमा भएकाहरूले उक्त शक्ति कसैप्रति प्रतिशोध साँध्न प्रयोग गर्नुलाई संस्थागत भ्रष्टाचार भएको बताएकी छिन् । पक्राउ पुर्जीविना पक्राउ गरिनु, पूर्वाग्रहपूर्ण अनुसन्धान, र  बिना किटानी जाहेरी, नाम लेखेर अभियुक्त बनाउने कार्य मानव अधिकारसम्बन्धी राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको गौतमले बताइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...