नेभिगेशन
मुख्य समाचार

प्रधानन्यायाधीशसहितको इजलासमा रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ। यसअघि  पाँचपटकसम्म हेर्न नमिल्नेमा परेपछि आइतबार हेर्न मिल्ने न्यायाधीशको इजलासमा राख्ने व्यवस्था गर्न आदेश भएको थियो । सोही अनुरुप उनको निवेदन प्रधानन्यायाधीशको इजलासमा परेको हो । 

nivedan-1747632500.png
गत वैशाख ७ मा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भए पनि पहिलो पेसी न्यायाधीश हरिप्रसाद फुयाँलकोमा परेको थियो । तर, उनले हेर्न नमिल्ने भएपछि  वैशाख ९ मा अब्दुल अजिज मुसलमानको इजलासबाट कारण देखाऊ आदेश जारी भएको थियो ।

यसपछि पनि २८ गते न्यायाधीशद्वय सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले पनि हेर्न नमिल्ने भनेको थियो ।  वैशाख ३० को पेसीमा न्यायाधीश फुँयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेपनि हेर्न मिलेको थिएन भने  वैशाख ३१ को पेसीमा पनि नहकुल सुवेदी र मुसलमानको इजलासमा परेपछि हेर्न मिलेको थिएन । 

जेठ ४ गतेको पेसी पनि हेर्न नमिल्नेमा परेको थियो । बन्दी प्रत्यक्षीकरणको रिटलाई सुनुवाईमा प्राथमिकता दिने गरिएको भएपनि लामिछानेको रिट भने एक महिनादेखि सुनुवाई हुन सकेको छैन । 

बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले धरौटीमा रिहा गरेपनि उच्च अदालतले भने उक्त आदेश उल्ट्याउँदै थुनामा पठाएको थियो । उच्चको आदेशको बदरसहित लामिछानेले ७३ नम्बरको निवेदन सर्वोच्चमा दिएका थिए भने उनलाई ग्रैह कानुनी तरिकारले पक्राउ गरि ४ दिन मात्रै अदालतमा पेशी गर्दा ग्रैहकानुनी थुनामा राखेको भन्दै लामिछानेकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् । उच्चको आदेश बदरसहित थुनुवाको निवेदन दर्ता गराएका लामिछाने र यसै मुद्दाका अर्का प्रतिवादी छविलाल जोशीको निवेदन पनि सँगसँगै सुनुवाइ भइरहेको छ ।

लामिछानेलाई निवासबाटै पक्राउ गरेर चौथो दिन रुपन्देही कारागार लगिएको थियो । त्यस अबधीमा लामिछानेलाई पक्राउ गर्नुका ३ वटा फरक फरक कारण प्रहरीले उल्लेख गरेको थियो । लामिछानेका तर्फबाट बहस गरिरहेको अधिवक्ता डा नारायण कडेलका अनुसार प्रहरीका कागजपत्रले नै उनीहरुले ग्रैहकानुनी हिरासतमा राखेको पुष्टि हुने बताए । 

सर्वोच्चमा हालिएको रिट निवेदनमा साधिकार निकायको पत्रविना नै उनलाई पक्राउ गरिएको तथा फौजदारी कार्यविधि संहिताको प्रक्रिया मिचिएको उल्लेख गरिएको छ ।  साथै वैयक्तिक स्वतन्त्रताको अपहरण हुने गरी पक्राउ गर्ने तथा थुनुवा पुर्जीसमेत गैरकानुनी र त्रुटिपूर्ण दिइएको रिटमा छ । प्रतिनिधिसभा सदस्यजस्तो जिम्मेवार व्यक्तिको संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने हक एवं कानुनको अपहरण हुने गरी राखिएको थुनाले निरन्तरता नपाउने निवेदनमा उल्लेख छ । 

 बन्दी प्रत्यक्षीकरणको रिटमा नेपाल सरकार तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला अदालत रुपन्देही, उच्च अदालत तुलसीपुर बुटवल इजलास, जिल्ला प्रहरी परिसर भद्रकालीलगायतलाई विपक्षी बनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
चाडपर्व सुरु हुनुअघि सडक पूर्वाधारमा आवश्यक सुधार गर्न सरकारलाई निर्देशन

चाडपर्व सुरु हुनुअघि सडक पूर्वाधारमा आवश्यक सुधार गर्न सरकारलाई निर्देशन

बैठकमा समिति सदस्यहरुले सार्वजनिक सवारीको चाडपर्वमा कडाइका साथ अनुगमन गर्नुपर्ने सुझाव दिएका थिए । साथै उनीहरुले देशका महत्वपूर्ण राजमार्गको नियमित मर्मतसम्भारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
अध्यक्ष  दाहालसँग विदेशसचिव मिश्रीको शिष्टाचार भेट

अध्यक्ष  दाहालसँग विदेशसचिव मिश्रीको शिष्टाचार भेट

नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका विदेशसचिवले अध्यक्ष निवास खुमलटारमा भेट गरेका हुन् ।
उद्योगीसँग डेडिकेटेड र ट्रंकलाईनको वक्यौता असुल गर्न प्राधिकरणलाई उर्जामन्त्रीको निर्देशन

उद्योगीसँग डेडिकेटेड र ट्रंकलाईनको वक्यौता असुल गर्न प्राधिकरणलाई उर्जामन्त्रीको निर्देशन

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको कुल सम्पती ६ दशमलव २ प्रतिशतले बृद्धि भइ ६ खर्ब ८४ अर्ब ९१ करोड पुगेको जानकारी दिए । प्राधिकरणले आर्थिक वर्ष...
उच्चस्तरीय शासकीय सुधार आयोगको बैठकः औचित्य नभएका संस्था खारेज, समायोजन र हस्तान्तरणबारे छलफल

उच्चस्तरीय शासकीय सुधार आयोगको बैठकः औचित्य नभएका संस्था खारेज, समायोजन र हस्तान्तरणबारे छलफल

आइतबार प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयमा भएको बैठकले यसअघिका विभिन्न आयोग एवं कार्यदलले दिएका सुझाव प्रतिवेदनका आधारमा खारेज गर्ने, गाभ्ने र हस्तान्तरणका लागि सिफारिस भएका निकायबारे विस्तृत अध्ययन गरी...