नेभिगेशन
समाज

राष्ट्र बैंकको गभर्नरमा मेरो उम्मेदवार कोही पनि छैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन् । 

बिहीबार काठमाडौँमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका हुन् । काम गर्न सक्ने मान्छे भए देशलाई राम्रो हुने भन्दै उनले व्यक्तिगत रुपमा आफ्नो मान्छेलाई गभर्नर बनाउने कुनै इच्छा नभएको जिकिर गरे । ‘राष्ट्र बैंकको गभर्नरमा मेरो उम्मेदवार कोही पनि छैन । त्यहाँ आफ्नो भन्ने केही पनि छैन । ‘कम्पिटेटिभ’ खालको मान्छे र अविवादित मान्छे ल्याउँ भन्ने मेरो आग्रह हो ।’ प्रधानमन्त्री ओलीले भने ।

City Express

उनले अहिले आफु प्रधानमन्त्री भएपनि सरकारमा आफुमात्रै नरहेको बताए । प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धी आयोगमा पनि क्षमता भएका व्यक्ति नियुक्ति गरिएको धारणा राखे । एक आयोगका अध्यक्षलाई मुख्यसचिव हुँदा चिनेको बाहेक अरु पदाधिकारीसँग आफ्नो व्यक्तिगत चिनजान र सम्बन्ध नरहेको उनको भनाई छ ।

उनले पूर्व योजनाकारहरुको संस्थाबाट आफ्ना सोच र अनुभवको आदानप्रदान हुने विश्वास व्यक्त गर्दै व्यक्तित्व टकराव नगरी संस्थाको दिगोपनामा ध्यान दिन आग्रह गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...