नेभिगेशन
समाज

रवि लामिछानेमाथि राज्यद्वारा लगाइएको फौजदारी अभियोगमा किर्ते र जालसाजीको गन्ध आइरहेको छ : सोबिता गौतम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले पार्टी सभापतिमाथि राज्यद्वारा लगाइएको फौजदारी अभियोगमा किर्ते र जालसाजीको गन्ध मज्जाले आइरहेको बताएकी छिन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा आफ्ना कुरा राख्दै सांसद गौतमले लामिछानेविरुद्ध संसदीय छानबिन समितिको प्रतिवेदनविपरित किर्ते जाहेरीकर्ता खडा गरेर एक जना उद्याउँदो राजनीतिक नेतृत्व विरुद्ध फौजदारी मुद्दा खडा गरेको बताएकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गौतमले लामिछानेविरुद्ध उजुरी दिएका भनिएकाहरूले आफूहरूले उजुरी दिएकै छैन भन्दै सार्वजनिक भइरहेको बताउँदै आएका कारण राज्यको प्रतिशोध पुष्टि भएको बताइन् । ‘रवि लामिछानेमाथि राज्यद्वारा लगाइएको फौजदारी अभियोगमा किर्ते र जालसाजीको गन्ध मज्जाले आइरहेको छ , धेरै कानुनी त्रुटिहरू दिनप्रतिदिन देखिरहेका छन् ।’, उनले भनिन्, ‘दिनप्रतिदिन हरेक जसो जाहेरीकर्ता बनाइएकाहरूले अहिले सार्बजनिक रुपमा मैले रवि लामिछानेविरुद्ध कुनै पनि किटानी जाहेरी दिएको थिइनँ, मलाई थाहै नदिई अभियोग पत्रमा मेरो नाम लेखियो, कसै विरुद्ध किटानी उजुरी नै नहालेको मान्छेलाई कसरी उजुरीकर्ता बनाइयो भन्दै प्रश्न गरिरहेका छन् । भोलि अदालतमा यो विषय प्रवेश भई आफ्नै ढङ्गले निराकरण पनि होला नै  तर सामाजिक र राजनीतिक वृत्तमा राज्यले किर्ते जाहेरीको निर्माण गरी एक जना उद्याउँदो राजनीतिक नेतृत्व विरुद्ध फौजदारी मुद्दा खडा गरेको कुरा गम्भीर चासोको रुपमा आएको छ ।’

Ncell
Extreme Energy

त्यस्तै उनले सत्ता र शक्तिमा भएकाहरूले उक्त शक्ति कसैप्रति प्रतिशोध साँध्न प्रयोग गर्नुलाई संस्थागत भ्रष्टाचार भएको बताएकी छिन् । पक्राउ पुर्जीविना पक्राउ गरिनु, पूर्वाग्रहपूर्ण अनुसन्धान, र  बिना किटानी जाहेरी, नाम लेखेर अभियुक्त बनाउने कार्य मानव अधिकारसम्बन्धी राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको गौतमले बताइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।