नेभिगेशन
मुख्य समाचार

शुल्क लिएर दमक भ्यू टावर सञ्चालन गर्न मन्त्रीपरिषद्को स्वीकृति

काठमाडौँ । मन्त्रिपरिषद्ले दमक भ्यू टावर हाललाई शुल्क लिइ सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सो बारे जानकारी गराएका हुन् । उक्त निर्णय बैशाख ३१ गते बसेको मन्त्रीपरिषद् बैठकले गरेको थियो । 

सो क्रममा प्रवक्ता गुरुङले केहि दिनभित्रै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त हुने विश्वास व्यक्त गरे । गुरुङले गभर्नर नियुक्तिका लागि पुरानो सिफारिस समिति बिघटन गरि नयाँ सिफारिस समिति गठन भएकाले अव दुई–चार दिनमै नयाँ गभर्नर नियुक्त हुने बताएका हुन् । 

उनले चाँडो भन्दा चाँडो नियुक्ति सम्पन्न गर्न नयाँ सिफारिस समिति गठन भएकाले अब ढिलाई नहुने जिकिर गरे । त्यस्तै प्रवक्ता गुरुङले जलवायु परिवर्तनले नेपालमा पारेको असरका बारेमा विश्वसामु उजागर गर्न सगरमाथा सम्वादको आयोजना गरिएको जानकारी दिए । जलवायु परिवर्तनबाट देखिएका समस्या सामनाका साथै यसलाई न्यूनिकरण गर्न साझा प्रतिवद्धता आवश्यक देखिएको उनले बताए । 

त्यस्तै बैशाख ३१ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले नेपाल कृषि अनुसन्धान परिषद्को पुनसंरचना गर्ने निर्णय भएको जानकारी दिए । यसका लािग गोविन्दराज पोखरेलको संयोजकत्वमा इश्वरी कडरिया र डा यज्ञ गजाधर खड्का रहेको उच्चस्तरीय पुनसंरचना समिति गठन गरिएको उनले बताए । 

बैठकले नेपाल प्रहरीका बरिष्ठ नायव निरिक्षकहरुको तलबमान तथा ग्रेड समायोजन गर्ने, सहकारी नियमन प्राधिकरणको आर्थिक बर्ष २०८१÷८२ को लागि अधिकृतस्तरको ३१ पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तोडफोड र आगजनीबाट सरकारी संरचनामा करिब सय अर्बको क्षति, २ महिनापछि पुनर्निर्माण सुरु हुने

तोडफोड र आगजनीबाट सरकारी संरचनामा करिब सय अर्बको क्षति, २ महिनापछि पुनर्निर्माण सुरु हुने

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त सिंहदरबारभित्रका महत्वपूर्ण संरचनालाई अहिलेकै बजेटभित्रबाट दुई महिनापछि सुरु गरिने...
प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै एमालेद्वारा पालिकाहरुमा प्रदर्शन

प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै एमालेद्वारा पालिकाहरुमा प्रदर्शन

सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले संविधान र लोकतन्त्रको रक्षार्थ बिहानदेखि सबै पालिकास्तरमा प्रदर्शन तथा र्यालीको आयोजना गरिएको बताए ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा बस्दै

पार्टीका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनपछि तीन दिन रोकिएको बैठक आज बस्न लागेको हो । पार्टीको गत शनिबार बसेको आकस्मिक बैठकले नेता आलमको निधनमा शोक प्रस्ताव...
कारागारबाट छुटेकै दिन श्रीमानले गरे श्रीमतीको हत्या

कारागारबाट छुटेकै दिन श्रीमानले गरे श्रीमतीको हत्या

कुटपिटबाट बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी गए राति नै प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सीताको टाउको र अनुहारमा चोट लागेको थियो ।