नेभिगेशन
मुख्य समाचार

प्रधानमन्त्रीको निर्देशनः ‘आगामी आम निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी लाग्नु ’

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेको एकल बहुमत आउनेगरी लाग्न उत्पीडित तथा जातीय समुदायलाई आग्रह गरेका छन् । 

नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र सुशासनको मार्गमा मुलुकलाई तीव्रताका साथ अघि बढाउन एमाले निर्णायक राष्ट्रिय शक्ति बन्नु अत्यावश्यक भएको बताए । 

CG

“समानुपातिकसहितको विद्यमान परिपाटीबाट साधारणतयाः कुनै एक दलको बहुमत आउन गाह्रो छ तर हामीले संविधानमा समानुपातिकको व्यवस्था गरिसकेकाले अहिलेलाई यही प्रणालीभित्रबाट एमालेलाई एकल बहुमतको पार्टीका रूपमा विकसित गर्न हामी लाग्नुपर्छ”, अध्यक्ष ओलीले भने, “हामी व्यक्तिगत र पार्टीगत स्वार्थ नहेरी देशको सुशासन, स्थिरता, विकास, समृद्धि, राष्ट्रिय स्वाधिनता र अखण्डताका लागि काम गरिहेका छौँ । अराजकतावादीहरूले यस प्रयासमा भाँजो हाल्न सक्छन् । अराजकतावाद सदैव हाम्रो दुश्मन हो । विपक्षीहरूले जनतामा हाम्राविरुद्ध भ्रम फिजाउन खोजेका छन् । त्यस्तो भ्रम चिर्न हामी सुदृढ र एकताबद्ध भएर लाग्नुपर्नेछ ।”

प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलन, पार्टी र देशलाई सफल बनाउन राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर अघि बढ्न पनि आग्रह गरे। महाधिवेशनले समाजको नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
झापाको चन्द्रगडी विमानस्थलमा चिप्लिएको जहाज कति पुरानो ?

झापाको चन्द्रगडी विमानस्थलमा चिप्लिएको जहाज कति पुरानो ?

फ्रान्सको एयर क्यालिडोनिया नामक एयरलाइन्स कम्पनीले सन २००७ अक्टोबरमा पहिलोपटक सञ्चालनमा ल्याएको यो सन् २०१८ जनवरीमा नेपालको बुद्ध एयरले खरिद गरेर उडाइरहेको छ ।  यो जहाजले करिब १८...
चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल

चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल

चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल
भद्रपुर विमानस्थलमा चिप्लियो बुद्ध एयरको विमान  '९०१'

भद्रपुर विमानस्थलमा चिप्लियो बुद्ध एयरको विमान  '९०१'

काठमाडौँ विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले पनि अनुसार, काठमाडौं–भद्रपुर उडानको 901 उडान नम्बरको बुद्ध एयरको जहाज ओभर रनका कारण ग्रास यरियामा पुगेको जनाए ।
पुस मसान्तभित्र विशेष महाधिवेशन हुन्छः गगन थापा

पुस मसान्तभित्र विशेष महाधिवेशन हुन्छः गगन थापा

विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुन्छ वा कसरी हुन्छ भन्नेबारे केहिदिनभित्रै टुङ्गो लाग्ने उनको भनाइ छ । उनले केन्द्रीय कार्यसमितिभन्दा विधान ठूलो भएकाले केन्द्रीय कार्यसमितिले निर्णय नगरे...