नेभिगेशन
समाज

कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूतसँग विपीन जोशीको अवस्था र स्वदेश फिर्तीका लागि थप पहलका लागि आग्रह गरेकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सगरमाथा संवादमा सहभागिताका लागि काठमाडौँ आउनुभएका कतारको विदेश मन्त्रालयका विशेष दूत बदर उमर इस्माइल अल दफासँग शुक्रबार भएको भेटका क्रममा मन्त्री डा राणाले सो आग्रह गरेकी हुन् । 
परराष्ट्रमन्त्री डा राणासँग भएको शिष्टाचार भेटका क्रममा हमासको अपरहणमा परेका नेपाली युवक विपीन जोशीको अवस्थाका बारेमा कुराकानी भएको थियो । 

Ncell
Extreme Energy

मन्त्री डा राणाले विपीन जोशीको रिहाइ र नेपाल फिर्तीका लागि कतारले गर्दै आएको प्रयासका लागि धन्यवाद ज्ञापन गर्दै यस विषयमा निरन्तर पहल जारी राख्न र जोशीको रिहाइका लागि थप पहल गरिदिन पुनः आग्रह गरेकी थिइन् । 
यसअघि पनि मन्त्री डा राणाले कतारका विदेशमन्त्री तथा इजरायलसँग हमासको शान्ति वार्ताका प्रमुख मध्यस्थकर्तासँग विपीनको रिहाइका लागि आवश्यक पहल गरिदिन बारम्बार आग्रह गरेकी थिइन् । 

सन् २०२३ देखि नै हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइ र स्वदेश फिर्ताको लागि सहयोग गर्न मन्त्री डा राणाले विश्व समुदायसँग आग्रह गर्दै अएकी छिन् । साथै शुक्रबारको सो भेटका क्रममा मन्त्री डा राणाले सगरमाथा संवादमा भएको कतारको सहभागिताका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा जलवायु परिवर्तनको असर कम गर्नका लागि गर्न सकिने सहकार्यका बारेमा पनि कुराकानी गरिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण, कालोबजारीको अभियोगमा दुई पक्राउ

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण, कालोबजारीको अभियोगमा दुई पक्राउ

जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरेको छ ।
चिलिमे सुरुङको अपडेट : देखियो जीवनको संकेत, आवाज पठाउँदा इको सुनियो, भित्रबाट चिसो हावा आयो

चिलिमे सुरुङको अपडेट : देखियो जीवनको संकेत, आवाज पठाउँदा इको सुनियो, भित्रबाट चिसो हावा आयो

पूर्वमन्त्री कुलमान घिसिङले रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमार्गको १२० मिटरभित्र आवाज पठाउँदा इको आएको बताएका छन् ।
सोलुखुम्बुको हुङ्गा खोला पहिरो खसेर थुनियो, दुधकोशी तटीय क्षेत्रमा हाई अलर्ट जारी

सोलुखुम्बुको हुङ्गा खोला पहिरो खसेर थुनियो, दुधकोशी तटीय क्षेत्रमा हाई अलर्ट जारी

सोलुखुम्बुको माहाकुलुङ गाउँपालिका गुदेलस्थित हुङ्गा (हुङ्कु)खोला पहिरो खसेर थुनिएको छ ।
जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन ऊर्जामन्त्री श्रेष्ठले लिए पहल

जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन ऊर्जामन्त्री श्रेष्ठले लिए पहल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच विपद्पछिको पुनरुत्थान, एकीकृत विकास तथा जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा विस्तृत छलफल भएको छ ।

भर्खरै