नेभिगेशन
समाज

ठूलो पार्टीको गठबन्धनमा अनुकुलता/प्रतिकुलता हुनु र दुई दलले समान हिस्सेदारी खोज्नु स्वभाविकः योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले ८४ को निर्वाचन अघिसम्म वर्तमान गठबन्धन कायमै रहने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले कांग्रेस–एमालेको सरकार बनाउनुको उद्देश्य अझै पुरा नभएकाले ८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन कायमै रहने  बताएका हुन् । 

Ncell
Extreme Energy

कांग्रेस–एमाले ठूलो पार्टी भएकाले गठबन्धनमा अहिलेकाही अनुकुलता र प्रतिकुलता हुने गरेको भन्दै दुई दलले समान हिस्सेदारी खोज्नु स्वभाविक भएको उनले बताए । भट्टराईले बर्तमान सरकार गलत ट्रयाकमा नरहेपनि गति बढाउन भने नसकेको स्वीकार गरे । सरकारको आलोचना हुनु स्वभाविक भएको भन्दै उनले सत्तारुढ दलकै नेताले गर्ने टिप्पणी र आलोचनाले दुई पार्टीबीचको सम्बन्ध नविग्रियोस भन्नेमा सचेत हुनुपर्ने बताए । 

उनले बिभिन्न निकायका प्रमुख नियुक्त गर्ने बिषयमा सरकार गम्भीर हुनुपर्ने धारणा राखे । त्यस्तै भट्टराईले संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने आवश्यकता नरहेको भन्दै एजेण्डामा राष्ट्रिय सहमति कायम हुनुपर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै