नेभिगेशन
समाज

लोकेश महतोको पौडी पोखरीमा डुबेर मृत्यु, आठ जना पक्राउ

चितवन । भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको पौडी पोखरीमा डुबेर मृत्यु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार मङ्गलबार राति इच्छाकामना गाउँपालिका–७ दाहाखानीस्थित दाहाखानी भ्यू रिसोर्टको पौडी पोखरीमा डुबेका थिए । 

Ncell
Extreme Energy

साथीहरूसँग पौडी खेल्न गएका निजलाई  डुबेको भेटेपछि उनका आठ जना साथीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भरतपुर महानगरपालिका–२२ का २२ वर्षीय सिमन थापा, प्रवीण घिमिरे, ५७ वर्षीय मेघलाल चुडाल, २६ वर्षीय दिपेश महतो, १९ वर्षीय शुबु खत्री र महानगरपालिका–१३ का २६ वर्षीय आदेश सुवेदी, १४ का २९ वर्षीय आशिष शर्मा र लमजुङ सुन्दरबजारका २६ वर्षीय नारायण बस्नेतलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन ऊर्जामन्त्री श्रेष्ठले लिए पहल

जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन ऊर्जामन्त्री श्रेष्ठले लिए पहल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच विपद्पछिको पुनरुत्थान, एकीकृत विकास तथा जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा विस्तृत छलफल भएको छ ।
बाढी प्रभावित क्षेत्रमा काठको सहज व्यवस्थापन गर्न वनमन्त्री चौधरीको निर्देशन

बाढी प्रभावित क्षेत्रमा काठको सहज व्यवस्थापन गर्न वनमन्त्री चौधरीको निर्देशन

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा काठ सहजरुपमा उपलब्ध गराउन निर्देशन दिएकी छिन् ।
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ।
६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

संघीय संसदमा ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ । समितिहरुले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सम्बन्धमा आआफ्नो कार्यक्षेत्र भित्र पर्ने विषयमा मन्त्री बोलाएर छलफल गर्न लागेका हुन्...