नेभिगेशन
मुख्य समाचार

रवि लामिछानेले सिमामा तस्करी रोकेर ‘स्टन्ट’ गरे : मनिष झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले पार्टी सभापतिले सिमामा तस्करी रोकेर ‘स्टन्ट’ गरेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा एक उद्योगीले रवि लामिछाने गृहमन्त्री भएको समयमा सिमाको तस्करी रोकेको र अन्य गृहमन्त्री त्यो नसकेको भन्ने अभिव्यक्तिलाई उठाउँदै झाले गृहमन्त्री लामिछानेले सिमामा तस्करी रोकेर ‘स्टन्ट’ गरेको बताए । 

रास्वपाले ३४ दिन गृहमन्त्रालय सम्हाल्दा के भयो भन्नेहरुका लागि त्यो जवाफ भएको बताए । ‘उद्योगी शशिकान्त अग्रवालले गृहमन्त्रीको रुपमा रवि लामिछाने आएपछि सीमाबाट हुने चोरी तस्करी नियन्त्रणमा ठूलो सफलता मिलेको बताउँछन् तर त्यसपछिका गृहमन्त्रीहरु तस्करी नियन्त्रणमा कुनै काम नगरेको बताउँछन् ।’, सांसद झाले थपे, ‘यो हो हामीले गर्ने ‘स्टन्ट’ । राष्ट्रिय स्वतन्त्र पार्टीले ३४ दिनमा गरेको गृहमन्त्रालय सम्हाल्दै गर्दा कसरी हामीले तस्करी नियन्त्रण गरेका थियौँ भन्ने कुरा, यो हामीले गरेको स्टन्ट हो।’

CG

त्यस्तै उनले पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले दिएको एक अभिव्यक्तिमा न्यायाधीश सिफारिसमा वर्तमान गृहमन्त्रीले आफ्नो मान्छेलाई न्यायाधीश सिफारिस गर्न गरेको अनुरोधले न्यायालयहरुप्रति विश्वास गर्ने ठाउँहरु कमजोर हुँदै गएको बताए । ‘अर्को स्टन्ट सुनाउँछु, पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीज्यूले केही महिना अगाडि भन्नुभएको थियो कि – नेपाली कांग्रेसको वर्तमान गृहमन्त्रीज्यूले न्यायालयको न्यायाधीश सिफारिसमा चाहिँ मेरो पार्टीको सिफारिस यो नपर्दियो भने मलाई गाह्रो हुन्छ भनेर भन्न जानुभएको थियो। आज न्यायालयहरुले विभिन्न राजनीतिक संरक्षण त दिइराखेको छ। तर यो अभ्यासले गर्दा न्यायालयप्रतिको विश्वास कमजोर भएको छ । न्यायालयले न्याय देला कि भनेर हामीले विश्वास गर्ने ठाउँहरू कम हुँदै गएको छ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राजेन्द्र लिङ्देन र कमल थापाबीच पार्टी एकता गर्ने सहमति, घोषणा सभा पुस १६ गते

राजेन्द्र लिङ्देन र कमल थापाबीच पार्टी एकता गर्ने सहमति, घोषणा सभा पुस १६ गते

दुई पार्टीबीच एकता घोषणा सभा भने पौष १६ गते राष्ट्रिय सभागृहमा हुने राप्रपाले जनाएको छ । एकताको सहमतिपत्रमा हस्ताक्षर गरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले परिवर्तित सन्दर्भ र शुभेच्छुको...
सभापति देउवाले नाममात्रैको कार्यवाहक दिएको गगनको आारोप

सभापति देउवाले नाममात्रैको कार्यवाहक दिएको गगनको आारोप

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाले नाममात्रैको कार्यवाहक दिएको आरोप लगाएका छन् । उनले पार्टी बैठकमा नआएपनि सभापति देउवाले निवासबाटै पार्टी सञ्चालन गरेको टिप्पणी...
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने

प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने

प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीहरु हरिप्रसाद फुँयाल,  मनोजकुमार शर्मा र नहकुल सुवेदीको संवैधानिक इजलासले आज नेपाली कांग्रेसका निर्वतमान ८ सांसदले दायर...
जेन-जी नेता पुरुषोत्तमसँग आयोगको बयान: जेन-जी आन्दोलनका लागि ‘फन्डिङ’ कसले गर्‍यो ?

जेन-जी नेता पुरुषोत्तमसँग आयोगको बयान: जेन-जी आन्दोलनका लागि ‘फन्डिङ’ कसले गर्‍यो ?

यसरी आन्दोलन गर्ने तरिका कहाँबाट आयो र कसले ‘फन्डिङ’ गर्याे भन्ने विषयमा समेत सोधपुछ गरेको यादवले बताए । जवाफमा यादवले आन्दोलनका लागि कुनै खर्च नभएको उल्लेख गरेका थिए...