नेभिगेशन
मुख्य समाचार

रास्वपाका हरि ढकालसँग चुनाव हारेका विश्व पौडेल राष्ट्र बैंकको गभर्नर बन्दै

काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले नेपाल नेपाल राष्ट्र बैंकको गभर्नरमा डा.विश्व पौडेल नियुक्त गर्ने सहमती गरेका छन् ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नर पौडेललाई बनाउने सहमती गरेको नेपाली कांग्रेसका एक शिर्ष नेताले जानकारी दिए । 

CG

प्रधानमन्त्री ओली र सभापति देउवाले गभर्नरको नाम टुंगाएपछि औपचारिकता पुरा गर्न लागिएको छ । त्यसका लागि गर्भनर सिफारिस समितिको बैठक राखि डा पौडेल र राष्ट्र बैंकका  डेपुटी गभर्नर नीलम ढु‌गानासहित अर्का एक जनालाई गभर्नरमा सिफारिस गर्न लागिएको जनाइएको छ । 

समितिले सिफारिस गरेपछि आजै मन्त्रिपरिषद्को बैठक बसी पौडेललाई गभर्नरमा नियुक्त गर्ने बालुवाटार स्रोतले जनाएको छ । 

पौडेल कांग्रेसका तर्फबाट चितवन क्षेत्र न १ मा प्रतिनिधि सभा सांसदका लागि उम्मेद्वार बनेका थिए ।  रास्वपाका उम्मेद्वार हरि ढकालसँग ९ हजार मतले हारेका थिए । 

ढकालले ३४ हजार २ सय ४८ मत ल्याउँदा डा पौडेलले २५ हजार २२ मत प्राप्त गरेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
झापाको चन्द्रगडी विमानस्थलमा चिप्लिएको जहाज कति पुरानो ?

झापाको चन्द्रगडी विमानस्थलमा चिप्लिएको जहाज कति पुरानो ?

फ्रान्सको एयर क्यालिडोनिया नामक एयरलाइन्स कम्पनीले सन २००७ अक्टोबरमा पहिलोपटक सञ्चालनमा ल्याएको यो सन् २०१८ जनवरीमा नेपालको बुद्ध एयरले खरिद गरेर उडाइरहेको छ ।  यो जहाजले करिब १८...
चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल

चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल

चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल
भद्रपुर विमानस्थलमा चिप्लियो बुद्ध एयरको विमान  '९०१'

भद्रपुर विमानस्थलमा चिप्लियो बुद्ध एयरको विमान  '९०१'

काठमाडौँ विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले पनि अनुसार, काठमाडौं–भद्रपुर उडानको 901 उडान नम्बरको बुद्ध एयरको जहाज ओभर रनका कारण ग्रास यरियामा पुगेको जनाए ।
पुस मसान्तभित्र विशेष महाधिवेशन हुन्छः गगन थापा

पुस मसान्तभित्र विशेष महाधिवेशन हुन्छः गगन थापा

विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुन्छ वा कसरी हुन्छ भन्नेबारे केहिदिनभित्रै टुङ्गो लाग्ने उनको भनाइ छ । उनले केन्द्रीय कार्यसमितिभन्दा विधान ठूलो भएकाले केन्द्रीय कार्यसमितिले निर्णय नगरे...