नेभिगेशन
मुख्य समाचार

विदेशीने नेपालीसँग सेटिङ गरेको आरोपमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ, अध्यागमनमा अख्तियारको छापा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ। कार्यालयमा छापा मारेर अख्तियारले महत्वपूर्ण कागजात र विद्युतीय डिभाइसहरू नियन्त्रणमा लिएको छ।

साथै हिजो मात्रै विमानस्थल अध्यागन कार्यालयबाट सरुवा भएर गृह मन्त्रालय पुगेका सहसचिव तीर्थराज भट्टराईलाई पनि पक्राउ गरेको छ । 
मंगलबारसम्म उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत थिए ।

CG

उनले मानव तस्करीमा संलग्न गिरोहसँग साँठगाँठ रहेका प्रमाण फेला परेको अख्तियार स्रोतको दाबी छ । 
 कर्मचारीको सेटिङमा विदेश जाने कामदारबाट चर्को रकम असुलीको सूचनापछि  अख्तियारले त्यसबारे बुझ्न कागजात र डिभाइस नियन्त्रणमा लिएको हो। 
सहसचिव भट्टराईसँगै उनी कार्यालयमा रहँदाका कागजात र प्रयोग भएका डिभाइस पनि अख्तियारले नियन्त्रणमा लिएको छ।

विमानस्थल अध्यागमन, गृह मन्त्रालय मातहतको कार्यालय हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
झापाको चन्द्रगडी विमानस्थलमा चिप्लिएको जहाज कति पुरानो ?

झापाको चन्द्रगडी विमानस्थलमा चिप्लिएको जहाज कति पुरानो ?

फ्रान्सको एयर क्यालिडोनिया नामक एयरलाइन्स कम्पनीले सन २००७ अक्टोबरमा पहिलोपटक सञ्चालनमा ल्याएको यो सन् २०१८ जनवरीमा नेपालको बुद्ध एयरले खरिद गरेर उडाइरहेको छ ।  यो जहाजले करिब १८...
चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल

चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल

चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल
भद्रपुर विमानस्थलमा चिप्लियो बुद्ध एयरको विमान  '९०१'

भद्रपुर विमानस्थलमा चिप्लियो बुद्ध एयरको विमान  '९०१'

काठमाडौँ विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले पनि अनुसार, काठमाडौं–भद्रपुर उडानको 901 उडान नम्बरको बुद्ध एयरको जहाज ओभर रनका कारण ग्रास यरियामा पुगेको जनाए ।
पुस मसान्तभित्र विशेष महाधिवेशन हुन्छः गगन थापा

पुस मसान्तभित्र विशेष महाधिवेशन हुन्छः गगन थापा

विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुन्छ वा कसरी हुन्छ भन्नेबारे केहिदिनभित्रै टुङ्गो लाग्ने उनको भनाइ छ । उनले केन्द्रीय कार्यसमितिभन्दा विधान ठूलो भएकाले केन्द्रीय कार्यसमितिले निर्णय नगरे...