नेभिगेशन
मुख्य समाचार

बेपत्ता आयोगले तीन वर्षमा पायो पदाधिकारी

काठमाडौँ । ‘मर्यादाका लागि सत्य, तथ्य, न्याय र परिपूरण’ को मर्मसहित स्थापना भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले करिब तीन वर्षपछि तेस्रो कार्यकालका लागि पदाधिकारी पाएको छ ।

तत्कालीन विद्रोही माओवादी द्वन्द्वका क्रममा बेपत्ता भएका व्यक्तिको छानबिनका लागि गठित यस आयोग विसं २०७९ साउन १ देखि पदाधिकारीविहीन थियो । द्वन्द्व अन्त्य गर्ने सिलसिलामा महत्त्वपूर्ण मानिएको यस आयोगको गठन विसं २०७१ मा भएका थियो । 

आयोगका नवनियुक्त अध्यक्ष लीलादेवी गड्तौलाले भद्रकालीस्थित कार्यकक्षमा पदबहालीपछि कुराकानी गर्दै सङ्क्रमणकालीन न्यायको मर्म र भावनाअनुरूप पीडितलाई न्याय दिलाउने विषयलाई केन्द्रमा राखेर सामूहिक जिम्मेवारीका आधारमा कार्य सम्पादन गरिने बताइन्।

उनले भनिन्, “टिम वर्कको जिम्मेवारी भएकाले सदस्य र विज्ञहरूको राय, परामर्श र सल्लाहका आधारमा बाँकी काम अघि बढाइनेछ, आयोगको कार्य सम्पादन गर्ने सन्दर्भमा आउन सक्ने चुनौतीलाई हटाएर अघि बढ्न र जिम्मेवारी पूरा गर्न हरसम्भव प्रयत्न गरिनेछ ।”

आयोगका सदस्यहरू गोपालनाथ योगी (सल्यान), अग्निप्रसाद थपलिया (झापा), सिर्जना पोखरेल (काठमाडौँ) र विनिता नेपाली (कास्की) ले पनि आजै पदबहाली गरे । आजै प्रधानन्यायाधीशबाट शपथ लिएका उनीहरुो कार्यकाल चार वर्षको हुनेछ ।

विसं २०५२ फागनु १ देखि सुरू गरेको दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका सन्दर्भमा सत्यतथ्य पत्ता लगाउने उद्देश्यले आयोग गठन भएको हो । आयोगलाई बेपत्ताको छानबिन, परिपूरण, आगामी दिनमा त्यस्ता द्वन्द्व पुनः नदोहोरिन राज्यका चाल्नुपर्ने कदमका बारेमा सुझावसहितको प्रतिवेदन दिने कार्यदेश छ । 

विसं २०५२ फागुन १ देखि २०६३ मङ्सिर ५ गतेसम्म राज्य पक्ष र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० बीच भएको सशस्त्र द्वन्द्व विसं २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भएपछि अन्त्य भएको थियो । 

सरकारले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका छानबिन तथा सत्यनिरूपण तथा मेलमिलाप आयोगमा यही वैशाख ३० गते पदाधिकारी नियुक्ति गरेको थियो । 

आयोगका प्रवक्ता कविराज पौडेलका अनुसार आयोगमा तीन हजार २८८ उजुरी परेका थिए । त्यसमध्ये ७४६ तामेली, फछ्र्यौट र फरफारक भएका छन् । आयोगमा अझै दुई हजार ५४३ निवेदन फछ्र्यौट गर्न बाँकी छ । त्यसमा दुई हजार ५४७ व्यक्ति हराएको भन्ने दाबी गरिएको छ । 

आयोगमा नयाँ पदाधिकारी नियुक्तिको तीन महिनाभित्र कुनै कारणले वा काबुबाहिरको परिस्थितिले विगतमा उजुरी दिन छुटेको रहेछ भने त्यसको आधार र कारणसहित निवेदन दिन पाउने व्यवस्था छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
चाडपर्व सुरु हुनुअघि सडक पूर्वाधारमा आवश्यक सुधार गर्न सरकारलाई निर्देशन

चाडपर्व सुरु हुनुअघि सडक पूर्वाधारमा आवश्यक सुधार गर्न सरकारलाई निर्देशन

बैठकमा समिति सदस्यहरुले सार्वजनिक सवारीको चाडपर्वमा कडाइका साथ अनुगमन गर्नुपर्ने सुझाव दिएका थिए । साथै उनीहरुले देशका महत्वपूर्ण राजमार्गको नियमित मर्मतसम्भारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
अध्यक्ष  दाहालसँग विदेशसचिव मिश्रीको शिष्टाचार भेट

अध्यक्ष  दाहालसँग विदेशसचिव मिश्रीको शिष्टाचार भेट

नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका विदेशसचिवले अध्यक्ष निवास खुमलटारमा भेट गरेका हुन् ।
उद्योगीसँग डेडिकेटेड र ट्रंकलाईनको वक्यौता असुल गर्न प्राधिकरणलाई उर्जामन्त्रीको निर्देशन

उद्योगीसँग डेडिकेटेड र ट्रंकलाईनको वक्यौता असुल गर्न प्राधिकरणलाई उर्जामन्त्रीको निर्देशन

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको कुल सम्पती ६ दशमलव २ प्रतिशतले बृद्धि भइ ६ खर्ब ८४ अर्ब ९१ करोड पुगेको जानकारी दिए । प्राधिकरणले आर्थिक वर्ष...
उच्चस्तरीय शासकीय सुधार आयोगको बैठकः औचित्य नभएका संस्था खारेज, समायोजन र हस्तान्तरणबारे छलफल

उच्चस्तरीय शासकीय सुधार आयोगको बैठकः औचित्य नभएका संस्था खारेज, समायोजन र हस्तान्तरणबारे छलफल

आइतबार प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयमा भएको बैठकले यसअघिका विभिन्न आयोग एवं कार्यदलले दिएका सुझाव प्रतिवेदनका आधारमा खारेज गर्ने, गाभ्ने र हस्तान्तरणका लागि सिफारिस भएका निकायबारे विस्तृत अध्ययन गरी...