नेभिगेशन
समाज

सरकारको कार्यशैली प्रति कांग्रेसकै सांसदहरु असन्तुष्ट, खोजे संयुक्त सरकारमा कांग्रेसको पोजिसन

काठमाडौँ । नेपाली कांग्रेसका सांसदहरुले सरकारको कार्यशैली प्रति असन्तुष्टी जनाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकमा कांग्रेस सांसदहरुले सरकार एकतर्फी ढंगले अघि बढिरहेको र कांग्रेसको कुरा नसकेको भन्दै सरकारको कार्यशैली प्रति असन्तुष्टी जनाएका हुन् । साथै उनीहरुले गभर्नर लगायतका बिभिन्न नियुक्ति बिनाकारण अड्काएर राखेको समेत बताएका थिए । 

Ncell
Extreme Energy

बैठकमा सांसदहरुले समान ढंगले बजेटको बितरण हुनुपर्ने लगाएतका सुझाव दिएका थिए । बैठकमा गभर्नरको बिषय, बजेटको क्षेत्रगत रुपमा सन्तुलित बितरण लगाएतका बिषयमा छलफल भएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । संयुक्त सरकारमा कांग्रेसको पोजिसनका बिषयमा पनि सांसदहरुले कुरा राखेको उनले बताए । उनले प्राविधिक कारणले गभर्नर नियुक्तिमा ढिलाई भएको भन्दै एमालेले कांग्रेसलाई दिन नचाहेको भन्ने सत्य नभएको उल्लेख गरे । 

प्रमुख सचेतक घिमिरेले पार्टी सभापतिले माओवादी नेताहरुसंग छलफल गर्नु सामान्य भएको भन्दै माओवादीसंग गठबन्धन गरेर जाने कुनै सम्भावना नरहेको स्पष्ट पारे । सरकार परिवर्तनको कुनै सोच र योजना कांग्रेसले नराखेको उनको भनाइ छ ।

त्यस्तै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले ठूला दुई पार्टीको गठबन्धन रहेको अवस्थामा कांग्रेसका कुराहरु यथेष्ट सुनिएन की भन्ने चिन्ता सांसदहरुको रहेको बताए । उनले कतिपय नियुक्तिमा भइरहेको ढिलाईका बिषयमा पनि सांसदहरुले चासो व्यक्त गरेको उहाले जानकारी दिए । 

महतले प्रचण्ड र सभापतिबीचको कुराकानी सामान्य बिषय भएको र यसमा सरकार परिवर्तनको कुनै गुञ्जायस नरहेको जिकिर गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

यी सबै तहको अधिवेशन सम्पन्न भएपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुनेछ । निर्वाचन समितिले अधिवेशनको तयारीसँगै निर्वाचन प्रतिनिधि र अधिकृतलाई प्रशिक्षण दिने कार्यतालिका...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
रास्वपाले केन्द्रीय सदस्यदेखि विभागीय प्रमुखसम्म मनोनयन गर्दै

रास्वपाले केन्द्रीय सदस्यदेखि विभागीय प्रमुखसम्म मनोनयन गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठकमा विभिन्न सांगठनिक पदमा मनोनयनदेखि स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखासम्मका विषयमा छलफल गर्ने भएको छ ।
रेडक्रसको जग्गा खरिदमा अनियमितता आरोपमा पाँच जना परे पक्राउ

रेडक्रसको जग्गा खरिदमा अनियमितता आरोपमा पाँच जना परे पक्राउ

नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता तथा ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाँच जनालाई पक्राउ गरेको छ ।