नेभिगेशन
समाज

राज्य व्यवस्था समितिबाट सङ्घीय निजामती सेवा विधेयक परिमार्जन सहित पारित

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट सङ्घीय निजामती सेवा विधेयक परिमार्जन सहित पारित भएको छ । 

शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदनलाई परिमार्जन सहित पारित गरिएको सभापति रामहरि खतिवडाले जानकारी दिए । 
समितिबाट पारित विधेयकमा कुलिङ पिरियड २ वर्ष राख्ने सहमति जुटेको छ । त्यस्तै निजामती कर्मचारीको अवकाशको उमेर हद ६० वर्ष रहने र १–१ बर्ष कार्यान्वयन विधि अपनाउने सहमति समेत जुटेपछि विधेयक पारित भएको हो । समिति सभापति खतिवडाले समिति सदस्य, सरकार र सरोकारवाला सवैको सहयोग र योगदानका कारण विधेयक पारित गर्न सफल भएको बताए । उनले आवश्यक परेको खण्डमा विधेयकमाथि संशोधन गर्न सकिने उल्लेख गरे । 

त्यसअघि बैठकमा गृहमन्त्री रमेश लेखकले कुलिङ पिरियड दुई वर्ष राख्न प्रस्ताव गरेका थिए । त्यस्तै उनले उमेर हद ६० वर्षका बिषयमा पनि १–१ बर्ष गरि कार्यान्वयन गर्न प्रस्ताव गरेका थिए । लेखकले कुलिङ पिरियड र उमेर हदका बिषयमा सरकारको रायमा सहमति खोज्न प्रस्ताव गरेपछि समितिले सहमति जनाएको थियो । उनले औसत आयु बढेको अवस्था र अन्तर्राष्ट्रिय अभ्यासलाई अध्ययन गरेर नै पहिलो आर्थिक बर्षमा १ र अर्को आर्थिक बर्षमा १ गरेर उमेर हद ५८ वाट ६० बनाउन सुझाव दिएको उल्लेख गरे ।

निजामती सेवा विधेयक २०८० फागुन २१ गते प्रतिनिधि सभामा दर्ता भएको थियो । सैद्धान्तिक छलफल गरेर प्रतिनिधि सभाले दफावार छलफलका लागि २०८१ जेठ १५ मा राज्य व्यवस्था समितिमा पठाएको थियो । सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा सांसदहरूले १२४ समूहमा एक हजार ५८३ वटा संशोधन दर्ता गराएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सानेपामा सुरु

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सानेपामा सुरु

कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनपछि तीन दिन रोकिएको बैठक मंगलबार बसेको हो । गत शनिबार बसेको आकस्मिक बैठकले नेता आलमको निधनमा शोक प्रस्ताव पारित गरेको...
मतदाता नामावली दर्ताका लागि प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा सर्वसाधारणको भिड(तस्बिरहरु)

मतदाता नामावली दर्ताका लागि प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा सर्वसाधारणको भिड(तस्बिरहरु)

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली दर्ता प्रक्रिया केही दिन मात्र बाँकी रहँदा देशभरका निर्वाचन कार्यालयहरूमा यतिबेला सर्वसाधारणको उत्साहजनक सहभागिता बढेको छ।
तोडफोड र आगजनीबाट सरकारी संरचनामा करिब सय अर्बको क्षति, २ महिनापछि पुनर्निर्माण सुरु हुने

तोडफोड र आगजनीबाट सरकारी संरचनामा करिब सय अर्बको क्षति, २ महिनापछि पुनर्निर्माण सुरु हुने

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त सिंहदरबारभित्रका महत्वपूर्ण संरचनालाई अहिलेकै बजेटभित्रबाट दुई महिनापछि सुरु गरिने...
प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै एमालेद्वारा पालिकाहरुमा प्रदर्शन

प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै एमालेद्वारा पालिकाहरुमा प्रदर्शन

सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले संविधान र लोकतन्त्रको रक्षार्थ बिहानदेखि सबै पालिकास्तरमा प्रदर्शन तथा र्यालीको आयोजना गरिएको बताए ।