नेभिगेशन
समाज

थुनामुक्त भएपछि रविन्द्रले भने, ‘राजसंस्था पुनस्थापनाको लागि काम गरेकै हुँ, राज्यविरुद्धको कसुर गरेको छैन’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आफूले बारम्बार भन्ने गरेको नविन समझदारीमा नजाँदा तीनकुनेको घटना घटेको बताएका छन् । शुक्रबार सर्वोच्चबाट हाजिरी जमानीमा छुटेलगत्तै मिश्रले आफूले राजसंस्था पुनस्थापनाको लागि काम गरेको तर राज्य विरुद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रो नगरेको बताएका छन् । 
यस्तो छ मिश्रले दिएको अभिव्यक्तिको पूर्ण अंशः

मेरो दुई तीनवटा कुरा मात्रै भन्नुछ। 
सबैभन्दा पहिला चैत १५ गतेको घटनामा जजसले ज्यान गुमाउनुभयो, उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहान्छु। किनभने, त्यो सोचेको कुरा पनि होइन । त्यस्तै त्यो कसैले आरोप लगाएजस्तो म जस्तो मान्छेले योजना गरेको कुरा पनि होइन। तर घटनाहरू हुन गए । मैले त सधैंजसो भन्ने गरेको थिएँ। ठूलो आन्दोलन भएपछि त्यो जहिले पनि आयोजकको वा सरकारको नियन्त्रणमा हुँदैन । त्यो ४६ साल होस् वा ६२÷६३ होस्, त्यो मधेस आन्दोलन होस् वा त्यो थारु आन्दोलन होस् । हरेक आन्दोलनमा जनधनको क्षति हुन्छ । त्यसै कारणले मैले बारम्बार मेरा टिप्पणीहरूमा शान्तिपूर्ण संक्रमण मार्फत नवीन समझदारीमा जाउँ भन्ने गरेको थिएँ। शान्तिपूर्ण सङ्क्रमण भन्ने विषय मैले जहिले पनि भन्ने गरेको थिएँ, तर यस्तो घटना हुन गयो। 

CG

अर्को कुरा अहिले म खाली हाजिरी जमानीमा छुटेको हुँ। त्यसो भएको कारण म एकदम धेरै खुसी हुने पक्षमा छैन। अझै बाँकी छ किनभने सिंगो राज्य म विरुद्ध लागेको छ भन्ने कुरा यहाँ सम्मानित अधिवक्ताज्यूहरुले पनि भन्नुभयो । यो राजनीति हुकुम प्रमाङ्गी प्रयोग गरिएको हो भनेर भन्नुभयो । त्यसो हुनाले अझै त्यो मुद्दा बाँकी नै छ र त्यसमा म लागि नै रहन्छु । 

अहिलेसम्म मलाई नजिकबाट पार्टीका, पार्टीभन्दा बाहिर रहेका, मिडियाका, देशभर चिनेका, नचिनेका, विदेशमा रहेका, शुभेच्छुकहरुले, साथीहरुले ममाथि विश्वास गरेर रविन्द्र मिश्रबाट यस्तो भएको हुन सक्दैन भनेर विश्वास गर्नुभयो । उहाँहरू सबैप्रति पनि म आभार प्रकट गर्न चाहन्छु। म राजनीतिक मान्छे हुँ। मैले राजनीतिक रुपमा राजसंस्था पुनस्थापनाको लागि काम गरेकै हो तर राज्य विरुद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रो मबाट केही पनि भएको छैन ।
मैले बन्दी प्रत्यक्षकरणलाई सहज रुपमा लिएको भए म हिरासतमा आउने बित्तिकै म बन्दी प्रत्यक्षकरणको लागि आउन सक्थेँ। मैले त सघाउँछु भनेर निरन्तर उहाँहरुलाई सघाएको हो। तर जब राज्यले चाहिँ अधिकार लिइरहेको छ, म नागरिकको अधिकार खोसिरहेको छ भनेर मलाई महसुस भयो त्यसपछि मैले बन्दी प्रत्यक्षकरणको निवेदन दर्ता गरेको हुँ । 
बन्दी प्रत्यक्षकरणको सुनवाई गरिदिने, आजसम्म जो अधिवक्ताहरुले मेरो पक्षमा बहस गरिदिनुभयो उहाँहरु सबैले भोलुन्टियर्ली गरिदिएको हो। उहाँहरुप्रति म एकदमै आभार प्रकट गर्न चाहन्छु। र जो सम्मानित न्यायाधीशहरू हुनुहुन्छ, जसको इजलासबाट आज मैले छुटकारा पाएँ, उहाँहरुप्रति म असाध्यै श्रद्धा व्यक्त गर्न चाहन्छु।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...