नेभिगेशन
मुख्य समाचार

बालेनले नटेरेपछि प्रधानमन्त्रीको आक्रोश, भन्छन् – हाई लेभल कमिटीमा नआउने हो भने अर्को पटकदेखि नबोलाउनु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आयोजना गरेको कार्यक्रममा महानगरपालिकाका मेयर बालेन शाह नआएको भन्दै आक्रोश व्यक्त गरेका छन् । सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा महानगरपालिकाका मेयर नआएको भन्दै प्रधानमन्त्रीले आगामी कार्यक्रममा नआउने हो भने नबोलाउन निर्देशन दिएका छन् । 

बालेनको नाम नतोकि उनले सरकारले आयोजना गरेका हाई लेभल कमिटिका कार्यक्रमहरुमा सधैं नाम राखिरहनुपर्ने तर आउनुपर्नेले नआइदिएपछि अर्को पटकबाट नबोलाउन निर्देशन दिएका हुन् । 

CG

यस्तो छ प्रधानमन्त्रीले बालेनप्रति इंगित गरेर दिएको अभिव्यक्तिको सम्पादित अंशः
कहिले पनि नआउने, नाम राखिरहनुपर्ने। मानका खातिर मानको चलन चाहिँ छोड्दा पनि हुन्छ कि क्यो हो !  कोही कोही मान्छे सँगै राख्ने गछौँ हामीले, हरेक फंग्सन । तर कहिल्यै देखा पर्दैन। केही गर्दैन, त्यस्तो खालको मान्छे खोज्यो भने भेटिन्छन् कि जस्तो लाग्छ मलाई। 
कहिले पनि नआउने, नाम सधैं टाँस्नुपर्ने पदोदयका कारणले । कुनै व्यक्तिलाई कुनै अर्थ छैन, महत्व नै छैन, वास्तै छैन भने सधैं नाम झुन्ड्याइरहने, त्यो नगरे पनि हुन्छ क्या।
जो मान्छे, कि तपाईँहरु सोध्नुस् आउने हो की हैन । रुची छ कि छैन ? हाई लेभल कमिटिमा सहभागिताका लागि आमन्त्रण गर्ने, तर एकपल्टको कुरा हैन, दुईपल्टको कुरा हैन, तीनपल्ट हैन । ३ पटक निरन्तर आएन भने त पदै जान्छ । त्यस्तो ठाउँमा ४÷५ पटक जसलाई नआउने । न चाड, न पर्व, न केही, कुनै वास्ता नभएको, त्यस्तोमा सँधै बोलाउनुपर्ने । हामीलाई त्यो बाध्यता हुने अनि आउनुपर्ने मान्छेलाई बोलाराख्नुपर्ने । यस्तो हुँदैन। अर्को पल्टसम्ममा सोधीखोजी गर्नुहोला। हेर्नुहोला रेकर्ड कोको एक पटक पनि आउँदैन। त्यो रेकर्ड हेरेर आउने हो कि होइन सोधेर आउने होइन, आउन सकिन्न भने नाम नराख्नु। हरेक पटक इतिहास चाहिँ बनिरहने, नाम छापिरहनुपर्ने, मान्छे नआउने।

मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरू, काठमाडौँ महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौँ उपत्यकाका नगरपालिकाका प्रमुखहरू सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहनेछन् । 
अन्य सबैजना बैठकमा उपस्थित हुँदा महानगरका मेयर बालेन भने उपस्थित भएका थिएनन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राजेन्द्र लिङ्देन र कमल थापाबीच पार्टी एकता गर्ने सहमति, घोषणा सभा पुस १६ गते

राजेन्द्र लिङ्देन र कमल थापाबीच पार्टी एकता गर्ने सहमति, घोषणा सभा पुस १६ गते

दुई पार्टीबीच एकता घोषणा सभा भने पौष १६ गते राष्ट्रिय सभागृहमा हुने राप्रपाले जनाएको छ । एकताको सहमतिपत्रमा हस्ताक्षर गरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले परिवर्तित सन्दर्भ र शुभेच्छुको...
सभापति देउवाले नाममात्रैको कार्यवाहक दिएको गगनको आारोप

सभापति देउवाले नाममात्रैको कार्यवाहक दिएको गगनको आारोप

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाले नाममात्रैको कार्यवाहक दिएको आरोप लगाएका छन् । उनले पार्टी बैठकमा नआएपनि सभापति देउवाले निवासबाटै पार्टी सञ्चालन गरेको टिप्पणी...
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने

प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने

प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीहरु हरिप्रसाद फुँयाल,  मनोजकुमार शर्मा र नहकुल सुवेदीको संवैधानिक इजलासले आज नेपाली कांग्रेसका निर्वतमान ८ सांसदले दायर...
जेन-जी नेता पुरुषोत्तमसँग आयोगको बयान: जेन-जी आन्दोलनका लागि ‘फन्डिङ’ कसले गर्‍यो ?

जेन-जी नेता पुरुषोत्तमसँग आयोगको बयान: जेन-जी आन्दोलनका लागि ‘फन्डिङ’ कसले गर्‍यो ?

यसरी आन्दोलन गर्ने तरिका कहाँबाट आयो र कसले ‘फन्डिङ’ गर्याे भन्ने विषयमा समेत सोधपुछ गरेको यादवले बताए । जवाफमा यादवले आन्दोलनका लागि कुनै खर्च नभएको उल्लेख गरेका थिए...