नेभिगेशन
मुख्य समाचार

सरकारको कार्यशैली प्रति कांग्रेसकै सांसदहरु असन्तुष्ट, खोजे संयुक्त सरकारमा कांग्रेसको पोजिसन

काठमाडौँ । नेपाली कांग्रेसका सांसदहरुले सरकारको कार्यशैली प्रति असन्तुष्टी जनाएका छन् । 

संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकमा कांग्रेस सांसदहरुले सरकार एकतर्फी ढंगले अघि बढिरहेको र कांग्रेसको कुरा नसकेको भन्दै सरकारको कार्यशैली प्रति असन्तुष्टी जनाएका हुन् । साथै उनीहरुले गभर्नर लगायतका बिभिन्न नियुक्ति बिनाकारण अड्काएर राखेको समेत बताएका थिए । 

बैठकमा सांसदहरुले समान ढंगले बजेटको बितरण हुनुपर्ने लगाएतका सुझाव दिएका थिए । बैठकमा गभर्नरको बिषय, बजेटको क्षेत्रगत रुपमा सन्तुलित बितरण लगाएतका बिषयमा छलफल भएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । संयुक्त सरकारमा कांग्रेसको पोजिसनका बिषयमा पनि सांसदहरुले कुरा राखेको उनले बताए । उनले प्राविधिक कारणले गभर्नर नियुक्तिमा ढिलाई भएको भन्दै एमालेले कांग्रेसलाई दिन नचाहेको भन्ने सत्य नभएको उल्लेख गरे । 

प्रमुख सचेतक घिमिरेले पार्टी सभापतिले माओवादी नेताहरुसंग छलफल गर्नु सामान्य भएको भन्दै माओवादीसंग गठबन्धन गरेर जाने कुनै सम्भावना नरहेको स्पष्ट पारे । सरकार परिवर्तनको कुनै सोच र योजना कांग्रेसले नराखेको उनको भनाइ छ ।

त्यस्तै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले ठूला दुई पार्टीको गठबन्धन रहेको अवस्थामा कांग्रेसका कुराहरु यथेष्ट सुनिएन की भन्ने चिन्ता सांसदहरुको रहेको बताए । उनले कतिपय नियुक्तिमा भइरहेको ढिलाईका बिषयमा पनि सांसदहरुले चासो व्यक्त गरेको उहाले जानकारी दिए । 

महतले प्रचण्ड र सभापतिबीचको कुराकानी सामान्य बिषय भएको र यसमा सरकार परिवर्तनको कुनै गुञ्जायस नरहेको जिकिर गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मधेसका नवनियुक्त प्रदेश प्रमुख कर्णले लिए शपथ

मधेसका नवनियुक्त प्रदेश प्रमुख कर्णले लिए शपथ

राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले कर्णलाई शपथ गराइएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री हसिनाविरुद्धको फैसला नोभेम्बरको अन्त्यतिर आउने सङ्केत

प्रधानमन्त्री हसिनाविरुद्धको फैसला नोभेम्बरको अन्त्यतिर आउने सङ्केत

गत महिना मुद्दा सुनुवाइ सकिएपछि फैसलाको मितिबारे केही भ्रम उत्पन्न भएको थियो । अदालतले नोभेम्बर १३ का लागि नयाँ सुनुवाइको मिति तोकेको छ, जसमा फैसला सुनाउने मिति घोषणा...
होटलमा सपथ खाएका मधेशका मुख्यमन्त्री भन्छन्ः लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेँ

होटलमा सपथ खाएका मधेशका मुख्यमन्त्री भन्छन्ः लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेँ

संवैधानिक सर्वोच्चता कायम गर्न बाध्यात्मक अवस्थामा सबैभन्दा ठूलो दल एमालेको नेताको हैसियतले मुख्यमन्त्री बनेको उल्लेख गर्दै यादवले दलहरुले सहयोग गर्नेमा विश्वस्त रहेको धारणा राखे । विगतमा सरकार बन्दा...
कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सानेपामा सुरु

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सानेपामा सुरु

कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनपछि तीन दिन रोकिएको बैठक मंगलबार बसेको हो । गत शनिबार बसेको आकस्मिक बैठकले नेता आलमको निधनमा शोक प्रस्ताव पारित गरेको...

भर्खरै