नेभिगेशन
समाज

सरकारका नीतिका कारण उद्योग व्यापार तंग्रिन सकेनः व्यवसायी

काठमाडौँ । उद्योगी व्यवसायीहरुले सरकारको केही नीतिका कारण अझै पनि उद्योग व्यापार तंग्रिन नसकेकोले तत्काल ठोस सुधार गर्न आग्रह गरेका छन् ।

विराटनगरमा आयोजित मोरङ उद्योग व्यापार संघको ६८ औँ साधारण सभामा उनीहरुले प्रमुख दुई राजनैतिक दलको दुई तिहाईको सरकार भएकाले आर्थिक एजेण्डालाई अब राष्ट्रिय एजेण्डा बनाउनुपर्ने र अर्थतन्त्र सुधारका लागि ठोस कदम चाल्न माग गरेका छन् । उनीहरुले केही महिना यता अर्थतन्त्रमा सुधार भएपनि बजार चलायमान हुन नसकेको गुनासो गरे । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले आर्थिक रुपमा मुलुक सम्पन्न नभए सम्म मुलुक समृद्ध मान्न नसकिने भएकाले निजी क्षेत्रको सुझावलाई आत्मसात गरेर अघि बढ्न आग्रह गरे । 

Dish Home
Global Ime Bank

कार्यक्रममा उद्योग वाणिज्य तथा आर्पूिर्त मन्त्री दामोदर भण्डारीले उनले निजी क्षेत्रको सहकार्य र सहयोग विना मुलुकको अर्थतन्त्र समृद्ध नहुने कुरा सरकारले बुझेको र एकिकृत व्यापार रणनीति ल्याएको जानकारी दिए । उनले सरकारले निजी क्षेत्रलाई अगाडि बढाउन क्रियाशिल रहेकोले नै सरकारले केही ऐनहरु अध्यादेश मार्फ पारित गरेको उल्लेख गरे ।

कार्यक्रमा सहभागी  उद्योगी व्यवसायीहरुले खुला सिमाका कारण भईरहेको अवैध व्यापार, लोडसेडिङ र केही उद्योगलाई लक्षित गरी कर प्रणाली हेरफेर जस्ता समस्याले उद्योग व्यावार संचालनमा समस्या भईरहेको गुनासो गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सिंहरबारभित्रै बत्ति गएपछि मोबाइल बालेर चलाइयो शिक्षा उपसमितिको बैठक

सिंहरबारभित्रै बत्ति गएपछि मोबाइल बालेर चलाइयो शिक्षा उपसमितिको बैठक

शिक्षा विधेयकबारे छलफल गर्न उपसमितिको बैठक बोलाइएको थियो । बैठक चलिरहेको बेला करिब ५ मिनेट बत्ति गएको थियो ।
रविलाई थाहै नदिई पेसी तोकिएको स्वीकार्दै उच्च अदालतले भन्याे- 'तत्काल जानकारी दिनु'

रविलाई थाहै नदिई पेसी तोकिएको स्वीकार्दै उच्च अदालतले भन्याे- 'तत्काल जानकारी दिनु'

बेञ्चले त्यसबारे केही नबताई सुनुवाइ अगाडि बढाएको थियो। ‘रिकुजलको आधार र कारण सुन्ने तर त्यसबारे केही उल्लेख नगरी आदेश गर्नुले शंका उत्पन्न भयो’ वरिष्ठ अधिवक्ता पन्तले भने।
जापानले नेपाललाई थप ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने

जापानले नेपाललाई थप ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने

अर्थमन्त्री पौडेलले नेपाल–जापानबीच स्वार्थरहित सम्बन्ध रहेको बताउँदै जापान नेपालको अत्यन्तै घनिष्ट मित्रराष्ट्र रहेको उल्लेख गरे । उनले भने, “नेपालको विकासमा जापानबाट महत्त्वपूर्ण सहयोग प्राप्त गर्दै आएका छौँ, आगामी...
हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

“अहिले आन्तरिक उडान प्रभावित भएको छ । पूर्वबाट काठमाडौँ आएका विमान पूर्वतिरै डाइभर्ट भएका छन् । काठमाडौँबाट पश्चिमतर्फ उडेका विमान काठमाडौँनै डाइभर्ट भएका छन”, प्रवक्ता शेर्पाले भने ।

भर्खरै