नेभिगेशन
समाज

‘युवा विदेशिनु नौलो कुरा होइन, आउने जाने क्रम चलिरहन्छ तर देश बन्दैन भन्ने भाष्य डरलाग्दो’: गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बन्दैन भन्ने भाष्यलाई गलत सावित गर्न र युवा पुस्तामा टुटेको विश्वास पुनर्जागृत गराउन काम गर्नुको विकल्प नरहेको बताएका छन् ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिपी कोइरालाको जीवनकथामा आधारित रहेर लेखक शुभाष घिमिरेले लेखेको उपन्यास ‘सान्दाजु’ लोकार्पण समारोहमा उनले विश्वास जगाउने गरी कांग्रेसले नै काम गर्नुको विकल्प नरहेको बताए । 

Ncell
Extreme Energy

महामन्त्री थापाले भने, “युवा विदेशिनु नौलो कुरा होइन, आउने जाने क्रम चलिरहन्छ तर देश बन्दैन भन्ने भाष्य निर्माण भएर बाहिरिनु डरलाग्दो हुनसक्छ । त्यसैले अब सानातिना कुरामा अल्झिनुभन्दा पनि यो अफ्ठ्यारोबाट निकास दिन हामीले आफ्नो ठाउँबाट काम गर्नुपर्छ । हामीलाई भाग्ने सुविधा छैन, निकास दिनुको विकल्प अन्य कुनै बहाना हुनसक्दैन ।”

उनले कांग्रेस तीनै तहको सरकारमा रहेर पनि कार्यकर्तामा खुसीभन्दा बढी छटपटाहट र गुनासो रहेको उल्लेख गरे ।  “नेपाली कांग्रेसका लागि महत्वपूर्ण कुरा सत्ता वा शक्ति रहेनछ किनकि देशकै ठूलो पार्टी बन्दा खै त हामी उत्साहित भएको ? त्यसकारण अब राष्ट्रिय शक्ति बन्नुपर्छ । राष्ट्रिय शक्ति भनेको राष्ट्रको समस्या बुझ्ने, थाहा पाउने र त्यसलाई सम्बोधन गर्न सामथ्र्य राख्ने हुनुपर्छ”, महामन्त्री थापाले भने । 

उनले  बिपी कोइरालाको विषयमा धेरै पुस्तक आइसकेकाले नयाँ उपन्यास लेख्नु आफैँमा चुनौती रहेको भन्दै लेखक घिमिरेको प्रयासलाई धन्यवाद दिए । “साहित्य जगत्मा बिपीबारे धेरै लेखिएका छन् तर उनको जीवनकथालाई काल्पनिक पात्रसँग जोडेर उपन्यास तयार गर्नु चुनौतीपूर्ण नै थियो । पुस्तकले लोकतान्त्रिकसँगै अन्य विचार राख्नेलाई पनि विविध कुराहरू बारेमा जानकारी दिन्छ”, थापाले भने । 

लेखक घिमिरेले साहित्यकार र मानवतावादी चिन्तकका रूपमा उपन्यासले बिपी कोइरालालाई चिन्ने बताए । “मैले साहित्यकार, राजनीतिज्ञलगायत विविध रूपमा परिचित बिपी कोइरालाको जीवनीबाट प्रेरित भएर उपन्यास लेखेको छु । आज यहाँ पाएको सुझाव र प्रशंसाले मलाई हौसला मिलेको छ”, उनले भने । 

उक्त पुस्तक लोकार्पण समारोहको आयोजना ग्लोबल वुमन नेटवर्क र जय नेपाल इन्टरनेशनल फाउण्डेशनले गरेको थियो 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारतमा स्टारलिंक रोकिएपछि एलन मस्कको आक्रोश : के अम्बानी भारतको असली बोस हुन् ?

भारतमा स्टारलिंक रोकिएपछि एलन मस्कको आक्रोश : के अम्बानी भारतको असली बोस हुन् ?

प्रसिद्ध अमेरिकी उद्योगपति एलन मस्कले भारतमा आफ्नो भूउपग्रहमा आधारित इन्टरनेट सेवा 'स्टारलिंक' को प्रवेशलाई स्थानीय उद्योगपतिहरूले रोकिसकेको आरोप लगाएपछि नयाँ तरंग पैदा भएको छ ।
कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन् ।
कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

दसैँ, तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गर्दै कर्णाली प्रदेशमा पाँच हजार ३१४ प्रहरी परिचालन गरिने भएको छ।
आज यी स्थानमा हुनेछ वर्षा

आज यी स्थानमा हुनेछ वर्षा

पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ।