नेभिगेशन
मुख्य समाचार

हेर्दाहेर्दैमा रहेको रवि लामिछानेको मुद्दाको सुनुवाई आज स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा आजको सुनुवाई स्थगित भएको छ । 
मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा हिजो सुरु भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । 
तर आज न्यायाधीश नहकुल सुवेदी संवैधानिक इजलासमा बस्नु पर्ने भएकाले रवि लामिछाने सहितको मुद्दाको सुनवाइ हुन नसक्ने भएको रवि लामिछानेका कानुन व्यवसायी अधिवक्ता डा नारायाण कडेलले जानकारी दिए । 

मङ्गलवार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा बन्दीप्रत्यक्षीकरणको रिट र उच्च अदालतको आदेश विरुद्ध ७३ नम्बरको निवेदनमा  सुनुवाइ सुरु भएको थियो ।

CG

लामिछाने जोडिएको सहकारी प्रकरणमा थुनामै रहेको पूर्व डिआइजी छविलाल जोशीको ७३ नम्बरकको निवेदन पनि सँगै राखेर हेरिएको छ । 

मंगलबार बहस नसकिएपछि उक्त निवेदन र रिट हेर्दाहेर्दैमा राखिएको थियो । मङ्गलवार लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, सुरेन्द्र थापा, अधिवक्ता दीपेन्द्र झा, डा।नारायणदत्त कँडेल, विवेक राउतलगायतले बहस गरेका थिए । 

आज लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ सहित केहि अधिवक्ताहरुले बहस गर्ने तयारी गरेका थिए भने पूर्वडीआईजी जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतकाा कानुन व्यवसायी, त्यसपछि पीडित र सरकारी वकिलले बहस गर्ने तयारी गरेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
झापाको चन्द्रगडी विमानस्थलमा चिप्लिएको जहाज कति पुरानो ?

झापाको चन्द्रगडी विमानस्थलमा चिप्लिएको जहाज कति पुरानो ?

फ्रान्सको एयर क्यालिडोनिया नामक एयरलाइन्स कम्पनीले सन २००७ अक्टोबरमा पहिलोपटक सञ्चालनमा ल्याएको यो सन् २०१८ जनवरीमा नेपालको बुद्ध एयरले खरिद गरेर उडाइरहेको छ ।  यो जहाजले करिब १८...
चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल

चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल

चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल
भद्रपुर विमानस्थलमा चिप्लियो बुद्ध एयरको विमान  '९०१'

भद्रपुर विमानस्थलमा चिप्लियो बुद्ध एयरको विमान  '९०१'

काठमाडौँ विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले पनि अनुसार, काठमाडौं–भद्रपुर उडानको 901 उडान नम्बरको बुद्ध एयरको जहाज ओभर रनका कारण ग्रास यरियामा पुगेको जनाए ।
पुस मसान्तभित्र विशेष महाधिवेशन हुन्छः गगन थापा

पुस मसान्तभित्र विशेष महाधिवेशन हुन्छः गगन थापा

विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुन्छ वा कसरी हुन्छ भन्नेबारे केहिदिनभित्रै टुङ्गो लाग्ने उनको भनाइ छ । उनले केन्द्रीय कार्यसमितिभन्दा विधान ठूलो भएकाले केन्द्रीय कार्यसमितिले निर्णय नगरे...