नेभिगेशन
समाज

‘म्यान अफ द वर्ल्ड’का नेपाली प्रतिनिधि आयुष दुलाललाई प्रहरी महानिरीक्षकले गरे बिदाइ

काठमाडौं । ‘म्यान अफ द वर्ल्ड २०२५’ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न लागेका आयुष दुलाललाई नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले आइतबार बिदाइ गरेका छन्।

प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष कार्यक्रममा आईजीपी थापाले दुलाललाई दोसल्ला ओढाइ सम्मान गर्दै शुभकामना पत्र प्रदान गरेका हुन्। थापाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन सफल हुने महानिरीक्षक थापाले विश्वास व्यक्त गरे । 

CG

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. १४ निवासी दुलालले आगामी मे २३ देखि ३१ सम्म फिलिपिन्समा आयोजना हुने ‘म्यान अफ द वर्ल्ड २०२५’मा नेपालको प्रतिनिधित्व गर्ने छन्।

दुलालले ‘मिस्टर नेपाल २०२४’ प्रतियोगितामा सहभागी भई ‘म्यान अफ द वर्ल्ड नेपाल २०२५’ तथा ‘बेस्ट पर्सनालिटी’ को उपाधि जितेका थिए।

आईटी स्नातक र मानसिक स्वास्थ्य प्राथमिक सहयोगी समेत रहेका युवा मोडल तथा सामाजिक अभियन्ता दुलालले मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि तथा खेलकुद प्रवर्धनमा सक्रिय भूमिका खेल्दै आएका छन्।

नेपालका लोकप्रिय फुटबल खेलाडीसमेत रहेका उनले अष्ट्रेलियाबाट व्यवसायिक फुटबल खेलिसकेका छन्।

उनले ‘म्यान अफ द वर्ल्ड’ प्रतियोगिता केवल फेसन वा लुक्सको प्रतिस्पर्धा नभई शिक्षा, सामाजिक नेतृत्व र सकारात्मक पुरुष छवि निर्माणको अभियान भएको उल्लेख गर्दै नेपालले यसपटक उपाधि जित्ने सम्भावना उच्च रहेको बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
झापाको चन्द्रगडी विमानस्थलमा चिप्लिएको जहाज कति पुरानो ?

झापाको चन्द्रगडी विमानस्थलमा चिप्लिएको जहाज कति पुरानो ?

फ्रान्सको एयर क्यालिडोनिया नामक एयरलाइन्स कम्पनीले सन २००७ अक्टोबरमा पहिलोपटक सञ्चालनमा ल्याएको यो सन् २०१८ जनवरीमा नेपालको बुद्ध एयरले खरिद गरेर उडाइरहेको छ ।  यो जहाजले करिब १८...
चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल

चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल

चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल
भद्रपुर विमानस्थलमा चिप्लियो बुद्ध एयरको विमान  '९०१'

भद्रपुर विमानस्थलमा चिप्लियो बुद्ध एयरको विमान  '९०१'

काठमाडौँ विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले पनि अनुसार, काठमाडौं–भद्रपुर उडानको 901 उडान नम्बरको बुद्ध एयरको जहाज ओभर रनका कारण ग्रास यरियामा पुगेको जनाए ।
पुस मसान्तभित्र विशेष महाधिवेशन हुन्छः गगन थापा

पुस मसान्तभित्र विशेष महाधिवेशन हुन्छः गगन थापा

विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुन्छ वा कसरी हुन्छ भन्नेबारे केहिदिनभित्रै टुङ्गो लाग्ने उनको भनाइ छ । उनले केन्द्रीय कार्यसमितिभन्दा विधान ठूलो भएकाले केन्द्रीय कार्यसमितिले निर्णय नगरे...