नेभिगेशन
समाज

बालेनले नटेरेपछि प्रधानमन्त्रीको आक्रोश, भन्छन् – हाई लेभल कमिटीमा नआउने हो भने अर्को पटकदेखि नबोलाउनु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आयोजना गरेको कार्यक्रममा महानगरपालिकाका मेयर बालेन शाह नआएको भन्दै आक्रोश व्यक्त गरेका छन् । सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा महानगरपालिकाका मेयर नआएको भन्दै प्रधानमन्त्रीले आगामी कार्यक्रममा नआउने हो भने नबोलाउन निर्देशन दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बालेनको नाम नतोकि उनले सरकारले आयोजना गरेका हाई लेभल कमिटिका कार्यक्रमहरुमा सधैं नाम राखिरहनुपर्ने तर आउनुपर्नेले नआइदिएपछि अर्को पटकबाट नबोलाउन निर्देशन दिएका हुन् । 

Ncell
Extreme Energy

यस्तो छ प्रधानमन्त्रीले बालेनप्रति इंगित गरेर दिएको अभिव्यक्तिको सम्पादित अंशः
कहिले पनि नआउने, नाम राखिरहनुपर्ने। मानका खातिर मानको चलन चाहिँ छोड्दा पनि हुन्छ कि क्यो हो !  कोही कोही मान्छे सँगै राख्ने गछौँ हामीले, हरेक फंग्सन । तर कहिल्यै देखा पर्दैन। केही गर्दैन, त्यस्तो खालको मान्छे खोज्यो भने भेटिन्छन् कि जस्तो लाग्छ मलाई। 
कहिले पनि नआउने, नाम सधैं टाँस्नुपर्ने पदोदयका कारणले । कुनै व्यक्तिलाई कुनै अर्थ छैन, महत्व नै छैन, वास्तै छैन भने सधैं नाम झुन्ड्याइरहने, त्यो नगरे पनि हुन्छ क्या।
जो मान्छे, कि तपाईँहरु सोध्नुस् आउने हो की हैन । रुची छ कि छैन ? हाई लेभल कमिटिमा सहभागिताका लागि आमन्त्रण गर्ने, तर एकपल्टको कुरा हैन, दुईपल्टको कुरा हैन, तीनपल्ट हैन । ३ पटक निरन्तर आएन भने त पदै जान्छ । त्यस्तो ठाउँमा ४÷५ पटक जसलाई नआउने । न चाड, न पर्व, न केही, कुनै वास्ता नभएको, त्यस्तोमा सँधै बोलाउनुपर्ने । हामीलाई त्यो बाध्यता हुने अनि आउनुपर्ने मान्छेलाई बोलाराख्नुपर्ने । यस्तो हुँदैन। अर्को पल्टसम्ममा सोधीखोजी गर्नुहोला। हेर्नुहोला रेकर्ड कोको एक पटक पनि आउँदैन। त्यो रेकर्ड हेरेर आउने हो कि होइन सोधेर आउने होइन, आउन सकिन्न भने नाम नराख्नु। हरेक पटक इतिहास चाहिँ बनिरहने, नाम छापिरहनुपर्ने, मान्छे नआउने।

मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरू, काठमाडौँ महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौँ उपत्यकाका नगरपालिकाका प्रमुखहरू सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहनेछन् । 
अन्य सबैजना बैठकमा उपस्थित हुँदा महानगरका मेयर बालेन भने उपस्थित भएका थिएनन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

यी सबै तहको अधिवेशन सम्पन्न भएपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुनेछ । निर्वाचन समितिले अधिवेशनको तयारीसँगै निर्वाचन प्रतिनिधि र अधिकृतलाई प्रशिक्षण दिने कार्यतालिका...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
रास्वपाले केन्द्रीय सदस्यदेखि विभागीय प्रमुखसम्म मनोनयन गर्दै

रास्वपाले केन्द्रीय सदस्यदेखि विभागीय प्रमुखसम्म मनोनयन गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठकमा विभिन्न सांगठनिक पदमा मनोनयनदेखि स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखासम्मका विषयमा छलफल गर्ने भएको छ ।
रेडक्रसको जग्गा खरिदमा अनियमितता आरोपमा पाँच जना परे पक्राउ

रेडक्रसको जग्गा खरिदमा अनियमितता आरोपमा पाँच जना परे पक्राउ

नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता तथा ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाँच जनालाई पक्राउ गरेको छ ।