नेभिगेशन
समाज

रुखका हाँगा भाँचिएर सिस्टम ट्रिप हुँदा हिजो बत्ती गएको होः हितेन्द्रदेव शाक्य

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिहीबार साँझको बत्ती नेपालभित्रकै प्रसारण क्षेत्रमा सिस्टम ट्रिप भएको भएको बताएका छन् । शुक्रवार पत्रकार सम्मेलन गर्दै शाक्यले ढल्केबरबाट भारत र पश्चिमतर्फको दुवै लाइनमा एकै पटक रुखको हाँगा भाँचिएर अवरुद्ध हुँदा बिजुली गएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘हिजो साँझ ६ बजेर ३५ मिनेटमा स्थानीय स्तरमा एकदमै चक्रवातजस्तो बलियो हुरीले ढल्केबरबाट पश्चिमतिर, भारततिर दुवैतिरका सर्किट ट्रिप हुने गरी रुखका हाँगाहरु भाँचिएर प्रसारण लाइनलाई अवरुद्ध गरेका कारण हिजो राति बिजुली अवरुद्ध भएको हो ।’, शाक्यले भने, ‘पछि हामीले भारतसँग समन्वय गरेर बिजुली बाल्यौँ ।’

Ncell
Extreme Energy

त्यस्तै उनले त्यसलाई प्राविधिक गडबडीको रूपमा लिएको बताएका छन् । पछिल्लो समय जलवायु परिवर्तनका कारण मौसममा बारम्बार आइरहने समस्याका कारण विद्युतको प्रसारण लाइनमा समेत अवरुद्ध गरेका कारण बिजुली बारम्बार गइरहेको बताए । उनले भने । ‘यो प्राविधिक गडबडी हो । जलवायु परिवर्तनका कारणले मौसमको गडबडीका कारण यो समस्या आएको हो ।’

त्यस्तै उनले पटक पटक विभिन्न कारणले बिजुली गइरहँदा लोडसेडिङ सुरु भएको भनेर भ्रम छरिएको र सो अवस्था नआएको बताए । उनले भने, ‘यो कुनै लोडसेडिङ हैन । बत्ती आउने जाने हुँदा इन्भर्टर, ब्याट्री किन्नुपर्ने अवस्था आयो भन्ने हल्ला गरिएको छ । यो भ्रम हो । यो विश्वास नगर्नुस् ।’
कार्यकारी निर्देशक शाक्यले आफूहरूले त्यस्ता समस्या समाधान गर्न र आगामी दिनमा नदोहोरियोस् भन्न प्रयासरत रहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो

कांग्रेस महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खसेको छ।
भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज महानगरपालिका–१६ भुटनदेवी मन्दिरस्थित सीमा इलाकामा सशस्त्र प्रहरी बल नेपाल १३ नं गण हेडक्वाटर पर्साबाट खटिएको टोलीले भारततर्फबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा रु...
आवासीय सुरक्षाको विषय नेपाली परिवारका लागि चुनौती बन्दै,  खर्च धान्न ७० प्रतिशतलाई कठिनाइ

आवासीय सुरक्षाको विषय नेपाली परिवारका लागि चुनौती बन्दै, खर्च धान्न ७० प्रतिशतलाई कठिनाइ

प्रतिवेदनअनुसार नेपालमा ७० प्रतिशत उत्तरदाताले आफूलाई आवाससम्बन्धी खर्च नियमित रूपमा धान्न कठिन हुने बताएका छन् । बाइस देशमा गरिएको सर्वेक्षणमा यस्तो समस्या भोग्नेको विश्वव्यापी औसत भने ३४ प्रतिशत...
युवालाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न अनुकूल वातावरण बनाउँदै छौँः सञ्चारमन्त्री

युवालाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न अनुकूल वातावरण बनाउँदै छौँः सञ्चारमन्त्री

विश्वभर युवा पुस्ताको उद्यमशीलताप्रतिको आकर्षण र संलग्नता बढ्दै गएको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले नेपालमा पनि युवाको क्षमता र सम्भावनालाई उत्पादन, सेवा तथा प्रविधिका क्षेत्रमा उपयोग गर्न सहजीकरण भइरहेको...