नेभिगेशन
समाज

हेर्दाहेर्दैमा रहेको रवि लामिछानेको मुद्दाको सुनुवाई आज स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा आजको सुनुवाई स्थगित भएको छ । 
मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा हिजो सुरु भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । 
तर आज न्यायाधीश नहकुल सुवेदी संवैधानिक इजलासमा बस्नु पर्ने भएकाले रवि लामिछाने सहितको मुद्दाको सुनवाइ हुन नसक्ने भएको रवि लामिछानेका कानुन व्यवसायी अधिवक्ता डा नारायाण कडेलले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मङ्गलवार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा बन्दीप्रत्यक्षीकरणको रिट र उच्च अदालतको आदेश विरुद्ध ७३ नम्बरको निवेदनमा  सुनुवाइ सुरु भएको थियो ।

Ncell
Extreme Energy

लामिछाने जोडिएको सहकारी प्रकरणमा थुनामै रहेको पूर्व डिआइजी छविलाल जोशीको ७३ नम्बरकको निवेदन पनि सँगै राखेर हेरिएको छ । 

मंगलबार बहस नसकिएपछि उक्त निवेदन र रिट हेर्दाहेर्दैमा राखिएको थियो । मङ्गलवार लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, सुरेन्द्र थापा, अधिवक्ता दीपेन्द्र झा, डा।नारायणदत्त कँडेल, विवेक राउतलगायतले बहस गरेका थिए । 

आज लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ सहित केहि अधिवक्ताहरुले बहस गर्ने तयारी गरेका थिए भने पूर्वडीआईजी जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतकाा कानुन व्यवसायी, त्यसपछि पीडित र सरकारी वकिलले बहस गर्ने तयारी गरेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन ऊर्जामन्त्री श्रेष्ठले लिए पहल

जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन ऊर्जामन्त्री श्रेष्ठले लिए पहल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच विपद्पछिको पुनरुत्थान, एकीकृत विकास तथा जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा विस्तृत छलफल भएको छ ।
बाढी प्रभावित क्षेत्रमा काठको सहज व्यवस्थापन गर्न वनमन्त्री चौधरीको निर्देशन

बाढी प्रभावित क्षेत्रमा काठको सहज व्यवस्थापन गर्न वनमन्त्री चौधरीको निर्देशन

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा काठ सहजरुपमा उपलब्ध गराउन निर्देशन दिएकी छिन् ।
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ।
६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

संघीय संसदमा ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ । समितिहरुले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सम्बन्धमा आआफ्नो कार्यक्षेत्र भित्र पर्ने विषयमा मन्त्री बोलाएर छलफल गर्न लागेका हुन्...