नेभिगेशन
मुख्य समाचार

काभ्रेमा विद्युतको करेन्ट छोडेर युवकको हत्या गरियो, ज्यान मार्ने कसुरमा मुद्दा चलाइयोस्: ज्ञानेन्द्र शाही

काठमाडौँ । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले काभ्रेमा विद्युतको पोलमा चढेर काम गर्दा करेन्ट छोड्दा ज्यान गुमाएका उपेश नेपालीको मृत्यु नभई हत्या भएको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद शाहीले काममा खटिएको युवकलाई करेन्ट छोडेर हत्या गरेका कारण उक्त घटनाको छानबिन गर्दै दोषीलाई कारबाही गर्न माग गरेका हुन् । 

‘जनताले कर तिरेर आज राज्य पालिएको छ । राज्यको काम जनताको सुरक्षा गर्ने हो। हिजो काभ्रेमा जसरी २८ वर्षीय उपेश परियारको मृत्यु भयो, यो मृत्यु होइन यो हत्या हो। र यो हत्या आज एक जना युवकको गरेको होइन। राज्यले यस्ता दुर्घटना यति धेरै गरेको छ, ठेकेदारले सडक बनाउने नाममा खाल्डाखुल्डी छोड, खाल्डाखुल्डीमा दुर्घटना गराएर नागरिकको ज्यान लग । इन्जिन नै खराब भएका प्लेन ल्याऊ, त्यहाँ मान्छे मार । हुँदाहुँदै अब त बिजुलीका लाइनमा चढेका मान्छेलाई बिजुली छोडेर मार्ने, राज्य चाहिँ निरीह बन्ने ?’, सांसद शाहीले थपे, ‘हामी यही सदनबाट गृहमन्त्रीलाई के अपिल गर्न चाहन्छौँ भने  जुन किसिमले त्यो घटना भएको छ, त्यो दुर्घटना मान्न सकिँदैन, त्यो हत्याका रूपमा दर्ज होस् र ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलोस् ।’

CG

सांसद शाहीले फरक बिचार राखेकै आधारमा दलका नेताहरूलाई जेल हाल्ने काम संविधानको धारा २७० विरुद्ध रहेको भन्दै अहिले सरकारले संविधान विपरीतको काम गरिरहेको आरोप लगाएका छन् । राप्रपा युवा सङ्गठनका अध्यक्षलाई सामाजिक सञ्जालमा फरक बिचार राखेकै भरमा जेल हालेको भन्दै उनले संसद्को रोष्ट्रमबाट प्रधानमन्त्री र गृहमन्त्रीले फरक बिचार राख्नेलाई जेल हाल्ने अभिव्यक्ति दिइरहेको भन्दै उनले नेपालको संविधानभन्दा प्रधानमन्त्री र गृहमन्त्री ठुलो हो ? भन्दै प्रश्न गरेका छन् । ‘फरक विचार राख्ने बित्तिकै मान्छेलाई जेल हाल्ने ? सामाजिक सञ्जालमा लेख्यो भनेर जेल हाल्ने ? आज राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा सङ्गठनका अध्यक्षलाई सामाजिक सञ्जालमा लेखेकै भरमा आज जेल हालिएको छ । नेपालको संविधानको धारा १७ को ठाडो उल्लङ्घन भएको कि भएन ?’, उनले भने, ‘...तर संसद्को रोष्ट्रममा गृहमन्त्री र प्रधानमन्त्रीले फरक विचार राख्नेलाई म पक्राउ गर्छु भन्नुहुन्छ । के प्रधानमन्त्री, के गृहमन्त्री, के यो सरकार नेपालको संविधान भन्दा ठुलो हो ? यदि संविधान धन्दा ठुलो हो भने तपाईँहरूसँग बहुमत छ । यो संविधानको धारा संशोधन गर्नुहोस् । होइन भने संविधानको पालना गर्नुस् । पालना गर्न सक्नुहुन्न भने सरकारमा बस्नुको औचित्य हुँदैन, त्यसको कुनै महत्त्व हुँदैन, त्यो कुनै वैधानिक सरकार हुन सक्दैन ।’

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राजेन्द्र लिङ्देन र कमल थापाबीच पार्टी एकता गर्ने सहमति, घोषणा सभा पुस १६ गते

राजेन्द्र लिङ्देन र कमल थापाबीच पार्टी एकता गर्ने सहमति, घोषणा सभा पुस १६ गते

दुई पार्टीबीच एकता घोषणा सभा भने पौष १६ गते राष्ट्रिय सभागृहमा हुने राप्रपाले जनाएको छ । एकताको सहमतिपत्रमा हस्ताक्षर गरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले परिवर्तित सन्दर्भ र शुभेच्छुको...
सभापति देउवाले नाममात्रैको कार्यवाहक दिएको गगनको आारोप

सभापति देउवाले नाममात्रैको कार्यवाहक दिएको गगनको आारोप

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाले नाममात्रैको कार्यवाहक दिएको आरोप लगाएका छन् । उनले पार्टी बैठकमा नआएपनि सभापति देउवाले निवासबाटै पार्टी सञ्चालन गरेको टिप्पणी...
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने

प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने

प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीहरु हरिप्रसाद फुँयाल,  मनोजकुमार शर्मा र नहकुल सुवेदीको संवैधानिक इजलासले आज नेपाली कांग्रेसका निर्वतमान ८ सांसदले दायर...
जेन-जी नेता पुरुषोत्तमसँग आयोगको बयान: जेन-जी आन्दोलनका लागि ‘फन्डिङ’ कसले गर्‍यो ?

जेन-जी नेता पुरुषोत्तमसँग आयोगको बयान: जेन-जी आन्दोलनका लागि ‘फन्डिङ’ कसले गर्‍यो ?

यसरी आन्दोलन गर्ने तरिका कहाँबाट आयो र कसले ‘फन्डिङ’ गर्याे भन्ने विषयमा समेत सोधपुछ गरेको यादवले बताए । जवाफमा यादवले आन्दोलनका लागि कुनै खर्च नभएको उल्लेख गरेका थिए...