नेभिगेशन
समाज

काभ्रेमा विद्युतको करेन्ट छोडेर युवकको हत्या गरियो, ज्यान मार्ने कसुरमा मुद्दा चलाइयोस्: ज्ञानेन्द्र शाही

काठमाडौँ । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले काभ्रेमा विद्युतको पोलमा चढेर काम गर्दा करेन्ट छोड्दा ज्यान गुमाएका उपेश नेपालीको मृत्यु नभई हत्या भएको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद शाहीले काममा खटिएको युवकलाई करेन्ट छोडेर हत्या गरेका कारण उक्त घटनाको छानबिन गर्दै दोषीलाई कारबाही गर्न माग गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘जनताले कर तिरेर आज राज्य पालिएको छ । राज्यको काम जनताको सुरक्षा गर्ने हो। हिजो काभ्रेमा जसरी २८ वर्षीय उपेश परियारको मृत्यु भयो, यो मृत्यु होइन यो हत्या हो। र यो हत्या आज एक जना युवकको गरेको होइन। राज्यले यस्ता दुर्घटना यति धेरै गरेको छ, ठेकेदारले सडक बनाउने नाममा खाल्डाखुल्डी छोड, खाल्डाखुल्डीमा दुर्घटना गराएर नागरिकको ज्यान लग । इन्जिन नै खराब भएका प्लेन ल्याऊ, त्यहाँ मान्छे मार । हुँदाहुँदै अब त बिजुलीका लाइनमा चढेका मान्छेलाई बिजुली छोडेर मार्ने, राज्य चाहिँ निरीह बन्ने ?’, सांसद शाहीले थपे, ‘हामी यही सदनबाट गृहमन्त्रीलाई के अपिल गर्न चाहन्छौँ भने  जुन किसिमले त्यो घटना भएको छ, त्यो दुर्घटना मान्न सकिँदैन, त्यो हत्याका रूपमा दर्ज होस् र ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलोस् ।’

Ncell
Extreme Energy

सांसद शाहीले फरक बिचार राखेकै आधारमा दलका नेताहरूलाई जेल हाल्ने काम संविधानको धारा २७० विरुद्ध रहेको भन्दै अहिले सरकारले संविधान विपरीतको काम गरिरहेको आरोप लगाएका छन् । राप्रपा युवा सङ्गठनका अध्यक्षलाई सामाजिक सञ्जालमा फरक बिचार राखेकै भरमा जेल हालेको भन्दै उनले संसद्को रोष्ट्रमबाट प्रधानमन्त्री र गृहमन्त्रीले फरक बिचार राख्नेलाई जेल हाल्ने अभिव्यक्ति दिइरहेको भन्दै उनले नेपालको संविधानभन्दा प्रधानमन्त्री र गृहमन्त्री ठुलो हो ? भन्दै प्रश्न गरेका छन् । ‘फरक विचार राख्ने बित्तिकै मान्छेलाई जेल हाल्ने ? सामाजिक सञ्जालमा लेख्यो भनेर जेल हाल्ने ? आज राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा सङ्गठनका अध्यक्षलाई सामाजिक सञ्जालमा लेखेकै भरमा आज जेल हालिएको छ । नेपालको संविधानको धारा १७ को ठाडो उल्लङ्घन भएको कि भएन ?’, उनले भने, ‘...तर संसद्को रोष्ट्रममा गृहमन्त्री र प्रधानमन्त्रीले फरक विचार राख्नेलाई म पक्राउ गर्छु भन्नुहुन्छ । के प्रधानमन्त्री, के गृहमन्त्री, के यो सरकार नेपालको संविधान भन्दा ठुलो हो ? यदि संविधान धन्दा ठुलो हो भने तपाईँहरूसँग बहुमत छ । यो संविधानको धारा संशोधन गर्नुहोस् । होइन भने संविधानको पालना गर्नुस् । पालना गर्न सक्नुहुन्न भने सरकारमा बस्नुको औचित्य हुँदैन, त्यसको कुनै महत्त्व हुँदैन, त्यो कुनै वैधानिक सरकार हुन सक्दैन ।’

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् ।
उखु किसानलाई डेढ अर्ब अनुदान दिन कृषिमन्त्री चौधरीले स्वीकृत गरिन् कार्यविधि

उखु किसानलाई डेढ अर्ब अनुदान दिन कृषिमन्त्री चौधरीले स्वीकृत गरिन् कार्यविधि

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान रकम वितरण गर्न कार्यविधि स्वीकृत गरेकी छिन् ।
कांग्रेसको १५ औँ महाधिवेशन : मतदान शुरू, ३ बजेसम्म मतदान हुने, आजै मतगणता थाल्ने तयारी

कांग्रेसको १५ औँ महाधिवेशन : मतदान शुरू, ३ बजेसम्म मतदान हुने, आजै मतगणता थाल्ने तयारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरू भएको छ । ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशमा पहिलो मत खसालेका छन् ।
ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको र उनको शव लुकाएको आरोप (शव अहिलेसम्म फेला परेको छैन) सामना गरिरहेका मनासास पार्कका बासिन्दा नरेश भट्टविरुद्धको मुद्दामा बिहीबार अदालतमा सात...

भर्खरै