नेभिगेशन
समाज

शुल्क लिएर दमक भ्यू टावर सञ्चालन गर्न मन्त्रीपरिषद्को स्वीकृति

काठमाडौँ । मन्त्रिपरिषद्ले दमक भ्यू टावर हाललाई शुल्क लिइ सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सो बारे जानकारी गराएका हुन् । उक्त निर्णय बैशाख ३१ गते बसेको मन्त्रीपरिषद् बैठकले गरेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो क्रममा प्रवक्ता गुरुङले केहि दिनभित्रै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त हुने विश्वास व्यक्त गरे । गुरुङले गभर्नर नियुक्तिका लागि पुरानो सिफारिस समिति बिघटन गरि नयाँ सिफारिस समिति गठन भएकाले अव दुई–चार दिनमै नयाँ गभर्नर नियुक्त हुने बताएका हुन् । 

Ncell
Extreme Energy

उनले चाँडो भन्दा चाँडो नियुक्ति सम्पन्न गर्न नयाँ सिफारिस समिति गठन भएकाले अब ढिलाई नहुने जिकिर गरे । त्यस्तै प्रवक्ता गुरुङले जलवायु परिवर्तनले नेपालमा पारेको असरका बारेमा विश्वसामु उजागर गर्न सगरमाथा सम्वादको आयोजना गरिएको जानकारी दिए । जलवायु परिवर्तनबाट देखिएका समस्या सामनाका साथै यसलाई न्यूनिकरण गर्न साझा प्रतिवद्धता आवश्यक देखिएको उनले बताए । 

त्यस्तै बैशाख ३१ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले नेपाल कृषि अनुसन्धान परिषद्को पुनसंरचना गर्ने निर्णय भएको जानकारी दिए । यसका लािग गोविन्दराज पोखरेलको संयोजकत्वमा इश्वरी कडरिया र डा यज्ञ गजाधर खड्का रहेको उच्चस्तरीय पुनसंरचना समिति गठन गरिएको उनले बताए । 

बैठकले नेपाल प्रहरीका बरिष्ठ नायव निरिक्षकहरुको तलबमान तथा ग्रेड समायोजन गर्ने, सहकारी नियमन प्राधिकरणको आर्थिक बर्ष २०८१÷८२ को लागि अधिकृतस्तरको ३१ पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दसैँमा मौसम सामान्यतया सफा रहने अनुमान, भारी वर्षाको सम्भावना छैन

दसैँमा मौसम सामान्यतया सफा रहने अनुमान, भारी वर्षाको सम्भावना छैन

दसैँको मौसमबारे चासो बढिरहेका बेला आगामी दिनमा मौसम सामान्यतया राम्रो रहने अनुमान गरिएको छ।
कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थपियो, साँझ ५ बजेसम्म मतदान

कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थपियो, साँझ ५ बजेसम्म मतदान

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ।
किन बस्दैछ मन्त्रिपरिषद् बैठक?

किन बस्दैछ मन्त्रिपरिषद् बैठक?

मन्त्रिपरिषद् बैठक शुक्रबार दिउँसो ३ बजे बस्ने भएको छ।
कांग्रेस महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो

कांग्रेस महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खसेको छ।