नेभिगेशन
समाज

रवि लामिछाने पक्षलाई थाहै नदिई उच्च अदालत पोखरामा सूर्यदर्शन सहकारी सम्बद्ध मुद्दाको सुनुवाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सूर्यदर्शन सहकारी सम्बद्ध मुद्दामा लामिछाने लगायत प्रतिवादी पक्षलाई पेसीको सूचना नै नदिई सुनुवाई गरिएको छ । कास्की जिल्ला अदालतले धरौटीमा छोड्न दिएको आदेशविरुद्ध रवि लामिछाने दिएको ७३ नम्बरको निवेदनको सुनुवाई हुने गरि आज उच्च अदालत पोखरामा पेशी तोकिएको थियो । तर, प्रतिवादी रवि लामिछानेसहितलाई पेशीको सूचना नै नदिएको उनका कानुन व्यवसायीहरुले बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त मुद्दा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासमा परेको थियो । अन्य स्रोतबाट पेशी चढेको जानकारी पाएपछि रवि लामिछाने तथा छविलाल जोशी र रामबहादुर खनालले पेशीको जानकारी प्राप्त नभएको र  त्यही कारण तयारी नगरिएको भन्दै पेशी स्थगित गर्न निवेदन दिएको रवि लामिछानेको मुद्दा हेरेका बरिष्ठ अधिवक्ता रोहित बास्तोलाले जनाकारी दिए । 

Ncell
Extreme Energy

पेशी स्थगित गर्नका निवेदन दिएपनि निवेदन स्वीकार नगरी सुनुवाइ अघि बढाइएको छ । ‘न्यायाीक परिपाटी र प्रचलनमा हिरासतमा वा कारगारमा रहेको पक्षलाई उसको मुद्दाको सुनुवाई हुँदैछ भनेर फलानो दिनमा पेसी चढेको छ भनेर सूचित गरिन्छ । सूचना पुगेको रहेनछ भने सूचना दिएर पुनः पेस गर्ने भनेर आदेश हुने परम्परा छ ।’ बरिष्ठ अधिवक्ता बास्तोलाले भने, ‘तर सूचना आएन । हाम्रो पालो आएको छैन । तपाईँहरुको पालो आएपछि भन्नुहोला भनिएको छ ।’ 

उच्च अदालत पोखराका उप–रजिष्ट्रार तथा सूचना अधिकारी निल प्रसाद पनेरुले भने इजलासमा सुनुवाई सुरु भईसकेको विषयमा आफूले बोल्न उपयुक्त नहुने बताए । उनले आज वादी पक्षबाट बहस भएको जानकारी पाएको र मुद्दा हेर्दाहेदैमा गएको बताए । 

उक्त मुद्दामा आज सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ । भोलि सोही इजलासमा उक्त मुद्दाको सुनुवाई हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो

कांग्रेस महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खसेको छ।
भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज महानगरपालिका–१६ भुटनदेवी मन्दिरस्थित सीमा इलाकामा सशस्त्र प्रहरी बल नेपाल १३ नं गण हेडक्वाटर पर्साबाट खटिएको टोलीले भारततर्फबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा रु...
आवासीय सुरक्षाको विषय नेपाली परिवारका लागि चुनौती बन्दै,  खर्च धान्न ७० प्रतिशतलाई कठिनाइ

आवासीय सुरक्षाको विषय नेपाली परिवारका लागि चुनौती बन्दै, खर्च धान्न ७० प्रतिशतलाई कठिनाइ

प्रतिवेदनअनुसार नेपालमा ७० प्रतिशत उत्तरदाताले आफूलाई आवाससम्बन्धी खर्च नियमित रूपमा धान्न कठिन हुने बताएका छन् । बाइस देशमा गरिएको सर्वेक्षणमा यस्तो समस्या भोग्नेको विश्वव्यापी औसत भने ३४ प्रतिशत...
युवालाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न अनुकूल वातावरण बनाउँदै छौँः सञ्चारमन्त्री

युवालाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न अनुकूल वातावरण बनाउँदै छौँः सञ्चारमन्त्री

विश्वभर युवा पुस्ताको उद्यमशीलताप्रतिको आकर्षण र संलग्नता बढ्दै गएको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले नेपालमा पनि युवाको क्षमता र सम्भावनालाई उत्पादन, सेवा तथा प्रविधिका क्षेत्रमा उपयोग गर्न सहजीकरण भइरहेको...