नेभिगेशन
समाज

‘म्यान अफ द वर्ल्ड’का नेपाली प्रतिनिधि आयुष दुलाललाई प्रहरी महानिरीक्षकले गरे बिदाइ

काठमाडौं । ‘म्यान अफ द वर्ल्ड २०२५’ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न लागेका आयुष दुलाललाई नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले आइतबार बिदाइ गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष कार्यक्रममा आईजीपी थापाले दुलाललाई दोसल्ला ओढाइ सम्मान गर्दै शुभकामना पत्र प्रदान गरेका हुन्। थापाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन सफल हुने महानिरीक्षक थापाले विश्वास व्यक्त गरे । 

Ncell
Extreme Energy

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. १४ निवासी दुलालले आगामी मे २३ देखि ३१ सम्म फिलिपिन्समा आयोजना हुने ‘म्यान अफ द वर्ल्ड २०२५’मा नेपालको प्रतिनिधित्व गर्ने छन्।

दुलालले ‘मिस्टर नेपाल २०२४’ प्रतियोगितामा सहभागी भई ‘म्यान अफ द वर्ल्ड नेपाल २०२५’ तथा ‘बेस्ट पर्सनालिटी’ को उपाधि जितेका थिए।

आईटी स्नातक र मानसिक स्वास्थ्य प्राथमिक सहयोगी समेत रहेका युवा मोडल तथा सामाजिक अभियन्ता दुलालले मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि तथा खेलकुद प्रवर्धनमा सक्रिय भूमिका खेल्दै आएका छन्।

नेपालका लोकप्रिय फुटबल खेलाडीसमेत रहेका उनले अष्ट्रेलियाबाट व्यवसायिक फुटबल खेलिसकेका छन्।

उनले ‘म्यान अफ द वर्ल्ड’ प्रतियोगिता केवल फेसन वा लुक्सको प्रतिस्पर्धा नभई शिक्षा, सामाजिक नेतृत्व र सकारात्मक पुरुष छवि निर्माणको अभियान भएको उल्लेख गर्दै नेपालले यसपटक उपाधि जित्ने सम्भावना उच्च रहेको बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मतदान ढिलो भएकामा माफी माग्दै गगन थापाले भने: पार्टीमा कुनै गुट छैन, भ्रममा नपरी आफ्नो विवेकले भोट हाल्नुस्

मतदान ढिलो भएकामा माफी माग्दै गगन थापाले भने: पार्टीमा कुनै गुट छैन, भ्रममा नपरी आफ्नो विवेकले भोट हाल्नुस्

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारका सूचीहरू आधिकारिक नभएको स्पष्ट पारेका छन् । उनले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई कुनै...
भारतमा स्टारलिंक रोकिएपछि एलन मस्कको आक्रोश : के अम्बानी भारतको असली बोस हुन् ?

भारतमा स्टारलिंक रोकिएपछि एलन मस्कको आक्रोश : के अम्बानी भारतको असली बोस हुन् ?

प्रसिद्ध अमेरिकी उद्योगपति एलन मस्कले भारतमा आफ्नो भूउपग्रहमा आधारित इन्टरनेट सेवा 'स्टारलिंक' को प्रवेशलाई स्थानीय उद्योगपतिहरूले रोकिसकेको आरोप लगाएपछि नयाँ तरंग पैदा भएको छ ।
कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन् ।
कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

दसैँ, तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गर्दै कर्णाली प्रदेशमा पाँच हजार ३१४ प्रहरी परिचालन गरिने भएको छ।