नेभिगेशन
मुख्य समाचार

पोखरा विमानस्थलको भ्रष्टाचार छानबिन गर्न अख्तियारलाई लेखा समितिको निर्देशन,छानबिन प्रतिवेदन पठाइने

उपसमिति संयोजक राजेन्द्र लिङ्देनले प्रतिवेदन तयार पार्दा कुनै पूर्वाग्रह नराखिएको र अध्ययनको क्रममा सबै प्रक्रिया पुरा गरिएको बताए ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे अनुसन्धान र छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखि पठाउने निर्णय गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको बैठकले उपसमितिको प्रतिवेदन ग्रहण गर्दै प्रतिवेदनका विषयवस्तु र विमानस्थलबारे उठेका भ्रष्टचारका बिषयमा अनुसन्धान र छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखि पठाउने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

CG

उपसमितिको प्रतिवेदनमा बिमानस्थल निर्माण गर्दा ठेक्का प्रक्रियाको प्रारम्भदेखि नै अनियमितता र भ्रष्टचार भएको उल्लेख गरिएको छ भने निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले पनि व्यापक अनियमितता भएको औल्याइएको छ । प्रतिवेदनमा रहेका बिषयहरुलाई आवश्यक यथाशिघ्र अध्ययन, अनुसन्धान गरि कारवाही प्रक्रिया अघि बढाउने गरि अख्तियारमा पठाइने निर्णय भएको पोखरेलले जानकारी दिए । 

बैठकमा एमाले सांसद योगेश भट्टराईले उपसमितिको प्रतिवेदनप्रति असहमति जनाएका थिए । उनले भ्रष्टाचारको कुरा आएपछि पोखरा बिमानस्थल निर्माणका बिषयमा अख्तियारले अनुसन्धान गर्नुपर्ने उल्लेख गरेका थिए । उनले तत्कालीन पर्यटनमन्त्रीको हैसियतमा अख्तियारले आफुमाथि छानविन गरे बयान दिन जाने बताएका थिए । 

त्यस्तै कांग्रेस सांसद अर्जुन नरसिंह केसीले उपसमितिको प्रतिवेदनमा कुनै पूवाग्रह नरहेको भन्दै यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए । 

बैठकमा उपसमितिको प्रतिवेदनका बिषयमा सांसदहरुबीच विवाद समेत भएको थियो । उपसमिति संयोजक राजेन्द्र लिङ्देनले प्रतिवेदन तयार पार्दा कुनै पूर्वाग्रह नराखिएको र अध्ययनको क्रममा सबै प्रक्रिया पुरा गरिएको बताए ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
समानुपातिक सूचीबाट फिर्ता भए आशिफ साह, भन्छन्ः अब प्रत्यक्ष चुनाव लड्छु

समानुपातिक सूचीबाट फिर्ता भए आशिफ साह, भन्छन्ः अब प्रत्यक्ष चुनाव लड्छु

साहले आफू सक्रिय राजनीतिमा नलागे पनि देश निर्माणप्रति गहिरो चासो रहेको उल्लेख गरेका छन् । बालेन–रवि–कुलमानको सहकार्य सम्भव होस् भन्ने उद्देश्यले भएका प्रयासहरूमा आफू नजिकबाट संलग्न रहेको र...
झापाको चन्द्रगडी विमानस्थलमा चिप्लिएको जहाज कति पुरानो ?

झापाको चन्द्रगडी विमानस्थलमा चिप्लिएको जहाज कति पुरानो ?

फ्रान्सको एयर क्यालिडोनिया नामक एयरलाइन्स कम्पनीले सन २००७ अक्टोबरमा पहिलोपटक सञ्चालनमा ल्याएको यो सन् २०१८ जनवरीमा नेपालको बुद्ध एयरले खरिद गरेर उडाइरहेको छ ।  यो जहाजले करिब १८...
चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल

चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल

चन्द्रगडी विमानस्थलमा बुद्ध एयर दुर्घटना:चालक दलसहित ५४ जना सकुशल
भद्रपुर विमानस्थलमा चिप्लियो बुद्ध एयरको विमान  '९०१'

भद्रपुर विमानस्थलमा चिप्लियो बुद्ध एयरको विमान  '९०१'

काठमाडौँ विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले पनि अनुसार, काठमाडौं–भद्रपुर उडानको 901 उडान नम्बरको बुद्ध एयरको जहाज ओभर रनका कारण ग्रास यरियामा पुगेको जनाए ।