नेभिगेशन
समाज

काठमाडौँ महानगरद्वारा आज ‘सिप मेला २०८२’ अभिमुखीकरण कार्यक्रम, एसएमएस नपुगेका छनोट प्रशिक्षार्थीलाई टुँडिखेलमै जानकारी लिन आग्रह

काठमाडौं– काठमाडौं महानगरपालिकाले सिप मेलाको दोस्रो सस्करण ‘सिप मेला २०८२’ आज ४ बजेबाट सुरु गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले आज अपरान्ह ०४ः०० बजे टुँडिखेलमा ‘सिप मेला २०८२’ का आवेदकमध्ये छनोट भएका प्रशिक्षार्थीहरुका लागि ‘अभिमुखीकरण कार्यक्रम’ आयोजना गर्दैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यक्रममा सहभागी हुन हिजो नै एसएमएस पठाइसकिएको छ । एसएमएस पठाएका कति प्रशिक्षार्थीहरुले प्राविधिक कारण सन्देश प्राप्त नगरेको हुन सक्ने देखिएकोले प्रशिक्षार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम स्थल आएर जानकारी लिनुहुन महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले अनुरोध गरेका छन् । 

Ncell
Extreme Energy

तालिममा सहभागी हुन इच्छा भएका तर अहिलेसम्म फाराम भर्न छुट्नु भएका महानुभावहरुलाई तालिम स्थलमा आएर अनलाइन क्युआर कोडमार्फत आवेदन दिन सक्ने व्यवस्था मिलाइएको समेत अनुरोध गरेको छ । 

आजदेखि काठमाडौँको टुँडिखेलमा सञ्चालन हुने मेलामा १० क्षेत्रका ३४ सँग सम्बन्धित विषयमा तालिम सञ्चालन हुने सिप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए ।

सरकारी निकाय, गैरसरकारी संघसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर तालिम निःशुल्क प्रदान गरिनेछ । यस वर्ष २०८२ जनालाई निःशुल्क तालिम दिने लक्ष्य राखिएको छ । काठमाडौँ महानगरपालिकाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र यसअघि सडक पेटीमा व्यापार व्यवसाय गरिरहेका व्यक्तिहरुलाई तालिमको प्राथमिकतामा राखिनेछ । 

१८ वर्षदेखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिकलाई तालिममा सहभागी गराइनेछ । 


तालिमका क्षेत्र र विधा
१० वटा क्षेत्रका ४० भन्दा धेरै विधामा प्रदान गरिने तालिमको सञ्चालन अवधि ३० दिनको हुनेछ । दैनिक ६ वटा कक्षा सञ्चालन गरेर १ सय घण्टा तालिम दिइनेछ । 
तालिमका लागि बुधबार सम्म करिव ११ हजारले अनलाइन फाराम भरेका छन् । अनलाइन फाराम भर्न नजान्नेलाई कार्यक्रम स्थलमा नै फाराम भर्ने व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन ऊर्जामन्त्री श्रेष्ठले लिए पहल

जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन ऊर्जामन्त्री श्रेष्ठले लिए पहल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच विपद्पछिको पुनरुत्थान, एकीकृत विकास तथा जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा विस्तृत छलफल भएको छ ।
बाढी प्रभावित क्षेत्रमा काठको सहज व्यवस्थापन गर्न वनमन्त्री चौधरीको निर्देशन

बाढी प्रभावित क्षेत्रमा काठको सहज व्यवस्थापन गर्न वनमन्त्री चौधरीको निर्देशन

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा काठ सहजरुपमा उपलब्ध गराउन निर्देशन दिएकी छिन् ।
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ।
६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

संघीय संसदमा ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ । समितिहरुले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सम्बन्धमा आआफ्नो कार्यक्षेत्र भित्र पर्ने विषयमा मन्त्री बोलाएर छलफल गर्न लागेका हुन्...