नेभिगेशन
मुख्य समाचार

प्रतिनिधिसभाबाट जलस्रोत विधेयक, २०८१ बहुमतले पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले जलस्रोत विधेयक, २०८१ लाई बहुमतले पारित गरेको छ । यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उक्त विधेयक पारित गरियोस भनी सभामा प्रस्ताव प्रस्तुत गरेका थिए । 
     
बैठकमा पूर्वाधार विकास समितिको प्रतिवेदनसहित प्रस्ताव प्रस्तुत जलस्रोत विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै ऊर्जामन्त्री खड्काले यस विधेयकले जलको प्रयोग, सदुपयोग र संरक्षण एवं समुचित बाडँफाँटको विषयमा केन्द्रित भएर काम गर्ने र यसको सम्पूर्ण जिम्मेवारी जल तथा ऊर्जा आयोगलाई दिइने व्यवस्था गरेको बताए । 
    
उनले सम्पूर्ण नदीको क्षमता कति र संरक्षण कसरी गर्न सकिन्छ भन्ने व्यवस्था विधेयकमा समावेश भएको उल्लेख गर्दै यसले तीनै तहका सरकारको अधिकारलाई सुनिश्चित गर्ने दाबी समेत गरे । 

मन्त्री खडकाले भने, “विधेयकले जलको लाभ र हानिको विषय समेटेको छ”, उनले भने, “आयोगले विधेयक पारित भएपश्चात् विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गर्नेछ, यसले जलको न्यायोचित बाँडफाँटमा सहयोग पुग्नेछ ।”

CG

यसअघि उक्त विधेयकमाथिको छलफलमा सांसदहरु दिलेन्द्रप्रसाद बडू, माधव सापकोटा, डा अमरेशकुमार सिंह, किरणकुमार साह, सुनिता बराल, लक्ष्मी तिवारी, प्रेम सुवाल, हितराज पाण्डे, ठाकुरप्रसाद गैरे र लेखनाथ दाहालले धारणा राखे । 

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ६ गते बिहान ११ बजे बस्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राजेन्द्र लिङ्देन र कमल थापाबीच पार्टी एकता गर्ने सहमति, घोषणा सभा पुस १६ गते

राजेन्द्र लिङ्देन र कमल थापाबीच पार्टी एकता गर्ने सहमति, घोषणा सभा पुस १६ गते

दुई पार्टीबीच एकता घोषणा सभा भने पौष १६ गते राष्ट्रिय सभागृहमा हुने राप्रपाले जनाएको छ । एकताको सहमतिपत्रमा हस्ताक्षर गरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले परिवर्तित सन्दर्भ र शुभेच्छुको...
सभापति देउवाले नाममात्रैको कार्यवाहक दिएको गगनको आारोप

सभापति देउवाले नाममात्रैको कार्यवाहक दिएको गगनको आारोप

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाले नाममात्रैको कार्यवाहक दिएको आरोप लगाएका छन् । उनले पार्टी बैठकमा नआएपनि सभापति देउवाले निवासबाटै पार्टी सञ्चालन गरेको टिप्पणी...
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने

प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने

प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीहरु हरिप्रसाद फुँयाल,  मनोजकुमार शर्मा र नहकुल सुवेदीको संवैधानिक इजलासले आज नेपाली कांग्रेसका निर्वतमान ८ सांसदले दायर...
जेन-जी नेता पुरुषोत्तमसँग आयोगको बयान: जेन-जी आन्दोलनका लागि ‘फन्डिङ’ कसले गर्‍यो ?

जेन-जी नेता पुरुषोत्तमसँग आयोगको बयान: जेन-जी आन्दोलनका लागि ‘फन्डिङ’ कसले गर्‍यो ?

यसरी आन्दोलन गर्ने तरिका कहाँबाट आयो र कसले ‘फन्डिङ’ गर्याे भन्ने विषयमा समेत सोधपुछ गरेको यादवले बताए । जवाफमा यादवले आन्दोलनका लागि कुनै खर्च नभएको उल्लेख गरेका थिए...