नेभिगेशन
समाज

हुरी र असिनापानीले एक जना घाइते

बैतडी । हुरी र असिनापानीका कारण बैतडीमा एक जना घाइते भएका छन् । सोमबार बेलुका आएको हुरीसँगैको वर्षाका कारण यहाँ विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हुरीले सिँगास गाउँपालिका-२ मैतडका विष्णु बोहराको दुईतले जस्तापाताले छाएको घरको छाना उडाएको छ । छाना उडाउँदा जस्तापाताले लागेर घरभित्र रहेका १४ वर्षीय टेकेन्द्र बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । टेकेन्द्रको टाउकोमा चोट लागेको छ ।

Ncell
Extreme Energy

उनका अनुसार सिँगास-५ खैरकोट, सल्याली, ढुङ्गाडका केही घरमा पनि हुरीले क्षति पुगेको छ । पाटन नगरपालिका-८ धारीमा एकतले जस्तापाताले छाएको सामुदायिक भवनको छानो उडाएको छ । उक्त भवनको छानो उडेर नजिकै रहेको विनोद महराको घरबाहिर बाँधेको पाडोलाई लागेर मृत्यु भएको प्रहरी निरीक्षक बडूले बताए।

हुरीले रुख ढल्दा डिलाशैनी गाउँपालिका-६ नेगाउस्थित निङ्लासैनी आधारभूत विद्यालयको शौचालयमा क्षति पुगेको छ । हुरीका कारण सडकमा रुख ढलेर महाकाली राजमार्ग पनि अवरुद्ध बनेको थियो । डिलाशैनी–६ बाङ्गाबगरमा रुख ढलेर केहीबेर अवरुद्ध भएको राजमार्ग अहिले नियमित सञ्चालन भइरहेको उनले जानकारी दिए ।

असिनापानीले फलफूल र तरकारीमा क्षति पुगेको दोगडाकेदार गाउँपालिका–४ का उमेश भट्टले जानकारी दिए । उनले भने, “एक्कासी आएको असिनापानीले वर्षे फलफूल र तरकारीमा क्षति पुगेको छ ।” हुरीका कारण विद्युत् सेवा पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

अवरुद्ध विद्युत् सेवा सञ्चालनको प्रयास भइरहेको जिल्लास्थित नेपाल विद्युत् प्राधिकरणका प्रमुख जनार्दन पौडेलले बताए । यसअघि गत चैत अन्तिम साता पनि असिनापानीले पाक्न लागेको गहुँबाली, तरकारी र बेर्नामा क्षति पुर्‍याएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारतमा स्टारलिंक रोकिएपछि एलन मस्कको आक्रोश : के अम्बानी भारतको असली बोस हुन् ?

भारतमा स्टारलिंक रोकिएपछि एलन मस्कको आक्रोश : के अम्बानी भारतको असली बोस हुन् ?

प्रसिद्ध अमेरिकी उद्योगपति एलन मस्कले भारतमा आफ्नो भूउपग्रहमा आधारित इन्टरनेट सेवा 'स्टारलिंक' को प्रवेशलाई स्थानीय उद्योगपतिहरूले रोकिसकेको आरोप लगाएपछि नयाँ तरंग पैदा भएको छ ।
कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन् ।
कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

दसैँ, तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गर्दै कर्णाली प्रदेशमा पाँच हजार ३१४ प्रहरी परिचालन गरिने भएको छ।
आज यी स्थानमा हुनेछ वर्षा

आज यी स्थानमा हुनेछ वर्षा

पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ।