नेभिगेशन
समाज

रविन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै हाजिरी जमानीमा थुनामुक्त गर्न आदेश दिएको हो ।

Ncell
Extreme Energy

मिश्र ५० दिनदेखि प्रहरी हिरासतमा थिए । चैत १५ तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा जिम्मेवार रहेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध राज्यविरुद्धको कसुरजन्य, संगठित अपराधजन्य र अपराधिक उपद्रवजन्य मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

उनलाई थुनामा राखेर अनुसनधान गर्नको लागि जिल्ला अदालत काठमाडौँले ८ पटकसम्म म्याद थप गरेको थियो । अदालतले २०८१ चैत १७ गते ५ दिन, चैत २० गते ६ दिन, चैत २६ गते १५ दिन, २०८२ वैशाख १० गते ३ दिन, वैशाख १४ गते ७ दिन, वैशाख २१ गते ५ दिन, वैशाख २५ गते ५ दिन र बैशाख ३० गते ५ दिन म्याद थप गरेको थियो । 

आठौँ पटक म्याद थपको लागि अदालत लैजादा उनीविरुद्ध अपराधिक उपद्रवजन्य मुद्दा थपिएको थियो । बयान लगायतका अनुसन्धानका सम्पूर्ण कार्य भईसकेको अवस्थामा फेरि अर्को मुद्दा थपेर मयाद थप गरेपछि मिश्रकी श्रीमतिले बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्चमा दायर गरेकी थिइन् । 

मिश्रले आफूमाथि लगाइएका आरोपहरु निरन्तर अस्वीकार गर्दै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

लगातारको वर्षापछि ड्यामको उत्तरतर्फ, सिन्धुपाल्चोकको हैबुङतर्फ सडकमुनि पहिरो गएको छ। पहिरोका कारण सडक किनारमा बनाइएको ग्याबिन वाल भासिएको छ भने ह्युम पाइपको जोर्नीमा समेत क्षति पुगेको छ।
१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

सभापति थापाले मंगलबार ‘हार्दिक आह्वान’ जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका हुन्। उनका अनुसार १५औँ महाधिवेशन असोज १६...
सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका  ...