नेभिगेशन
समाज

राजसंस्था फर्काउने आन्दोलनमा साथ खोज्दै अभियानको रास्वपालाई पत्र, डीपी अर्याल भन्छन्ः कुनै पनि किसिमको समर्थन हुँदैन

‘संयुक्त जनआन्दोलन समिति’ले राष्ट्रिय दलहरूमध्ये एक प्रमुख शक्तिसँग सहकार्य गर्न प्रयास गरे पनि रास्वपाले आफ्नो दूरी कायम राख्दै वर्तमान राजनीतिक संरचनाभित्र नै सुधार खोज्ने संकेत दिएको छ।

काठमाडौँ । संवैधानिक राजसंस्था, सनातन हिन्दू राष्ट्र, र बहुदलीय प्रजातन्त्र पुनस्र्थापना गर्ने उद्देश्यका साथ गठन गरिएको ‘संयुक्त जनआन्दोलन समिति’ले संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आगामी आन्दोलनमा सहकार्य र सहभागिताको प्रस्ताव राखेको छ। समितिका संयोजक नवराज सुवेदीले कार्यवाहक सभापति डोल प्रसाद (डीपी) अर्याललाई सम्बोधन गर्दै पत्र पठाएका हुन्, जसमा जेठ १५ गतेदेखि सुरु हुने आन्दोलनमा सहकार्यका लागि औपचारिक अनुरोध गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुवेदीले रास्वपाका सभापति रवि लामिछानेले हालको व्यवस्थाभित्र निष्पक्ष न्याय पाउनेमा शंका व्यक्त गरेको, रास्वपा स्वयं पनि वर्तमान राजनीतिक संरचनाबाट सन्तुष्ट नरहेको तर्क गर्दै साझा असन्तुष्टिलाई आन्दोलनको आधार बनाउन प्रस्ताव गरेका छन्। 
पत्रमा वर्तमान व्यवस्थामा चरम दलीयकरण, संवैधानिक निकायहरूमा हस्तक्षेप, र न्यायिक प्रणालीप्रति जनविश्वास कमजोर बन्दै गएको उल्लेख गर्दै यी समस्याको समाधानको रूपमा संवैधानिक राजसंस्थाको पुनस्र्थापनालाई देखाइएको छ। सुवेदीले रास्वपालाई ‘राष्ट्रिय पहिचान, धर्म, न्याय र लोकतन्त्र पुनःस्थापना’को साझा उद्देश्यमा एकजुट भएर अगाडि बढ्न आह्वान गरेका थिए।

Ncell
Extreme Energy

तर रास्वपाले भने उक्त प्रस्तावलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ। कार्यवाहक सभापति डीपी अर्यालले उक्त आन्दोलनमा कुनै पनि किसिमको सहभागिता नहुने मात्र होइन, नैतिक समर्थन वा ऐक्यवद्धता पनि नरहने स्पष्ट पारे। अर्यालका अनुसार पत्र रास्वपा कार्यालयमा पुगेको भए पनि त्यो प्रस्तावको कुनै औपचारिक छलफल वा बहस पार्टीभित्र नभएको र गर्न आवश्यक पनि नभएको बताएका छन्।

अर्यालले सुवेदीको बुझाइलाई सम्मान गरे पनि पार्टीको दृष्टिकोण अरुले व्याख्या गर्न नसक्ने र हाल रास्वपाभित्र राजसंस्था सम्बन्धी कुनै मुद्दा नउठेको बताए। उनका अनुसार पार्टीभित्र यस विषयमा कुनै छलफल नभएको र व्यक्तिगत चाहनाले यस्तो महत्त्वपूर्ण विषयमा निर्णय गर्न नसकिने उल्लेख गरे। साथै, उनले पत्रको जवाफ दिने कुनै आवश्यकता नभएको पनि प्रस्ट्याएका छन्।

 ‘संयुक्त जनआन्दोलन समिति’ले राष्ट्रिय दलहरूमध्ये एक प्रमुख शक्तिसँग सहकार्य गर्न प्रयास गरे पनि रास्वपाले आफ्नो दूरी कायम राख्दै वर्तमान राजनीतिक संरचनाभित्र नै सुधार खोज्ने संकेत दिएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन ऊर्जामन्त्री श्रेष्ठले लिए पहल

जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन ऊर्जामन्त्री श्रेष्ठले लिए पहल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच विपद्पछिको पुनरुत्थान, एकीकृत विकास तथा जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा विस्तृत छलफल भएको छ ।
बाढी प्रभावित क्षेत्रमा काठको सहज व्यवस्थापन गर्न वनमन्त्री चौधरीको निर्देशन

बाढी प्रभावित क्षेत्रमा काठको सहज व्यवस्थापन गर्न वनमन्त्री चौधरीको निर्देशन

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा काठ सहजरुपमा उपलब्ध गराउन निर्देशन दिएकी छिन् ।
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ।
६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

संघीय संसदमा ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ । समितिहरुले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सम्बन्धमा आआफ्नो कार्यक्षेत्र भित्र पर्ने विषयमा मन्त्री बोलाएर छलफल गर्न लागेका हुन्...