नेभिगेशन
मुख्य समाचार

नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित

काठमाडौँ । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ ।

थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको खेलमा थाइल्यान्डले नेपाललाई जितको लागि १५९ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल निरधारित २० ओभर ९ विकेट गुमाउँदै ८० रनमा समेटियो ।  

CG

नेपालका लागि कवितार कुँवरले सर्वाधिक  २४ रन योगदान दिइन् । त्यस्तै  रजाजमति ऐरीले अविजित २० तथा रूविना क्षेत्रीले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

थाइल्यान्डका लागि ओन्निचा कामचोम्फुले सर्वाधिक चार विकेट लिइन् । यसैगरी थिपाचा पुथावोङले तीन र सुलेपोर्न लाओमीले समान एक एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १५८ रन बनाएको थियो ।

थाइल्यान्डका लागि नन्नापत कोन्चारोएनकाई २८ बलमा आठ चौकाको मद्दतले अविजित ५० रनको योगदान गरिन् । त्यसैगरी नटाया बुचथमले ४२ बलमा पाँच चौकासहित ५० रन बनाइन् । अपिसरा सुवान्चोराथीले २९ तथा नथ्थकन चन्थमले अविजित १५ बनाइन् ।

नेपालका लागि राजमति ऐरी र मनिषा उपाध्यायले समान एक विकेट लिए । नेपाल र थाइल्यान्ड यसअघि नै विश्वकपको ग्लोबल छनोटमा पुगिसकेका थिए । पहिलो खेलमा दुवैले युएईलाई हराउँदै  विश्वकपको ग्लोबल छनोटमा पुगेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
झापाको चन्द्रगडी विमानस्थलमा चिप्लिएको जहाज कति पुरानो ?

झापाको चन्द्रगडी विमानस्थलमा चिप्लिएको जहाज कति पुरानो ?

फ्रान्सको एयर क्यालिडोनिया नामक एयरलाइन्स कम्पनीले सन २००७ अक्टोबरमा पहिलोपटक सञ्चालनमा ल्याएको यो सन् २०१८ जनवरीमा नेपालको बुद्ध एयरले खरिद गरेर उडाइरहेको छ ।  यो जहाजले करिब १८...
चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल

चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल

चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल
भद्रपुर विमानस्थलमा चिप्लियो बुद्ध एयरको विमान  '९०१'

भद्रपुर विमानस्थलमा चिप्लियो बुद्ध एयरको विमान  '९०१'

काठमाडौँ विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले पनि अनुसार, काठमाडौं–भद्रपुर उडानको 901 उडान नम्बरको बुद्ध एयरको जहाज ओभर रनका कारण ग्रास यरियामा पुगेको जनाए ।
पुस मसान्तभित्र विशेष महाधिवेशन हुन्छः गगन थापा

पुस मसान्तभित्र विशेष महाधिवेशन हुन्छः गगन थापा

विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुन्छ वा कसरी हुन्छ भन्नेबारे केहिदिनभित्रै टुङ्गो लाग्ने उनको भनाइ छ । उनले केन्द्रीय कार्यसमितिभन्दा विधान ठूलो भएकाले केन्द्रीय कार्यसमितिले निर्णय नगरे...