नेभिगेशन
मुख्य समाचार

काठमाडौँ महानगरद्वारा आज ‘सिप मेला २०८२’ अभिमुखीकरण कार्यक्रम, एसएमएस नपुगेका छनोट प्रशिक्षार्थीलाई टुँडिखेलमै जानकारी लिन आग्रह

काठमाडौं– काठमाडौं महानगरपालिकाले सिप मेलाको दोस्रो सस्करण ‘सिप मेला २०८२’ आज ४ बजेबाट सुरु गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले आज अपरान्ह ०४ः०० बजे टुँडिखेलमा ‘सिप मेला २०८२’ का आवेदकमध्ये छनोट भएका प्रशिक्षार्थीहरुका लागि ‘अभिमुखीकरण कार्यक्रम’ आयोजना गर्दैछ । 

कार्यक्रममा सहभागी हुन हिजो नै एसएमएस पठाइसकिएको छ । एसएमएस पठाएका कति प्रशिक्षार्थीहरुले प्राविधिक कारण सन्देश प्राप्त नगरेको हुन सक्ने देखिएकोले प्रशिक्षार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम स्थल आएर जानकारी लिनुहुन महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले अनुरोध गरेका छन् । 

CG

तालिममा सहभागी हुन इच्छा भएका तर अहिलेसम्म फाराम भर्न छुट्नु भएका महानुभावहरुलाई तालिम स्थलमा आएर अनलाइन क्युआर कोडमार्फत आवेदन दिन सक्ने व्यवस्था मिलाइएको समेत अनुरोध गरेको छ । 

आजदेखि काठमाडौँको टुँडिखेलमा सञ्चालन हुने मेलामा १० क्षेत्रका ३४ सँग सम्बन्धित विषयमा तालिम सञ्चालन हुने सिप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए ।

सरकारी निकाय, गैरसरकारी संघसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर तालिम निःशुल्क प्रदान गरिनेछ । यस वर्ष २०८२ जनालाई निःशुल्क तालिम दिने लक्ष्य राखिएको छ । काठमाडौँ महानगरपालिकाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र यसअघि सडक पेटीमा व्यापार व्यवसाय गरिरहेका व्यक्तिहरुलाई तालिमको प्राथमिकतामा राखिनेछ । 

१८ वर्षदेखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिकलाई तालिममा सहभागी गराइनेछ । 


तालिमका क्षेत्र र विधा
१० वटा क्षेत्रका ४० भन्दा धेरै विधामा प्रदान गरिने तालिमको सञ्चालन अवधि ३० दिनको हुनेछ । दैनिक ६ वटा कक्षा सञ्चालन गरेर १ सय घण्टा तालिम दिइनेछ । 
तालिमका लागि बुधबार सम्म करिव ११ हजारले अनलाइन फाराम भरेका छन् । अनलाइन फाराम भर्न नजान्नेलाई कार्यक्रम स्थलमा नै फाराम भर्ने व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
समानुपातिक सूचीबाट फिर्ता भए आशिफ साह, भन्छन्ः अब प्रत्यक्ष चुनाव लड्छु

समानुपातिक सूचीबाट फिर्ता भए आशिफ साह, भन्छन्ः अब प्रत्यक्ष चुनाव लड्छु

साहले आफू सक्रिय राजनीतिमा नलागे पनि देश निर्माणप्रति गहिरो चासो रहेको उल्लेख गरेका छन् । बालेन–रवि–कुलमानको सहकार्य सम्भव होस् भन्ने उद्देश्यले भएका प्रयासहरूमा आफू नजिकबाट संलग्न रहेको र...
झापाको चन्द्रगडी विमानस्थलमा चिप्लिएको जहाज कति पुरानो ?

झापाको चन्द्रगडी विमानस्थलमा चिप्लिएको जहाज कति पुरानो ?

फ्रान्सको एयर क्यालिडोनिया नामक एयरलाइन्स कम्पनीले सन २००७ अक्टोबरमा पहिलोपटक सञ्चालनमा ल्याएको यो सन् २०१८ जनवरीमा नेपालको बुद्ध एयरले खरिद गरेर उडाइरहेको छ ।  यो जहाजले करिब १८...
चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल

चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल

चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल
भद्रपुर विमानस्थलमा चिप्लियो बुद्ध एयरको विमान  '९०१'

भद्रपुर विमानस्थलमा चिप्लियो बुद्ध एयरको विमान  '९०१'

काठमाडौँ विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले पनि अनुसार, काठमाडौं–भद्रपुर उडानको 901 उडान नम्बरको बुद्ध एयरको जहाज ओभर रनका कारण ग्रास यरियामा पुगेको जनाए ।