नेभिगेशन
मुख्य समाचार

रुखका हाँगा भाँचिएर सिस्टम ट्रिप हुँदा हिजो बत्ती गएको होः हितेन्द्रदेव शाक्य

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिहीबार साँझको बत्ती नेपालभित्रकै प्रसारण क्षेत्रमा सिस्टम ट्रिप भएको भएको बताएका छन् । शुक्रवार पत्रकार सम्मेलन गर्दै शाक्यले ढल्केबरबाट भारत र पश्चिमतर्फको दुवै लाइनमा एकै पटक रुखको हाँगा भाँचिएर अवरुद्ध हुँदा बिजुली गएको बताएका छन् । 

‘हिजो साँझ ६ बजेर ३५ मिनेटमा स्थानीय स्तरमा एकदमै चक्रवातजस्तो बलियो हुरीले ढल्केबरबाट पश्चिमतिर, भारततिर दुवैतिरका सर्किट ट्रिप हुने गरी रुखका हाँगाहरु भाँचिएर प्रसारण लाइनलाई अवरुद्ध गरेका कारण हिजो राति बिजुली अवरुद्ध भएको हो ।’, शाक्यले भने, ‘पछि हामीले भारतसँग समन्वय गरेर बिजुली बाल्यौँ ।’

त्यस्तै उनले त्यसलाई प्राविधिक गडबडीको रूपमा लिएको बताएका छन् । पछिल्लो समय जलवायु परिवर्तनका कारण मौसममा बारम्बार आइरहने समस्याका कारण विद्युतको प्रसारण लाइनमा समेत अवरुद्ध गरेका कारण बिजुली बारम्बार गइरहेको बताए । उनले भने । ‘यो प्राविधिक गडबडी हो । जलवायु परिवर्तनका कारणले मौसमको गडबडीका कारण यो समस्या आएको हो ।’

त्यस्तै उनले पटक पटक विभिन्न कारणले बिजुली गइरहँदा लोडसेडिङ सुरु भएको भनेर भ्रम छरिएको र सो अवस्था नआएको बताए । उनले भने, ‘यो कुनै लोडसेडिङ हैन । बत्ती आउने जाने हुँदा इन्भर्टर, ब्याट्री किन्नुपर्ने अवस्था आयो भन्ने हल्ला गरिएको छ । यो भ्रम हो । यो विश्वास नगर्नुस् ।’
कार्यकारी निर्देशक शाक्यले आफूहरूले त्यस्ता समस्या समाधान गर्न र आगामी दिनमा नदोहोरियोस् भन्न प्रयासरत रहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सानेपामा सुरु

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सानेपामा सुरु

कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनपछि तीन दिन रोकिएको बैठक मंगलबार बसेको हो । गत शनिबार बसेको आकस्मिक बैठकले नेता आलमको निधनमा शोक प्रस्ताव पारित गरेको...
मतदाता नामावली दर्ताका लागि प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा सर्वसाधारणको भिड(तस्बिरहरु)

मतदाता नामावली दर्ताका लागि प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा सर्वसाधारणको भिड(तस्बिरहरु)

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली दर्ता प्रक्रिया केही दिन मात्र बाँकी रहँदा देशभरका निर्वाचन कार्यालयहरूमा यतिबेला सर्वसाधारणको उत्साहजनक सहभागिता बढेको छ।
तोडफोड र आगजनीबाट सरकारी संरचनामा करिब सय अर्बको क्षति, २ महिनापछि पुनर्निर्माण सुरु हुने

तोडफोड र आगजनीबाट सरकारी संरचनामा करिब सय अर्बको क्षति, २ महिनापछि पुनर्निर्माण सुरु हुने

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त सिंहदरबारभित्रका महत्वपूर्ण संरचनालाई अहिलेकै बजेटभित्रबाट दुई महिनापछि सुरु गरिने...
प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै एमालेद्वारा पालिकाहरुमा प्रदर्शन

प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै एमालेद्वारा पालिकाहरुमा प्रदर्शन

सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले संविधान र लोकतन्त्रको रक्षार्थ बिहानदेखि सबै पालिकास्तरमा प्रदर्शन तथा र्यालीको आयोजना गरिएको बताए ।