नेभिगेशन
समाज

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अनियमितता छानबिन गर्ने उपसमितिको नेतृत्वमा मञ्जु खाँण

काठमाडौँ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको भ्रष्टाचार र अनियमितता छानबिन गर्न बनेको उपसमितिको नेतृत्व मञ्जु खाँणले गर्ने भएकी छिन् । आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको उपसमितिको बैठकले नेपाली कांग्रेसकी सांसद खाँणलाई संयोजक चयन गरेको हो । 

यसअघि संयोजकमा एमाले सांसद योगेश भट्टराई तोकिएका थिए। तर, उनले छानबिन अघि नै प्रारम्भिक प्रतिवेदन तयार पारेको भन्दै उठेको आलोचनापछि पदबाट पछि हट्ने घोषणा गरेका थिए। उनको घोषणापश्चात खाँडलाई नेतृत्व दिइएको हो । 
राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गरिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रारम्भिक लगानी अनुमानभन्दा निकै बढी खर्चिएर बनेसँगै त्यसमाथि प्रश्न उठेको थियो । 
विमानस्थल निर्माणका क्रममा करिब २२ सय घरधुरीलाई २३ अर्ब रुपैयाँ मुआब्जा वितरण गरिएको थियो। तर मुआब्जा वितरणको प्रक्रियामै अनियमितता भएको भन्दै प्रश्नहरु उठेका थिए। शुरुमा ६ अर्ब २२ करोड रुपैयाँमा निर्माण सकिने अनुमान गरिएको विमानस्थलको लागत अन्ततः ८ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ।

CG

यी विषयको छानबिनका लागि प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले उपसमिति गठन गरेको थियो। तर, उपसमिति संयोजक योगेश भट्टराईमाथि नै प्रश्न उठेपछि उनले आफू उपसमितिमा नबस्ने घोषणा गरेको थिए । नयाँ संयोजकको रूपमा कांग्रेस सांसद मञ्जु खाँण नियुक्त भएकी छन्। 
उक्त उपसमितिले स्थलगत अध्ययन गर्दै मुआब्जा वितरण, लागत वृद्धि, निर्माणको गुणस्तर र ढिलाइका कारणबारे विस्तृत छानबिन गर्ने बताइएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...