नेभिगेशन
समाज

रवि लामिछानेले सिमामा तस्करी रोकेर ‘स्टन्ट’ गरे : मनिष झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले पार्टी सभापतिले सिमामा तस्करी रोकेर ‘स्टन्ट’ गरेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा एक उद्योगीले रवि लामिछाने गृहमन्त्री भएको समयमा सिमाको तस्करी रोकेको र अन्य गृहमन्त्री त्यो नसकेको भन्ने अभिव्यक्तिलाई उठाउँदै झाले गृहमन्त्री लामिछानेले सिमामा तस्करी रोकेर ‘स्टन्ट’ गरेको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाले ३४ दिन गृहमन्त्रालय सम्हाल्दा के भयो भन्नेहरुका लागि त्यो जवाफ भएको बताए । ‘उद्योगी शशिकान्त अग्रवालले गृहमन्त्रीको रुपमा रवि लामिछाने आएपछि सीमाबाट हुने चोरी तस्करी नियन्त्रणमा ठूलो सफलता मिलेको बताउँछन् तर त्यसपछिका गृहमन्त्रीहरु तस्करी नियन्त्रणमा कुनै काम नगरेको बताउँछन् ।’, सांसद झाले थपे, ‘यो हो हामीले गर्ने ‘स्टन्ट’ । राष्ट्रिय स्वतन्त्र पार्टीले ३४ दिनमा गरेको गृहमन्त्रालय सम्हाल्दै गर्दा कसरी हामीले तस्करी नियन्त्रण गरेका थियौँ भन्ने कुरा, यो हामीले गरेको स्टन्ट हो।’

Ncell
Extreme Energy

त्यस्तै उनले पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले दिएको एक अभिव्यक्तिमा न्यायाधीश सिफारिसमा वर्तमान गृहमन्त्रीले आफ्नो मान्छेलाई न्यायाधीश सिफारिस गर्न गरेको अनुरोधले न्यायालयहरुप्रति विश्वास गर्ने ठाउँहरु कमजोर हुँदै गएको बताए । ‘अर्को स्टन्ट सुनाउँछु, पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीज्यूले केही महिना अगाडि भन्नुभएको थियो कि – नेपाली कांग्रेसको वर्तमान गृहमन्त्रीज्यूले न्यायालयको न्यायाधीश सिफारिसमा चाहिँ मेरो पार्टीको सिफारिस यो नपर्दियो भने मलाई गाह्रो हुन्छ भनेर भन्न जानुभएको थियो। आज न्यायालयहरुले विभिन्न राजनीतिक संरक्षण त दिइराखेको छ। तर यो अभ्यासले गर्दा न्यायालयप्रतिको विश्वास कमजोर भएको छ । न्यायालयले न्याय देला कि भनेर हामीले विश्वास गर्ने ठाउँहरू कम हुँदै गएको छ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसको १५ औँ महाधिवेशन : मतदान शुरू, ३ बजेसम्म मतदान हुने, आजै मतगणता थाल्ने तयारी

कांग्रेसको १५ औँ महाधिवेशन : मतदान शुरू, ३ बजेसम्म मतदान हुने, आजै मतगणता थाल्ने तयारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरू भएको छ । ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशमा पहिलो मत खसालेका छन् ।
ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको र उनको शव लुकाएको आरोप (शव अहिलेसम्म फेला परेको छैन) सामना गरिरहेका मनासास पार्कका बासिन्दा नरेश भट्टविरुद्धको मुद्दामा बिहीबार अदालतमा सात...
मतदान ढिलो भएकामा माफी माग्दै गगन थापाले भने: पार्टीमा कुनै गुट छैन, भ्रममा नपरी आफ्नो विवेकले भोट हाल्नुस्

मतदान ढिलो भएकामा माफी माग्दै गगन थापाले भने: पार्टीमा कुनै गुट छैन, भ्रममा नपरी आफ्नो विवेकले भोट हाल्नुस्

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारका सूचीहरू आधिकारिक नभएको स्पष्ट पारेका छन् । उनले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई कुनै...
भारतमा स्टारलिंक रोकिएपछि एलन मस्कको आक्रोश : के अम्बानी भारतको असली बोस हुन् ?

भारतमा स्टारलिंक रोकिएपछि एलन मस्कको आक्रोश : के अम्बानी भारतको असली बोस हुन् ?

प्रसिद्ध अमेरिकी उद्योगपति एलन मस्कले भारतमा आफ्नो भूउपग्रहमा आधारित इन्टरनेट सेवा 'स्टारलिंक' को प्रवेशलाई स्थानीय उद्योगपतिहरूले रोकिसकेको आरोप लगाएपछि नयाँ तरंग पैदा भएको छ ।

भर्खरै