नेभिगेशन
समाज

राज्य व्यवस्था समितिबाट सङ्घीय निजामती सेवा विधेयक परिमार्जन सहित पारित

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट सङ्घीय निजामती सेवा विधेयक परिमार्जन सहित पारित भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदनलाई परिमार्जन सहित पारित गरिएको सभापति रामहरि खतिवडाले जानकारी दिए । 
समितिबाट पारित विधेयकमा कुलिङ पिरियड २ वर्ष राख्ने सहमति जुटेको छ । त्यस्तै निजामती कर्मचारीको अवकाशको उमेर हद ६० वर्ष रहने र १–१ बर्ष कार्यान्वयन विधि अपनाउने सहमति समेत जुटेपछि विधेयक पारित भएको हो । समिति सभापति खतिवडाले समिति सदस्य, सरकार र सरोकारवाला सवैको सहयोग र योगदानका कारण विधेयक पारित गर्न सफल भएको बताए । उनले आवश्यक परेको खण्डमा विधेयकमाथि संशोधन गर्न सकिने उल्लेख गरे । 

Ncell
Extreme Energy

त्यसअघि बैठकमा गृहमन्त्री रमेश लेखकले कुलिङ पिरियड दुई वर्ष राख्न प्रस्ताव गरेका थिए । त्यस्तै उनले उमेर हद ६० वर्षका बिषयमा पनि १–१ बर्ष गरि कार्यान्वयन गर्न प्रस्ताव गरेका थिए । लेखकले कुलिङ पिरियड र उमेर हदका बिषयमा सरकारको रायमा सहमति खोज्न प्रस्ताव गरेपछि समितिले सहमति जनाएको थियो । उनले औसत आयु बढेको अवस्था र अन्तर्राष्ट्रिय अभ्यासलाई अध्ययन गरेर नै पहिलो आर्थिक बर्षमा १ र अर्को आर्थिक बर्षमा १ गरेर उमेर हद ५८ वाट ६० बनाउन सुझाव दिएको उल्लेख गरे ।

निजामती सेवा विधेयक २०८० फागुन २१ गते प्रतिनिधि सभामा दर्ता भएको थियो । सैद्धान्तिक छलफल गरेर प्रतिनिधि सभाले दफावार छलफलका लागि २०८१ जेठ १५ मा राज्य व्यवस्था समितिमा पठाएको थियो । सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा सांसदहरूले १२४ समूहमा एक हजार ५८३ वटा संशोधन दर्ता गराएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो

कांग्रेस महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खसेको छ।
भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज महानगरपालिका–१६ भुटनदेवी मन्दिरस्थित सीमा इलाकामा सशस्त्र प्रहरी बल नेपाल १३ नं गण हेडक्वाटर पर्साबाट खटिएको टोलीले भारततर्फबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा रु...
आवासीय सुरक्षाको विषय नेपाली परिवारका लागि चुनौती बन्दै,  खर्च धान्न ७० प्रतिशतलाई कठिनाइ

आवासीय सुरक्षाको विषय नेपाली परिवारका लागि चुनौती बन्दै, खर्च धान्न ७० प्रतिशतलाई कठिनाइ

प्रतिवेदनअनुसार नेपालमा ७० प्रतिशत उत्तरदाताले आफूलाई आवाससम्बन्धी खर्च नियमित रूपमा धान्न कठिन हुने बताएका छन् । बाइस देशमा गरिएको सर्वेक्षणमा यस्तो समस्या भोग्नेको विश्वव्यापी औसत भने ३४ प्रतिशत...
युवालाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न अनुकूल वातावरण बनाउँदै छौँः सञ्चारमन्त्री

युवालाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न अनुकूल वातावरण बनाउँदै छौँः सञ्चारमन्त्री

विश्वभर युवा पुस्ताको उद्यमशीलताप्रतिको आकर्षण र संलग्नता बढ्दै गएको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले नेपालमा पनि युवाको क्षमता र सम्भावनालाई उत्पादन, सेवा तथा प्रविधिका क्षेत्रमा उपयोग गर्न सहजीकरण भइरहेको...