नेभिगेशन
समाज

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अनियमितता छानबिन गर्ने उपसमितिको नेतृत्वमा मञ्जु खाँण

काठमाडौँ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको भ्रष्टाचार र अनियमितता छानबिन गर्न बनेको उपसमितिको नेतृत्व मञ्जु खाँणले गर्ने भएकी छिन् । आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको उपसमितिको बैठकले नेपाली कांग्रेसकी सांसद खाँणलाई संयोजक चयन गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि संयोजकमा एमाले सांसद योगेश भट्टराई तोकिएका थिए। तर, उनले छानबिन अघि नै प्रारम्भिक प्रतिवेदन तयार पारेको भन्दै उठेको आलोचनापछि पदबाट पछि हट्ने घोषणा गरेका थिए। उनको घोषणापश्चात खाँडलाई नेतृत्व दिइएको हो । 
राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गरिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रारम्भिक लगानी अनुमानभन्दा निकै बढी खर्चिएर बनेसँगै त्यसमाथि प्रश्न उठेको थियो । 
विमानस्थल निर्माणका क्रममा करिब २२ सय घरधुरीलाई २३ अर्ब रुपैयाँ मुआब्जा वितरण गरिएको थियो। तर मुआब्जा वितरणको प्रक्रियामै अनियमितता भएको भन्दै प्रश्नहरु उठेका थिए। शुरुमा ६ अर्ब २२ करोड रुपैयाँमा निर्माण सकिने अनुमान गरिएको विमानस्थलको लागत अन्ततः ८ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ।

Ncell
Extreme Energy

यी विषयको छानबिनका लागि प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले उपसमिति गठन गरेको थियो। तर, उपसमिति संयोजक योगेश भट्टराईमाथि नै प्रश्न उठेपछि उनले आफू उपसमितिमा नबस्ने घोषणा गरेको थिए । नयाँ संयोजकको रूपमा कांग्रेस सांसद मञ्जु खाँण नियुक्त भएकी छन्। 
उक्त उपसमितिले स्थलगत अध्ययन गर्दै मुआब्जा वितरण, लागत वृद्धि, निर्माणको गुणस्तर र ढिलाइका कारणबारे विस्तृत छानबिन गर्ने बताइएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

उक्त प्रस्तावमाथिको  सामान्य छलफलमा सांसदहरूले उठाएका विषयको जवाफ दिँदै अर्थमन्त्री डा वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा मौजुदा आर्थिक सामथ्र्यका आधारमा ऋण लिने व्यवस्था गरिएको बताए । उनले अर्थतन्त्रको...
देवानी कानुन संशोधन गर्दै सरकार, कानुन मन्त्रालयले माग्यो जनतासँग सुझाव

देवानी कानुन संशोधन गर्दै सरकार, कानुन मन्त्रालयले माग्यो जनतासँग सुझाव

सरकारले देवानी कानुन संशोधनको प्रक्रिया अगाडि बढाएको छ ।
प्रधानमन्त्रीले पासपोर्ट घोटालाको अनुसन्धान अघि बढाउँदा कांग्रेस, एमाले र नेकपाको आपत्ति

प्रधानमन्त्रीले पासपोर्ट घोटालाको अनुसन्धान अघि बढाउँदा कांग्रेस, एमाले र नेकपाको आपत्ति

विद्युतीय राहदानी छपाइमा भएको घोटालाको छानबिन अगाडि बढाउन प्रधानमन्त्री बालेन्द्र शाहले लिएको पहलकदमीमा विपक्षी दलहरुले आपत्ति जनाएका छन् ।