नेभिगेशन
मुख्य समाचार

‘प्राधिकरण नाफामा रहेको कुरामा सत्यता छैन, हितेन्द्रदेवले सार्वजनिक गरेको श्वेतपत्र यथार्थपरक’:  उर्जामन्त्री दीपक खड्का

उनले श्वेतपत्रमार्फत प्राधिकरणको अहिलेको वास्तविक अवस्था बाहिर आएको उल्लेख गरे ।

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत प्राधिकरणले सार्वजनिक गरेको श्वेतपत्र यथार्थपरक रहेको बताएका छन् । 

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री खड्काले प्राधिकरणको बित्तिय अवस्थामाबारेमा अन्यौल भइरहेको अवस्थामा विद्युत प्राधिकरणले सार्वजनिक गरेको श्वेतपत्र यथार्थपरक रहेको बताएका हुन् । उनले श्वेतपत्रमार्फत प्राधिकरणको अहिलेको वास्तविक अवस्था बाहिर आएको उल्लेख गरे । मन्त्री खड्काले अब प्राधिकरणको चाँडै अडिट हुने जानकारी दिए । 

CG

महालेखाले प्राधिकरण घाटामा रहेको तथ्याङ्क दिने र तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङले नाफा देखाउने कामले दुविधा उत्पन्न भएकाले नै सो समयमा अडिट गर्ने निर्णय गर्दा कुलमानले निर्णय कार्यान्वयन गर्न नमानेको उनले बताए । मन्त्री खड्काले प्राधिकरण नाफामा रहेको कुरामा सत्यता नरहेको दावी गरे । 

बैठकमा माओवादी सांसद माधव सापकोटाले कुलमानलाई देउता बनाउने पक्षमा आफुहरु नरहेको तर कुनै पनि राष्ट्रसेवक कर्मचारीको मनोबल गिराउन नहुने बताए । 

सरकारलाई मन नपरेको कर्मचारीलाई निकाल्ने प्रचलन उचित नभएको उनको भनाइ छ । त्यस्तै सांसद सापकोटाले नेपालको विधुत क्षेत्रमा धेरै योगदान गरेका कुलमानलाई केही गरेको छैन भन्ने तर्क गर्नु जायज नभएको धारणा राखे । उनले प्राधिकरणको अहिलेका प्रमुख र आवश्यक परे महालेखाका साथै कुलमानलाइ समेत बोलाएर यथार्थ कुरा बुझ्न समितिसमक्ष माग गरे । 

सांसद सापकोटाले प्रतिपक्षीले कुलमानको रक्षा गर्ने र सत्तापक्षले कुलमानलाई खेदो खन्ने परिपाटीलाई बन्द गर्नुपर्ने उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेस प्रवक्ता चालिसेको संयोजकत्वमा प्रचारप्रसार समिति गठन

कांग्रेस प्रवक्ता चालिसेको संयोजकत्वमा प्रचारप्रसार समिति गठन

सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले सो समिति गठन गर्ने निर्णय गरेको हो । त्यसैगरी, बैठकले कांग्रेस केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि पार्टीका...
बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके फेरि पनि देश दुर्घटना जानसक्ने प्रचण्डको संकेत

बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके फेरि पनि देश दुर्घटना जानसक्ने प्रचण्डको संकेत

शुक्रबार काठमाडौंमा एमाले जिल्ला समिति ओखलढुंगाका नेताहरुलाई नेकपा प्रवेश गराउदै प्रचण्डले अझै पनि देशमा पुरै दुर्घटना नटरेको भन्दै बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके फेरि पनि दुर्घटना हुन...
यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू

यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू

बैठकले भारतको नयाँ दिल्लीमा यही माघ २२ देखि २४ गतेसम्म सञ्चालन हुने ‘फष्ट साउथ एसियन एग्रोफरेष्ट्री एन्ड ट्रिज आउटसाइड फोरकास्ट कन्फ्रेन्स’ मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव...
बदलिएको कांग्रेसले नै देशलाई बदल्ने संकल्पका साथ निर्वाचनमा होमिका छौंः सभापति थापा

बदलिएको कांग्रेसले नै देशलाई बदल्ने संकल्पका साथ निर्वाचनमा होमिका छौंः सभापति थापा

विशेष महाधिवेशनमा पार्टी सभापति निर्वाचित भएपछि शुक्रबार पहिलो पटक पार्टी कार्यालय सानेपा पुगेर पदभार ग्रहणका साथै केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै सभापति थापाले सवैको चाहना अनुसार नै...