नेभिगेशन
समाज

विदेशीने नेपालीसँग सेटिङ गरेको आरोपमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ, अध्यागमनमा अख्तियारको छापा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ। कार्यालयमा छापा मारेर अख्तियारले महत्वपूर्ण कागजात र विद्युतीय डिभाइसहरू नियन्त्रणमा लिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साथै हिजो मात्रै विमानस्थल अध्यागन कार्यालयबाट सरुवा भएर गृह मन्त्रालय पुगेका सहसचिव तीर्थराज भट्टराईलाई पनि पक्राउ गरेको छ । 
मंगलबारसम्म उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत थिए ।

Ncell
Extreme Energy

उनले मानव तस्करीमा संलग्न गिरोहसँग साँठगाँठ रहेका प्रमाण फेला परेको अख्तियार स्रोतको दाबी छ । 
 कर्मचारीको सेटिङमा विदेश जाने कामदारबाट चर्को रकम असुलीको सूचनापछि  अख्तियारले त्यसबारे बुझ्न कागजात र डिभाइस नियन्त्रणमा लिएको हो। 
सहसचिव भट्टराईसँगै उनी कार्यालयमा रहँदाका कागजात र प्रयोग भएका डिभाइस पनि अख्तियारले नियन्त्रणमा लिएको छ।

विमानस्थल अध्यागमन, गृह मन्त्रालय मातहतको कार्यालय हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन ऊर्जामन्त्री श्रेष्ठले लिए पहल

जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन ऊर्जामन्त्री श्रेष्ठले लिए पहल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच विपद्पछिको पुनरुत्थान, एकीकृत विकास तथा जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा विस्तृत छलफल भएको छ ।
बाढी प्रभावित क्षेत्रमा काठको सहज व्यवस्थापन गर्न वनमन्त्री चौधरीको निर्देशन

बाढी प्रभावित क्षेत्रमा काठको सहज व्यवस्थापन गर्न वनमन्त्री चौधरीको निर्देशन

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा काठ सहजरुपमा उपलब्ध गराउन निर्देशन दिएकी छिन् ।
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ।
६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

संघीय संसदमा ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ । समितिहरुले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सम्बन्धमा आआफ्नो कार्यक्षेत्र भित्र पर्ने विषयमा मन्त्री बोलाएर छलफल गर्न लागेका हुन्...