नेभिगेशन
समाज

रास्वपाका हरि ढकालसँग चुनाव हारेका विश्व पौडेल राष्ट्र बैंकको गभर्नर बन्दै

काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले नेपाल नेपाल राष्ट्र बैंकको गभर्नरमा डा.विश्व पौडेल नियुक्त गर्ने सहमती गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नर पौडेललाई बनाउने सहमती गरेको नेपाली कांग्रेसका एक शिर्ष नेताले जानकारी दिए । 

Ncell
Extreme Energy

प्रधानमन्त्री ओली र सभापति देउवाले गभर्नरको नाम टुंगाएपछि औपचारिकता पुरा गर्न लागिएको छ । त्यसका लागि गर्भनर सिफारिस समितिको बैठक राखि डा पौडेल र राष्ट्र बैंकका  डेपुटी गभर्नर नीलम ढु‌गानासहित अर्का एक जनालाई गभर्नरमा सिफारिस गर्न लागिएको जनाइएको छ । 

समितिले सिफारिस गरेपछि आजै मन्त्रिपरिषद्को बैठक बसी पौडेललाई गभर्नरमा नियुक्त गर्ने बालुवाटार स्रोतले जनाएको छ । 

पौडेल कांग्रेसका तर्फबाट चितवन क्षेत्र न १ मा प्रतिनिधि सभा सांसदका लागि उम्मेद्वार बनेका थिए ।  रास्वपाका उम्मेद्वार हरि ढकालसँग ९ हजार मतले हारेका थिए । 

ढकालले ३४ हजार २ सय ४८ मत ल्याउँदा डा पौडेलले २५ हजार २२ मत प्राप्त गरेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सोलुखुम्बुको हुङ्गा खोला पहिरो खसेर थुनियो, दुधकोशी तटीय क्षेत्रमा हाई अलर्ट जारी

सोलुखुम्बुको हुङ्गा खोला पहिरो खसेर थुनियो, दुधकोशी तटीय क्षेत्रमा हाई अलर्ट जारी

सोलुखुम्बुको माहाकुलुङ गाउँपालिका गुदेलस्थित हुङ्गा (हुङ्कु)खोला पहिरो खसेर थुनिएको छ ।
जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन ऊर्जामन्त्री श्रेष्ठले लिए पहल

जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन ऊर्जामन्त्री श्रेष्ठले लिए पहल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच विपद्पछिको पुनरुत्थान, एकीकृत विकास तथा जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा विस्तृत छलफल भएको छ ।
बाढी प्रभावित क्षेत्रमा काठको सहज व्यवस्थापन गर्न वनमन्त्री चौधरीको निर्देशन

बाढी प्रभावित क्षेत्रमा काठको सहज व्यवस्थापन गर्न वनमन्त्री चौधरीको निर्देशन

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा काठ सहजरुपमा उपलब्ध गराउन निर्देशन दिएकी छिन् ।
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ।

भर्खरै