नेभिगेशन
समाज

गाडीमा ह्वील लक लगाईदिएको झोकमा काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृतले सोधे राजुनाथ पाण्डेलाई स्पष्टिकरण

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टिकरण सोधेका छन् । उनलाई जवाफ पेस गर्नको लागि ७ दिनको समयाबधी दिइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गुरागाँई महानगर फर्कीएको २ महिना बढी भएको छ । सुरुमा कसैप्रति आफ्नो समस्या नरहेको बताएका गुरागाँईले दुई महिनाापछि भने  उपमेयर सुनिता डंगोलको दबाबमा पाण्डेलाई स्पष्टिकरण सोधिएको महानगर स्रोतले जनाएको छ । 

Ncell
Extreme Energy

पाण्डेलाई गत चैत २१ गते गुरागाईँ कार्यालय फर्किएको समयमा आफू मातहतको प्रहरी अनधिकृत रुपमा परिचालन गरी अभद्र व्यवहार र गैह्रकानुनी हर्कत गरेको भन्दै स्पष्टिकरण सोधिएको हो । 

काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले काठमाडौँ टावरको अनधिकृत नक्सा पास गरेको भन्दै कारवाही गरेका गुरागाईँलाई महानगरकी उपप्रमुख सुनिता डंगोल, वडाध्यक्ष तथा कर्मचारीहरुले कार्यालयमा फर्काएका थिए । उनी कार्यालय आएको दिन गत चैत २१ गते नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अवरोध गरेको, गुरागाईँ चढ्ने गाडीमा ह्वीm लक लगाईदिएको, हाजिरी कपी लुकाईदिएको लगायत कारण देखाउँदै उनलाई स्पष्टिकरण सोधिएको हो । 

उक्त दिन गुरागाईँलाई कार्यालय फर्काउन उपप्रमुख सुनिता डंगोलले सक्रिय भूमिका खेलेकी थिइन् । उक्त दिन नगर प्रहरी प्रमुख पाण्डेलाई बालेनको नभएर महानगरेको नगरप्रमुखको रुपमा काम गर्न भनेकी थिइन् । तर पाण्डेले आफूले आदेश मात्र पालना गरेको बताएका थिए । 

सिधाकुरालाई स्रोतबाट प्राप्त जानकारी अनुसार यस्ता छन् प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टिकरण सोध्नुका कारणहरुः 


१. प्रमुख प्रशासकीय अधिकृतका रुपमा मैले प्रयोग गर्द आएको सवारी साधन ह्वील लक गर्ने आदेश दिइ ह्वील लक गर्न लगाई प्रमुख प्रशासकीय अधिकृत कार्यालय आउने कार्यमा बाथा उत्पन्न गरेको भन्ने व्यहोराको जानकारी सम्बन्धित कर्मचारीबाट प्राप्त हुन आएको तथा उक्त दिन म अन्य विकल्प प्रयोग गरी कार्यालय आउन् परेको । 

२. प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यालयमा हाजिर हुन आउँदा महानगर प्रहरी बलमा कार्यरत प्रहरीहरुलाई महानगरपालिकाको प्रवेशद्वार तथा कार्यालय परिसरभित्रा विभिन्न स्थानमा भेला गराई प्रहरीको साङ्लो बनाई बाधा अवरोध गरेको र हुलहुज्जत गरी कार्यालयको कार्य वातावरणमा आतंक सिर्जना गर्दै मलाई कार्यालय प्रवेश गर्न  अवरोध खड़ा गरेको ।

३. कार्यालय परिसरमा उपस्थित जनप्रतिनिधिहरु समेतको बाटो छेकी अमर्यादित एवं अभद्र क्रियाकलाप गरेको ।

४. प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्न लगाएको उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत एवं वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले पटक पटक अनुरोध गर्दा समेत ताला खोल्ने कार्यमा समन्वय , सहयोग नगरेको । 

५. प्रमुख प्रशासकीय अधिकृतले हाजिर गर्ने हाजिर पुस्तिका कब्जामा लिई लिन लगाई मलाई हाजिर गर्न अवरोध गरेको । 

६. महानगर प्रहरी बलका प्रमुख तपाईँ काठमाडौँ महानगरपालिकाको कर्मचारी भएको र कानूनतः प्रमुख प्रशासकीय अधिकृतको निर्देशन मान्नु पर्नेमा तपाईँले कर्मचारीका रुपमा आफूले पालना गर्नु पर्ने आचरण तथा अनुशासन समेत पालना नगरी अनुशासनहिन कार्य गरेको । 

७. सञ्चार माध्याममा अनधिकृत वयानवाजी गरेको र उपप्रमुखज्यु र अन्य जनप्रतिनिधिहरुसँग मुख मुखै लागी अमर्यादित व्यवहार देखाएको, वातावरण शान्त पार्ने उद्देश्यले दिइएको आदेश पालना नगरी वातावरणलाई नियोजित ढड्गले उत्तेजित बनाई थप द्वन्द्व निम्त्याउने पर्याप्त प्रयास गरेको  । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै