नेभिगेशन
मुख्य समाचार

गाडीमा ह्वील लक लगाईदिएको झोकमा काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृतले सोधे राजुनाथ पाण्डेलाई स्पष्टिकरण

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टिकरण सोधेका छन् । उनलाई जवाफ पेस गर्नको लागि ७ दिनको समयाबधी दिइएको छ ।

गुरागाँई महानगर फर्कीएको २ महिना बढी भएको छ । सुरुमा कसैप्रति आफ्नो समस्या नरहेको बताएका गुरागाँईले दुई महिनाापछि भने  उपमेयर सुनिता डंगोलको दबाबमा पाण्डेलाई स्पष्टिकरण सोधिएको महानगर स्रोतले जनाएको छ । 

CG

पाण्डेलाई गत चैत २१ गते गुरागाईँ कार्यालय फर्किएको समयमा आफू मातहतको प्रहरी अनधिकृत रुपमा परिचालन गरी अभद्र व्यवहार र गैह्रकानुनी हर्कत गरेको भन्दै स्पष्टिकरण सोधिएको हो । 

काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले काठमाडौँ टावरको अनधिकृत नक्सा पास गरेको भन्दै कारवाही गरेका गुरागाईँलाई महानगरकी उपप्रमुख सुनिता डंगोल, वडाध्यक्ष तथा कर्मचारीहरुले कार्यालयमा फर्काएका थिए । उनी कार्यालय आएको दिन गत चैत २१ गते नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अवरोध गरेको, गुरागाईँ चढ्ने गाडीमा ह्वीm लक लगाईदिएको, हाजिरी कपी लुकाईदिएको लगायत कारण देखाउँदै उनलाई स्पष्टिकरण सोधिएको हो । 

उक्त दिन गुरागाईँलाई कार्यालय फर्काउन उपप्रमुख सुनिता डंगोलले सक्रिय भूमिका खेलेकी थिइन् । उक्त दिन नगर प्रहरी प्रमुख पाण्डेलाई बालेनको नभएर महानगरेको नगरप्रमुखको रुपमा काम गर्न भनेकी थिइन् । तर पाण्डेले आफूले आदेश मात्र पालना गरेको बताएका थिए । 

सिधाकुरालाई स्रोतबाट प्राप्त जानकारी अनुसार यस्ता छन् प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टिकरण सोध्नुका कारणहरुः 


१. प्रमुख प्रशासकीय अधिकृतका रुपमा मैले प्रयोग गर्द आएको सवारी साधन ह्वील लक गर्ने आदेश दिइ ह्वील लक गर्न लगाई प्रमुख प्रशासकीय अधिकृत कार्यालय आउने कार्यमा बाथा उत्पन्न गरेको भन्ने व्यहोराको जानकारी सम्बन्धित कर्मचारीबाट प्राप्त हुन आएको तथा उक्त दिन म अन्य विकल्प प्रयोग गरी कार्यालय आउन् परेको । 

२. प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यालयमा हाजिर हुन आउँदा महानगर प्रहरी बलमा कार्यरत प्रहरीहरुलाई महानगरपालिकाको प्रवेशद्वार तथा कार्यालय परिसरभित्रा विभिन्न स्थानमा भेला गराई प्रहरीको साङ्लो बनाई बाधा अवरोध गरेको र हुलहुज्जत गरी कार्यालयको कार्य वातावरणमा आतंक सिर्जना गर्दै मलाई कार्यालय प्रवेश गर्न  अवरोध खड़ा गरेको ।

३. कार्यालय परिसरमा उपस्थित जनप्रतिनिधिहरु समेतको बाटो छेकी अमर्यादित एवं अभद्र क्रियाकलाप गरेको ।

४. प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्न लगाएको उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत एवं वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले पटक पटक अनुरोध गर्दा समेत ताला खोल्ने कार्यमा समन्वय , सहयोग नगरेको । 

५. प्रमुख प्रशासकीय अधिकृतले हाजिर गर्ने हाजिर पुस्तिका कब्जामा लिई लिन लगाई मलाई हाजिर गर्न अवरोध गरेको । 

६. महानगर प्रहरी बलका प्रमुख तपाईँ काठमाडौँ महानगरपालिकाको कर्मचारी भएको र कानूनतः प्रमुख प्रशासकीय अधिकृतको निर्देशन मान्नु पर्नेमा तपाईँले कर्मचारीका रुपमा आफूले पालना गर्नु पर्ने आचरण तथा अनुशासन समेत पालना नगरी अनुशासनहिन कार्य गरेको । 

७. सञ्चार माध्याममा अनधिकृत वयानवाजी गरेको र उपप्रमुखज्यु र अन्य जनप्रतिनिधिहरुसँग मुख मुखै लागी अमर्यादित व्यवहार देखाएको, वातावरण शान्त पार्ने उद्देश्यले दिइएको आदेश पालना नगरी वातावरणलाई नियोजित ढड्गले उत्तेजित बनाई थप द्वन्द्व निम्त्याउने पर्याप्त प्रयास गरेको  । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
झापाको चन्द्रगडी विमानस्थलमा चिप्लिएको जहाज कति पुरानो ?

झापाको चन्द्रगडी विमानस्थलमा चिप्लिएको जहाज कति पुरानो ?

फ्रान्सको एयर क्यालिडोनिया नामक एयरलाइन्स कम्पनीले सन २००७ अक्टोबरमा पहिलोपटक सञ्चालनमा ल्याएको यो सन् २०१८ जनवरीमा नेपालको बुद्ध एयरले खरिद गरेर उडाइरहेको छ ।  यो जहाजले करिब १८...
चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल

चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल

चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल
भद्रपुर विमानस्थलमा चिप्लियो बुद्ध एयरको विमान  '९०१'

भद्रपुर विमानस्थलमा चिप्लियो बुद्ध एयरको विमान  '९०१'

काठमाडौँ विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले पनि अनुसार, काठमाडौं–भद्रपुर उडानको 901 उडान नम्बरको बुद्ध एयरको जहाज ओभर रनका कारण ग्रास यरियामा पुगेको जनाए ।
पुस मसान्तभित्र विशेष महाधिवेशन हुन्छः गगन थापा

पुस मसान्तभित्र विशेष महाधिवेशन हुन्छः गगन थापा

विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुन्छ वा कसरी हुन्छ भन्नेबारे केहिदिनभित्रै टुङ्गो लाग्ने उनको भनाइ छ । उनले केन्द्रीय कार्यसमितिभन्दा विधान ठूलो भएकाले केन्द्रीय कार्यसमितिले निर्णय नगरे...