नेभिगेशन
समाज

सरकारका नीतिका कारण उद्योग व्यापार तंग्रिन सकेनः व्यवसायी

काठमाडौँ । उद्योगी व्यवसायीहरुले सरकारको केही नीतिका कारण अझै पनि उद्योग व्यापार तंग्रिन नसकेकोले तत्काल ठोस सुधार गर्न आग्रह गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विराटनगरमा आयोजित मोरङ उद्योग व्यापार संघको ६८ औँ साधारण सभामा उनीहरुले प्रमुख दुई राजनैतिक दलको दुई तिहाईको सरकार भएकाले आर्थिक एजेण्डालाई अब राष्ट्रिय एजेण्डा बनाउनुपर्ने र अर्थतन्त्र सुधारका लागि ठोस कदम चाल्न माग गरेका छन् । उनीहरुले केही महिना यता अर्थतन्त्रमा सुधार भएपनि बजार चलायमान हुन नसकेको गुनासो गरे । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले आर्थिक रुपमा मुलुक सम्पन्न नभए सम्म मुलुक समृद्ध मान्न नसकिने भएकाले निजी क्षेत्रको सुझावलाई आत्मसात गरेर अघि बढ्न आग्रह गरे । 

Ncell
Extreme Energy

कार्यक्रममा उद्योग वाणिज्य तथा आर्पूिर्त मन्त्री दामोदर भण्डारीले उनले निजी क्षेत्रको सहकार्य र सहयोग विना मुलुकको अर्थतन्त्र समृद्ध नहुने कुरा सरकारले बुझेको र एकिकृत व्यापार रणनीति ल्याएको जानकारी दिए । उनले सरकारले निजी क्षेत्रलाई अगाडि बढाउन क्रियाशिल रहेकोले नै सरकारले केही ऐनहरु अध्यादेश मार्फ पारित गरेको उल्लेख गरे ।

कार्यक्रमा सहभागी  उद्योगी व्यवसायीहरुले खुला सिमाका कारण भईरहेको अवैध व्यापार, लोडसेडिङ र केही उद्योगलाई लक्षित गरी कर प्रणाली हेरफेर जस्ता समस्याले उद्योग व्यावार संचालनमा समस्या भईरहेको गुनासो गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

लगातारको वर्षापछि ड्यामको उत्तरतर्फ, सिन्धुपाल्चोकको हैबुङतर्फ सडकमुनि पहिरो गएको छ। पहिरोका कारण सडक किनारमा बनाइएको ग्याबिन वाल भासिएको छ भने ह्युम पाइपको जोर्नीमा समेत क्षति पुगेको छ।
१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

सभापति थापाले मंगलबार ‘हार्दिक आह्वान’ जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका हुन्। उनका अनुसार १५औँ महाधिवेशन असोज १६...
सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका  ...