नेभिगेशन
समाज

तीनकुने घटनाका २ जनाको उपचार अहिले पनि भइरहेको छः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको आगजनी र हिंसा, अपराध कर्म भएकाले कुनै पनि धर्म वा आस्थासँग जोडेर हेर्न नमिल्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नोत्तरमा मन्त्री लेखकले हिंसालाई धर्मसँग जोड्न नसकिने भन्दै तीनकुनेमा गरिएको राजतन्त्र वकालतको बिषय नेपालको संविधान बिपरित रहेको समेत बताए । उक्त घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र अभियोजन भइरहेको उनले जानकारी दिए ।

Ncell
Extreme Energy

उनले अपराधीक कार्यमा संलग्न जोसुकै भएपनि कानूनी दायरमा ल्याइने स्पष्ट पारे । मन्त्री लेखकले त्यस्ता खालका अपराधजन्य घटना हुन नदिन सरकार सचेत र सतर्क रहेको उल्लेख गरे । उनले तीनकुनेमा भएको हिंसात्मक घटनाको जिम्मेवारी आयोजकले नै लिनुपर्नेमा सरकार प्रष्ट रहेको जिकिर गरे ।

त्यस्तै गृहमन्त्री लेखकले उक्त घटनाका घाइतेको सरकारले निशुल्क उपचार गरिरहेको र हाल दुई जनाको उपचार जारी रहेको बताए । 
गृहमन्त्री लेखकलाई सांसदहरु प्रेम सुवाल, निशा डाँगी र सोविता गौतमले प्रश्न गरेका थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।

भर्खरै