नेभिगेशन
मुख्य समाचार

रवि लामिछाने पक्षलाई थाहै नदिई उच्च अदालत पोखरामा सूर्यदर्शन सहकारी सम्बद्ध मुद्दाको सुनुवाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सूर्यदर्शन सहकारी सम्बद्ध मुद्दामा लामिछाने लगायत प्रतिवादी पक्षलाई पेसीको सूचना नै नदिई सुनुवाई गरिएको छ । कास्की जिल्ला अदालतले धरौटीमा छोड्न दिएको आदेशविरुद्ध रवि लामिछाने दिएको ७३ नम्बरको निवेदनको सुनुवाई हुने गरि आज उच्च अदालत पोखरामा पेशी तोकिएको थियो । तर, प्रतिवादी रवि लामिछानेसहितलाई पेशीको सूचना नै नदिएको उनका कानुन व्यवसायीहरुले बताएका छन् । 

उक्त मुद्दा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासमा परेको थियो । अन्य स्रोतबाट पेशी चढेको जानकारी पाएपछि रवि लामिछाने तथा छविलाल जोशी र रामबहादुर खनालले पेशीको जानकारी प्राप्त नभएको र  त्यही कारण तयारी नगरिएको भन्दै पेशी स्थगित गर्न निवेदन दिएको रवि लामिछानेको मुद्दा हेरेका बरिष्ठ अधिवक्ता रोहित बास्तोलाले जनाकारी दिए । 

CG

पेशी स्थगित गर्नका निवेदन दिएपनि निवेदन स्वीकार नगरी सुनुवाइ अघि बढाइएको छ । ‘न्यायाीक परिपाटी र प्रचलनमा हिरासतमा वा कारगारमा रहेको पक्षलाई उसको मुद्दाको सुनुवाई हुँदैछ भनेर फलानो दिनमा पेसी चढेको छ भनेर सूचित गरिन्छ । सूचना पुगेको रहेनछ भने सूचना दिएर पुनः पेस गर्ने भनेर आदेश हुने परम्परा छ ।’ बरिष्ठ अधिवक्ता बास्तोलाले भने, ‘तर सूचना आएन । हाम्रो पालो आएको छैन । तपाईँहरुको पालो आएपछि भन्नुहोला भनिएको छ ।’ 

उच्च अदालत पोखराका उप–रजिष्ट्रार तथा सूचना अधिकारी निल प्रसाद पनेरुले भने इजलासमा सुनुवाई सुरु भईसकेको विषयमा आफूले बोल्न उपयुक्त नहुने बताए । उनले आज वादी पक्षबाट बहस भएको जानकारी पाएको र मुद्दा हेर्दाहेदैमा गएको बताए । 

उक्त मुद्दामा आज सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ । भोलि सोही इजलासमा उक्त मुद्दाको सुनुवाई हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
इमेज सहकारीमा मिलापत्रको बहानामा फेरि ठगिए ११ सय बढी बचतकर्ता

इमेज सहकारीमा मिलापत्रको बहानामा फेरि ठगिए ११ सय बढी बचतकर्ता

‘मिलापत्रको कागज र अदालतमा बयान गरेपछि देवकुमारको सम्पत्ति बिक्री गरेर पैसा फिर्ता पाइन्छ भनियो,’ राजभण्डारी भन्छन्, ‘जब पैसा पाएको लिखत तमसुक र अदालतमा बयान सकियो । देवकुमारविरुद्ध सम्पत्ति...
रविलाई रिहा गर्ने आदेशसँगै नख्खु कारागार परिसरमा कार्यकर्ताको भीड

रविलाई रिहा गर्ने आदेशसँगै नख्खु कारागार परिसरमा कार्यकर्ताको भीड

रास्वपा सभापति रवि लामिछाने रिहा गर्ने आदेश भए लगत्तै ललितपुरस्थित नख्खु कारागार परिसरमा रास्वपा कार्यकर्ताको भिड लागेको छ ।
एमालेको ११औँ महाधिवेशन सम्पन्न, नयाँ नेतृत्वको सपथ

एमालेको ११औँ महाधिवेशन सम्पन्न, नयाँ नेतृत्वको सपथ

भक्तपुरको सल्लाघारीमा गत मङ्सिर २७ गते उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा मङ्सिर २८ गतेदेखि सुरु भएको बन्दसत्रको आज औपचारिक समापन भएको हो । सो पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष...